गोरखपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गोरखपुरको भेला सम्पन्न भएको छ । नगर संगठन समितिको आयोजनामा भएको भेलामा प्रमुख अतिथी केन्द्रीय सदस्य भीमबहादुर थापाको विषेश उपस्थिति रहेको थियो ।
भेलाले रामबहादुर गुरुङको अध्यक्षतामा १५ सदस्यीय नगर समिति गठन गरेको छ । जसमा उपाध्यक्ष रोसन गुरुङ, सचिव बमबहादुर गुरुङ, सहसचिव बुद्धिमान गुरुङ, कोषाध्यक्ष टेकबहादुर गुरुङ चयन हुनुभएको छ ।
सदस्यहरूमा क्रमशः बिशाल लामा, मधु थापा, मानबहादुर गुरुङ, सबिता गुरुङ, वैकल्पिक सदस्यमा सुमन गुरुङ, पूर्णिमा गुरुङ र रामसरन सापकोटा रहनुभएको छ । त्यस्तै भेलाले दिलबहादुर गुरुङलाई सल्लाहकार चयन गरेको छ भने र दुई सल्लाहरहरू पछि पुर्ती गर्ने गरि रिक्त राखिएको छ ।
भेलामा प्रमुख अतिथी केन्द्रीय सदस्य थापाले प्रवासी नेपालीहरूको समस्या र एकता समाजले खेलेको भूमिकाबारे विचार राख्दै मूल प्रवाहले भारतमा नेपालीहरूको हकहित र उत्थानको लागि काम गर्दै नेपालीहरू माथि आईपर्ने विभिन्न प्रकारका समस्याको समाधान गर्ने मात्र नभई, नेपालको राजनैतिक आन्दोलनमा समेत सहयोग र समर्थन गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा राम बहादुर गुरुङले पनि मन्तव्य दिनुभएको थियो । गुरुङले समितिका सबै सदस्यहरूले सकृय रूपमा गोरखपुरमा बस्ने नेपालीहरूलाई संगठित गर्ने एवं नेपालीहरूमाथि आइपरेका समस्याहरूलाई समाधन गर्ने प्रतिवद्धता प्रकट गर्नु भएको थियो ।