दाङ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) दाङ जिल्ला समितिले ऐतिहासिक तीन अभियानको उद्घाटन गरेको छ । जिल्ला प्रवक्ता भरत भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा तराइ मधेश जनवादी मोर्चाका केन्द्रीय अध्यक्ष बद्रे आलमले दिप प्रज्वलन गरेर अभियान उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै नेता आलमले ऐतिहासिक तीन अभियानले कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाउने बताउनु भयो ।
उहाँले भन्नु भयो–‘ विश्व कम्युनिस्ट आन्दोलनमा लेनिनको अहम भूमिका छ । त्यसैले हामीले अहिले विश्वब्यापीरुपमा लेनिन स्मृति शताब्दी दिवस वषभरी मनाएर कम्युनिस्ट पार्टी र आन्दोलनलाई बलियो बनाउने योजना बनाएका छौं। कम्युनिस्ट आन्दोलनमा उग्रवामपन्थी, दक्षिपन्थी र संकीर्णवादी कोणबाट क्षति भएकोले त्यसबाट पनि कम्युनिस्ट आन्दोलनलाई जोगाएर अगाडि बढाउनु पर्छ ।’
नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले आगामी एक वर्षको लागि ऐतिहासिक तीन अभियान (नेपाल कम्युनिस्ट पार्टी स्थापन हिरक जयन्ती, लेनिन स्मृति सताब्दी दिवस र नवौं महाधिवेशन विशेष कार्यक्रम) को उद्घाटन गरेको हो । यो अभियानको दौरानमा विभिन्न, बौद्धिक, वैचारिक, सास्कृतिक, सृजनसिल कार्यक्रम गर्नुका साथै एक वर्षमा १५ हजार सदस्य बनाउने र १५० ओटा टोल समितिहरु निर्माण गर्ने योजना र जिम्मेवारी समेत तय गरेको छ ।

अखिल नेपाल किसान महासंघका केन्द्रीय कोषाध्यक्ष प्रेम आचार्यको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष कासिनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका जिल्ला सचिव कमल पन्थी, अखिल नेपाल युवक संघका जिल्ला उपाध्यक्ष लेखराज आचार्य, अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष ऋषिराम पौडेल, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष रुमाल प्रसाद बसेल, अखिल नेपाल कानुन व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष नुमानन्द आचार्य, जातीय समता समाजका जिल्ला अध्यक्ष सूर्यलाल नेपाली, अखिल नेपाल बुद्धिजीवी संघ जिल्ला अध्यक्ष चुनचुन केसी, अखिल नेपाल राष्ट्रिय उधोग व्यापार संघका जिल्ला सचिव ठाकुर भण्डारी, अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष पुर्णिामा आचार्य, रक्तिम सास्कृतीक अभियानका जिल्ला अध्यक्ष अनन्त आचार्य लगायले सुभकामना मन्तव्य दिनुभएको थियो।
कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका जिल्ला सचिवालय सदस्य शुक्रराज भण्डारीले गर्नु भएको थियो।