काठमाडौं । रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलन १४ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।
वैशाख १ देखि ३ गतेसम्म बुटवलमा सम्पन्न राष्ट्रिय सम्मेलनले देशमा बढिरहेको महङ्गी, भ्रष्टाचार, काला बजारी जस्ता विकृति विरुद्ध संघर्ष गर्नुपर्ने, संघीयताको खारेजी, नेपालमा बढ्दै गइरहेको अमेरिकी साम्राज्यवादी तथा भारतीय साम्राज्यवाद दुवैको हस्तक्षेप विरुद्धमा संघर्ष गर्नुपर्ने कुरामा जोड दिएको छ ।
यस्तै, राष्ट्रिय सम्मेलन श्रब्य दृश्य तथा सूचना साम्राज्यवादको भण्डाफोर गर्दै राष्ट्रिय जनसंस्कृतिको संरक्षणमा जोड दिएको छ ।
यस्ता छन् १४ बुँदे विशेष प्रस्ताव (विज्ञप्तिसहित)
१) मिति २०८० वैशाख १,२ र ३ गते ‘सामन्ती र पुँजीवादी संस्कृतिको विरुद्ध हाम्रो आन्दोलन ! प्रगतिशील तथा जनवादी संस्कृतिको विरुद्धमा चौथो राष्ट्रिय सम्मेलन !’ भन्ने मूल नाराको साथमा रक्तिम सांस्कृतिक अभियानको चौंथो राष्ट्रिय सम्मेलन बुटवलमा भब्य रुपमा सम्पन्न भएको छ । यस सम्बन्धी जानकारी गराउनकोलागि यो प्रेस विज्ञप्ति प्रेषित गरिएको छ ।
२) रक्तिम सांस्कृतिक अभियानको यो ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन सम्मेलनका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद माननिय चित्रबहादुर केसीले पानसमा दिप प्रज्वलित गरेर गर्नु भएको थियो। सम्मेलनमा रक्तिमका संस्थापक सदस्य तथा राष्ट्रिय सभा सदस्य राजेश विक र पूर्वअध्यक्ष रेम रानालाई सम्मान गरिएको थियो ।
उद्घाटन कार्यक्रममा वामपन्थी नेता सुरेश थापा, नेकपा (मसाल) लुम्बीनी प्रदेशका प्रवक्ता तिलक जिसी, अखिल नेपाल युवक सङ्घका अध्यक्ष कृष्ण पाण्डे, अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवर, तराई मधेश जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डिराज शर्मा, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का उपाध्यक्ष गोविन्द विसी, अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य रुकबहादुर पराजुली, अखिल नेपाल जनजाति महासंघका महासचिव अमरध्वज राना, अखिल नेपाल बुद्धिजिवि संघका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेल, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य सम्झना सुवेदी, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य विमल बोहोराले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यसैगरि प्रगतिशील लेखक संघका सचिव दलबहादुर गुरुङ, अखिल नेपाल जनसांस्कृतिक महासंघका सदस्य कविराज पौडेल, अखिल नेपाल जनसांस्कृतिक महासंघका आरोही, राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रीय सचिवालय सदस्य झलक लामिछाने, राष्ट्रिय जनसांस्कृतिक महासंघ ९समाजवादी० का केन्द्रीय सदस्य शेरजङ्ग गुरुङले शुभकामना दिनुभएको थियो ।
३) रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलनले गिरीप्रसाद बुढा (रुकुम पश्चिम) को अध्यक्षतामा १९ पूर्ण तथा ६ वैकल्पिक गरी २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्ष जीवन शाही, (सुर्खेत), उपाध्यक्ष मोहराज चालिसे (चितवन), उपाध्यक्ष बाबुराम आचार्य (कैलाली), महासचिव हेमराज आश्रम (बाग्लुङ), सचिव सविन अर्गेजा (बाग्लुङ), कोषाध्यक्ष अनन्तराज आचार्य (दाङ), सदस्यहरूमा मञ्जु परियार (कञ्चनपुर), टम बहादुर रोका (कास्की), उषा तरामी (गुल्मी), विष्णु केसी (अर्घाखाची), सीता बस्याल (रुपन्देही), विशाल राई (सुनसरी), मेस्मा पुन (काठमाडौं), सुवर्ण भट्टराई (बारा), हिक्मत शाही (कालिकोट), सुरज विक (नवलपुर), शोभा गोपाली (मकवानपुर) जगत विक (प्युठान), रहनु भएको थियो ।
यसैगरि वैकल्पिक केसहरूमा मान बहादुर नेपाली (नवलपरासी), दिलिप परियार (बाग्लुङ), हरि सर्तुङ्गी (गुल्मी), दीप गोले (रौतहत), तबिता थाडा (सुर्खेत), दिपक पन्थी (अर्घाखाँची) रहनु भएको छ।
