काठमाडौँ । अमेरिकी साम्राज्यवादको विरुद्धमा राष्ट्रिय जनमोर्चाद्वारा सञ्चालन गर्ने भनिएको मेची–महाकाली अभियानको तालिका सार्वजनिक भएको छ ।
राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८० वैशाख १८ गते जारी गरिएको प्रेसवक्तव्यमार्फत् सो तालिका सार्वजनिक गरिएको हो ।
जेठ १ गतेदेखि एकैपटक कञ्चनपुर र बागलुङबाट सुरु हुने उक्त अभियानको प्रत्येक टोलीमा दुई दुईओटा टोली रहने प्रेसवक्तव्यमा उल्लेख छ ।
सुदूर पश्चिम प्रदेशको कञ्चनपुरदेखि सुर्खेतसम्म सञ्चालित टोलीको नेतृत्व राजमो महासचिव मनोज भट्टले गर्नुहुने छ भने पश्चिमी क्षेत्रकै दाङदेखि बुटवलसम्म सञ्चालन हुने टोलीको नेतृत्व उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले गर्नुहुने छ ।
त्यस्तै, पूर्वी टोलीमध्ये बागलुङदेखि मकवानपुरसम्म चल्ने टोलीको नेतृत्व कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले गर्नुहुने छ भने बारादेखि काठमाडौँसम्म चल्ने अभियान टोलीको नेतृत्व केन्द्रीय सचिव हिमलाल पुरीले गर्नुहुने छ ।
दुवै टोलीको समापन जेठ १५ गते बुटवल र काठमाडौँमा हुने छ । त्यस क्रममा पश्चिमको टोली कञ्चनपुरबाट बुटवलमा र पूर्वी टोली बागलुङबाट काठमाडौँमा आइपुग्ने छ ।
अभियानको क्रममा मूलतः पत्रकार सम्मेलन, सभा र सांस्कृतिक कार्यक्रम गर्ने जानकारी दिइएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“१. तपाईहरूलाई यो बताउन पाउँदा हामीलाई धेरै खुसी लागिरहेको छ कि राष्ट्रिय जनमोर्चाले नेपालमा अमेरिकी साम्राज्यवादको बढ्दो खतराको गम्भीरतामाथि ध्यान दिँदै अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियान सञ्चालन गर्ने ठेगान गरेको छ । ती अभियान दुई भागमा विभाजित गरी सम्पन्न गरिने छन् । त्यसअनुसार दुबै भागका अभियान यही सालको जेठ १ गते महेन्द्रनगर र बागलुङमा उद्घाटन गरिने छन् र दुबै अभियानको जेठ १५ गते एकै दिन बुटवल र काठमाडौँमा समापन गरिने छन् ।
२. उक्त अभियानका कार्यक्रमलाई दुबै चरणमा दुई–दुई टोलीले क्रमशः सम्पन्न गर्ने छन् । महेन्द्रनगरबाट सुरु भएको प्रथम भागको अभियानको पहिलो टोलीको महेन्द्रनगरदेखि सुर्खेतसम्म राष्ट्रिय जनमोर्चाका महासचिव का. मनोज भट्टले नेतृत्व गर्नुहुने छ भने तुल्सिपुरदेखि बुटवलसम्मको दोस्रो टोलीको नेतृत्व राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष र प्रवक्ता का. दुर्गा पौडेलले गर्नुहुने छ ।
बागलुङबाट सुरु भएको दोस्रो भागको पहिलो टोलीको नेतृत्व राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष का. रश्मीराज नेपालीले र बारादेखि सुरु भएको दोस्रो टोलीको नेतृत्व राष्ट्रिय जनमोर्चाका सचिव का. हिमलाल पुरीले गर्नुहुने छ ।
३. प्रत्येक टोलीमा ५ देखि ८ जनासम्मको सहयोगीहरू रहुनुहुने छ ।
४. का. मनोज भट्टको नेतृत्वको प्रथम टोलीको कार्यक्रम तल लेखिएअनुसार हुने छ :
