तानसेन । पाल्पाको रामपुरमा राष्ट्रिय जनमोर्चाको नगरभेला सम्पन्न भएको छ ।
Advertisement
राजमो जिल्ला अध्यक्ष विशाल दर्लामीको उपस्थितिमा २०८० वैशाख १६ गते शनिबारका दिन सो भेला सम्पन्न भएको हो ।
भेलाले नौ पूर्ण र पाँच सल्लाहकारसहित राजमोको नगर समिति गठन गरेको छ ।
समितिको अध्यक्षमा रामप्रसाद गैरे रहनुभएको छ भने उपाध्यक्षमा रामबहादुर आले, सचिवमा भूवनसिंह सिँजाली, सहसचिवमा विष्णु सिग्देल र कोषाध्यक्षमा सूर्यप्रसाद गैरे रहनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा पूर्णबहादुर आले, विष्णुमाया खाम्चा, छविलाल सिँजाली र बाबुराम गैरे रहनुभएको छ ।
त्यस्तै, भेलाले पदमबहादुर पौडेल, पहलसिंह सिँजाली, खड्कसिंह सिँजाली, दामबहादुर गाहा र प्रेमसिंह खाम्चालाई सल्लाहकारमा चयन गरेको छ ।