यसैगरि सम्मेलनले चयन गरेको केन्द्रीय समितिले प्रदेश इन्चार्जहरूको ब्यवस्था गरेको छ । जसमा सुदूरपश्चिम प्रदेश इन्चार्जमा बाबुराम आचार्य, कर्णाली प्रदेश इन्चार्जमा जीवन शाही, लुम्बिनी प्रदेश इन्चार्जमा गिरीप्रसाद बुढा, गण्डकी प्रदेश इन्चार्जमा हेमराज आश्रम, बागमती प्रदेश इन्चार्जमा मेश्मा पुन, मधेश प्रदेशको इन्चार्जमा दीप गोले, कोशी प्रदेशको इन्चार्जमा कार्यालय रहेको छ । यसैक्रममा केन्द्रीय समितिले ५ सदस्यीय सचिवालयको पनि गठन गरेको छ जसमा गिरीप्रसाद बुढा, जीवन शाही, हेमराज आश्रम, सविन अर्गेजा र मोहराज चालिसे रहनु भएको छ ।
४) यसैगरि रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिले रेम राना संयोजकत्व रहेको १३ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । जसमा सदस्यहरू तेजेन्द्र थापा (रुपन्देही), मिना बुढाथोकी (रुपन्देही), देवी शर्मा (चितवन), शुशिला थापा (दाङ), थुमराज ढुंगाना (बाग्लुङ), गिता थापा (बाग्लुङ), दानबहादुर सारु (कास्की), जीवन पुन (अर्घाखाँची), टिका संगम विक (बाग्लुङ), दान बहादुर थापा (बाग्लुङ), नरमाया थापा (गुल्मी), नेत्र राना (गुल्मी) रहनु भएको छ ।
५) यसैगरी राष्ट्रिय सम्मेलनले ८१ सदस्यीय सांस्कृतिक सभाको गठन गरेको छ । राष्ट्रिय सम्मेलनले ठोस कार्यक्रम अन्तरगत २०८० सालको बार्षिक कार्यक्रम निश्चित गरेको छ । जसअनुसार विशेष सदस्यता वितरण अभियान, संगठन सुदृढीकरण अभियान अन्तरक्रिया तथा विचारगोष्ठी कार्यक्रम, आर्थिक अभियान, टिकट शो कार्यक्रम, भैलो कार्यक्रम, पत्रिका प्रकाशन आदी रहेका छन् ।
६) उद्घाटन, बन्दशत्र र समापन गरि सम्पन्न भएको रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलनले निम्न अनुसारको विशेष प्रस्ताव पारित गरेको छ।
१) यो राष्ट्रिय सम्मेलन देशमा बढिरहेको महङ्गी, भ्रष्टाचार, काला बजारी जस्ता विकृति विरुद्ध संघर्ष गर्नपर्ने कुरामा जोड दिन्छ ।
२) यो राष्ट्रिय सम्मेलन नेपालको सन्दर्भमा अनुपयुक्त रहेको संघीयतालाई खारेज गर्न विशेष जोड दिन्छ ।
३) यो राष्ट्रिय सम्मेलन नेपालमा बढ्दै गइरहेको अमेरीकी साम्राज्यवादी तथा भारतीय साम्राज्यवाद दुवैको हस्तक्षेप विरुद्धमा संघर्ष गर्नु पर्ने कुरामा जोड दिन्छ ।
४) यो राष्ट्रिय सम्मेलन श्रब्य दृश्य तथा सूचना साम्राज्यवादको भण्डाफोर गर्दै राष्ट्रिय जनसंस्कृतिको संरक्षणमा जोड गर्दछ ।
५) यो राष्ट्रिय सम्मेलनले देशमा बढ्दै गइरहेको साम्राज्यावादी पाश्चात्य छाडा संस्कृतिको प्रभावलाई निस्तेज पार्दै वैज्ञानिक तथा जनवादी संस्कृतिको विकास गर्नु पर्ने कुरामा जोड दिन्छ ।
६) यो राष्ट्रिय सम्मेलन द्वन्दकालका मानव अधिकार विरुद्धको अपराधहरूको घटनामा संलग्न दोषीहरूलाई निष्पक्ष र उच्च स्तरको छानविन गरी अपराध अनुसार कार्वाही गर्नु पर्नेमा जोड दिन्छ ।
७) यो राष्ट्रिय सम्मेलनले राष्ट्रियता, धर्मनिरपेक्षता र गणतन्त्रको रक्षा तथा प्रतिगमन विरुद्धको संघर्षमा जोड दिन्छ ।
८) यो राष्ट्रिय सम्मेलन आफ्ना राजनीतिक अभिष्ट पुरा गर्नका लागि साम्राज्यवादीहरूले इसाइ धर्मलाइ तथा राजावादीहरूले हिन्दु धर्मलाई प्रयोग गर्ने कुनियतको विरोध गर्ने कुरामा जोड दिन्छ ।
९) यो राष्ट्रिय सम्मेलन षडयन्त्रपूर्वक तरिकाले लागू गरिएको एमसीसी सम्झौता खारेज गर्न जोड दिन्छ ।
१०) यो राष्ट्रिय सम्मेलन अंगीकृत नागरिकलाई वंशजको नागरिकता दिने लचिलो नागरिकता नीतिको विरुद्ध संघर्ष गर्न जोड दिन्छ ।
११) यो राष्ट्रिय सम्मेलन सामन्ती, रुढीवादी संस्कृतिको विरोध गर्न जोड दिन्छ ।
१२) यो राष्ट्रिय सम्मेलन समाजमा रहेका सबैप्रकारका जातिय, लैङ्गीक असमानता तथा वर्गिय विभेदहरूको विरुद्ध संघर्ष गर्ने कुरामा जोड दिन्छ ।
१३) यो राष्ट्रिय सम्मेलन देशमा रहेको बेरोजगारी समस्य हल गर्न तथा युवाहरूहरूको विदेश पलायन रोक्न सरकारसँग जोडदार माग गर्दछ ।
१४) भारतीय साम्राज्यावादले गरेको सीमा अतिक्रमणको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न जोड्दार माग गर्दछ। साथै नेपाली भूभाग कालापानीबाट भारतीय सेना हटाउन जोडदार माग गर्दछ ।
गिरीप्रसाद बुढा
अध्यक्ष
मिति : २०८०/०१/०३