क. सभा : (१) महेन्द्रनगर – उद्घाटन कार्यक्रम – जेठ १ गते । (२) बेलौरी – जेठ १ गते । (३) धनगढी – जेठ २ गते, दिउँसो ४ बजे । (४) अत्तरिया – जेठ २ गते साँझ । (५) दिपायल (डोटी) – जेठ ३ गते दिउँसो ४ बजे । (६) डडेलधुरा – जेठ ४ गते बिहान । (७) बुडर (डोटी) – जेठ ४ गते दिउँसो ४ बजे । (८) गुलरिया (बर्दिया) – जेठ ५ गते बिहान । (९) खजुरा (बाँके) – जेठ ५ गते साँझ । (१०) नेपालगञ्ज (बाँके) – जेठ ६ गते बिहान । (११) कोहलपुर (बाँके) – जेठ ६ गते साँझ । (१२) वीरेन्द्रनगर (सुर्खेत) – जेठ ७ गते । (१३) छिन्चु (सुर्खेत) – जेठ ७ गते साँझ । (१४) लेकबेसी (सुर्खेत) – जेठ ८ गते बिहान ।
ख. पत्रकार सम्मेलन : (१) महेन्द्रनगर (कञ्चनपुर), (२) धनगढी (कैलाली), (३) दिपायल (डोटी), (४) डडेलधुरा, (५) नेपालगञ्ज (बाँके), (६) सुर्खेत (वीरेन्द्रनगर) ।
ग. सांस्कृतिक कार्यक्रम : सुर्खेत ।
५. का. दुर्गा पौडेल नेतृत्वको दोस्रो टोलीको कार्यक्रम तल लेखिएबमोजिम हुने छ :
क. सभा : (१) तुल्सीपुर (दाङ) – जेठ ८ गते । (२) घोराही (दाङ) – जेठ ९ गते बिहान । (३) भालुबाङ (दाङ) – जेठ ९ गते साँझ । (४) भिङ्ग्री (प्युठान) – जेठ १० गते बिहान । (५) खलङ्गा (प्युठान) – जेठ १० गते दिउँसो । (६) मच्छी (प्युठान) – जेठ ११ गते । (७) सन्धिखर्क (अर्घाखाँची) – जेठ १२ गते । (८) कालिगण्डकी (गुल्मी) – जेठ १३ गते । (९) पाल्पा – जेठ १४ गते बिहान । (१०) कपिलवस्तु – जेठ १४ गते साँझ । (११) सुनवल (नवलपरासी) – जेठ १५ गते बिहान । (१२) बुटवल – जेठ १५ गते ।
ख. पत्रकार सम्मेलन : (१) घोराही (दाङ), (२) बागदुला (प्युठान), (३) सन्धिखर्क (अर्घाखाँची), (४) तानसेन (पाल्पा), (५) बुटवल (रुपन्देही) ।
ग. सांस्कृतिक कार्यक्रम : (१) घोराही (दाङ), (२) भालुबाङ (दाङ), (३) भिङ्ग्री (प्युठान), (४) मच्छी (प्युठान), (५) अर्घाखाँची, (६) कालिगण्डकी (गुल्मी), (७) कपिलवस्तु, (८) रुपन्देही ।
६. जेठ १ गतेदेखि का. रश्मिराज नेपालीको नेतृत्वको पहिलो टोलीको कार्यक्रम तल लेखिएबमोजिम हुने छ :
क. सभा : (१) बागलुङ बजार (बाग्लुङ) उद्घाटन – जेठ १ गते । २. कुश्मा (पर्वत) – जेठ १ गते । ३. पोखरा (कास्की) – जेठ २ गते । (४) नवलपुर – जेठ ३ गते । (५) चितवन – जेठ ३ गते । (६) पालुङटार (मकवानपुर) – जेठ ४ गते ।
ख. पत्रकार सम्मेलन : (१) बाग्लुङ, (२) पोखरा, (३) चितवन ।
ग. सांस्कृतिक कार्यक्रम : (१) बाग्लुङ, (२) चितवन ।
७. जेठ ५ गतेदेखि का. हिमलाल पुरी नेतृत्वको टोलीको कार्यक्रम तल लेखिएबमोजिम हुने छ :
क. सभा : (१) बारा – जेठ ५ गते, (२) जितपुर (पर्सा) – जेठ ६ गते, (३) रौतहट – जेठ ७ गते, (४) सर्लाही – जेठ ७ गते, (५) सिरहा – जेठ ८ गते, (६) विराटनगर – जेठ ९ गते, ७. इटहरी (सुनसरी) – जेठ ९ गते, (८) झापा – जेठ १० गते, (९) सिन्धुली – जेठ १२ गते, (१०) बनेपा (काभ्रेपलाञ्चोक) – जेठ १२ गते, (११) भक्तपुर – जेठ १३ गते, (१२) ललितपुर – जेठ १४ गते, (१३) काठमाडौँ – जेठ १५ गते ।
ख. पत्रकार सम्मेलन : (१) वीरगञ्ज, (२) विराटनगर, (३) काठमाडौँ ।
ग. सांस्कृतिक कार्यक्रम : (१) काठमाडौँ ।
अन्तमा अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियानलाई सफल पार्न बढीभन्दा बढी सहयोग गर्न हामीले सम्पूर्ण देशभक्त जनतासित अपिल गर्दछौँ ।”





