काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पूर्ण अस्पताललाई उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि १० प्रतिशत शय्या अनिवार्य रुपमा छुट्याउन निर्देशन दिएको छ।
Advertisement
बुधबार मन्त्रालयले एक परिपत्र जारी गर्दै मन्त्रालयको निकायले गरेको अनुगमनमा विभिन्न कुराहरुको पालना नभएको देखिएकाले ती कुरामा ध्यानाकर्षण गराएको जनाएको छ।
मन्त्रालयले अस्पतालाहरुलाई पार्किङ शुक नउठाउन पनि निर्देशन दिएको छ। बिरामीले स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गर्दा लाग्ने शुल्क, प्रत्रिया तथा अवधिसमेत खुलाएको बडापत्र अस्पतालको अग्रभागमा देखिन पर्ने गरी राख्नुपर्ने कुरा पनि जनाएको छ।


