• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

हाम्रो आन्दोलनले सम्पत्तिमा महिलालाई समान हकको कानुन बन्यो : दुर्गा पौडेल

" अखिल नेपाल महिला संघको राष्ट्रिय परिषद बैठक सुरु "

  •   शुक्रबार, बैशाख १५, २०८० मा प्रकाशित
  • शंकरप्रसाद पोख्रेल, बुटवल ।
    राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् अखिल नेपाल महिला संघकी पूर्वअध्यक्ष दुर्गा पौडेलले अनेमसंघको दबाबका कारण सम्पत्तिमा महिलालाई समान हक दिलाउने कानुन बनेको बताउनुभएको छ ।

    Advertisement

    अखिल नेपाल महिला संघको बुटवलमा सुरु भएको राष्ट्रिय परिषद बैठकको उद्घाटन गर्दै संघका सल्लाहकार पौडेलले आफूहरुको आन्दोलन र दबाबले सम्पत्तिमा महिलालाई समान हक दिने कानुन बनेपनि व्यवहारमा भने आउन नसकेको उल्लेख गर्नुभयो ।

    पौडेलले भन्नुभयो, ‘महिलाहरूको समान अधिकारको लागि आवाज उठाउने संगठन भनेको हाम्रो महिला संगठन हो । विश्वमै महिला अधिकारको लागि त्यसरी रोष्टम घेराउ गरेर महिला अधिकारको लागि नारा लाउने संगठन यही नै होला । हाम्रो महिला संगठनले त्यत्रो आन्दोलन गर्यो, प्रशिक्षण चलाएयो, विज्ञहरुसँग अन्तरक्रिया कार्यक्रम गर्यो। विश्वभर छरिएर रहेका महिलाहरुलाई संगठित गर्दै गयो । त्यसरी आन्दोलन गरेको कारणले आज महिलाहरूलाई सम्पत्तिमा समान अधिकार विधेयक बन्यो र त्यो विधेक पास भयो ।’

    उहाँले थप्नुभयो, ‘प्रजननमा महिला अधिकार, सम्बन्ध विच्छेदमा महिला अधिकार लगायत थुप्रै महिलाहरूको नैसर्गिक अधिकारको विषयमा हामीहरुले आन्दोलन गरेका थियौं र त्यो सफल भएको छ ।’

    पौडेलले पुँजीवादले महिलाहरुलाई अहिले पनि बजारमा पाउने वस्तु जस्तै उपयोग गरिरहेको बताउनु भयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले देशमा अमिरिकी साम्राज्यवाद सिधै आएकोले अबको लडाइँ उस्का विरुद्ध केन्द्रित गर्नुपर्ने बेला भएको बताउनुभयो ।

    यस्तै, वामपन्थी नेता आनन्द शर्माले नेपाली जनताले लामो समय संघर्ष गरेर प्राप्त गरेका महत्वपूर्ण उपलब्धिहरु गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी जस्ता महत्वपूर्ण उपलब्धिहरु प्रतिगामी शक्तिहरु सल्बलाइरहेको बताउनु भयो ।

    उहाँले गत मंसिर ४ गतेको चुनावमा प्रतिगामी शक्तिहरुले आफ्नो स्थिति अलि सुदृढ गरेको देखिएको बताउनुभयो ।
    यतिमात्रै नभएर भारतीय साम्राज्यवाद हाम्रो देशमा कायम भएको गणतन्त्र, धर्मनिरपेक्षता त्यसलाई उल्ट्याउन चाहेको र त्यसकोलागि उनीहरुले काम गरिरहेको बताउनुभयो ।

    कार्यक्रममा वामपन्थी नेता सुरेस थापा, अखिल नेपाल युवक संघका अध्यक्ष कृष्णराज पाण्डे, अखिल (छैठौं) का केन्द्रीय सदस्य सागर बेलबासे, अखिल नेपाल बुद्धिजीवि संघका सचिवालय सदस्य दुर्गानाथ खरेल, कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य लगायतले शुभकामना दिनुभएको थियो ।

    अध्यक्ष मिना पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव सकुन्तला राना र स्वागत पदमा पण्डितले गर्नुभएको थियो ।

    शुक्रबार, बैशाख १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.