• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

बागलुङ पैयुँपाटा बहुमुखी क्याम्पसमा विद्यार्थीको चाप घट्दै


  •   सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित
  • ढोरपाटन । एक दशक अगाडिसम्म बागलुङ नगरपालिका–१३ स्थित बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसमा विद्यार्थीको चाप हुन्थ्यो । गाउँकै क्याम्पसमा उच्च शिक्षा पढ्न पाउँदा विद्यार्थी खुसी थिए ।

    Advertisement

    खासगरी गरिब परिवारका विद्यार्थी पढ्दै आएको यो क्याम्पसमा छोरीबुहारी बढी हुन्थे । उच्च शिक्षाका लागि गाउँबाट क्याम्पस टाढा हुँदा धेरैले दश जोड दुई उत्तीर्ण गरेर पढाइ बिट मार्ने गर्थे । छात्रहरु विदेश जाने र छात्राले क्याम्पस टाढा भएकै कारण पढाइ छोड्नुपर्ने बाध्यता भएपछि विसं २०४७ मा क्याम्पस स्थापना भयो ।

    क्याम्पस स्थापना भएपछि ग्रामीण क्षेत्रका विद्यार्थीले अध्ययन गर्न पाए तर, पछिल्लो समय क्याम्पसमा विद्यार्थी टिकाउनै समस्या हुँदै गएको छ । दश जोड दुई उत्तीर्ण हुने बित्तिकै युवा विदेश पलायन हुन थालेपछि क्याम्पसमा विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको हो । बत्तीस वर्षदेखि सञ्चालन हुँदै आएको क्याम्पसले अहिले विद्यार्थी कसरी टिकाउने भन्नेमा सोच्न बाध्य छ । हरेक वर्ष विद्यार्थीको सङ्ख्या घट्दै गएपछि क्याम्पस कसरी चलाउने भन्नेमा सरोकारवाला गम्भीर हुन थालेका छन् ।

    विद्यार्थीबाट कुनै पनि शुल्क नलिई नि:शुल्क पढ्ने वातावरण मिलाएको क्याम्पस प्रमुख ज्ञानेन्द्रराज पन्तले बताउनुभयो । अहिले दैनिक १० विद्यार्थी पढ्न नआउने उहाँको भनाइ छ । क्याम्पसमा हाल ४० विद्यार्थी भर्ना भएका छन् । शिक्षा र व्यवस्थापन पढाइ हुने क्याम्पसमा अहिले विद्यार्थीको आकर्षण घट्दै गएको छ । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्ध प्राप्त क्याम्पसले हरेक वर्ष राम्रो शैक्षिक उपलब्धि हासिल गरिरहेको क्याम्पस प्रमुख पन्तको भनाइ छ ।

    ग्रामीण क्षेत्रको क्याम्पस भएको हुँदा गाउँकै विद्यार्थीले हो यहाँ पढ्ने, खास गरी छोरी र बुहारी बढी हुन्छन्, अहिले विद्यार्थीको सङ्ख्या धेरै घटेको छ, विद्यार्थीलाई आकर्षण गर्न धेरै प्रयास गर्‍यौँ तर बढाउन सकिएको छैन, क्याम्पस प्रमुख पन्तले भन्नुभयो, पहिले छोरा मात्रै विदेश जाने प्रचलन थियो, त्यसले गर्दा छोरी बुहारीले घरको काम धन्दा गरेर क्याम्पस पढ्ने गर्थे, अहिले छोरी बुहारी पनि विदेश जान थाले त्यसले गर्दा क्याम्पसमा विद्यार्थी सङ्ख्या घट्यो, हरेक वर्ष विद्यार्थी सङ्ख्या घटिरहेको छ ।

    क्याम्पस ०४७ सालमा प्रवीणता प्रमाणपत्रबाट सुरु भएको थियो । ग्रामीण क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर स्थापित क्याम्पस अहिले विद्यार्थी घट्दै गएपछि सङ्कटमा परेको छ । पाँच वर्ष अगाडिसम्म क्याम्पसमा विद्यार्थीको उपस्थिति राम्रो भएको उहाँ बताउनुहुन्छ । अहिले विभिन्न वर्षमा अध्ययन गर्ने आठ छात्र र ३२ छात्रा भर्ना भएका छन् । उनीहरुमध्ये अधिकांश परीक्षा दिन मात्रै आउने गरेको क्याम्पस प्रमुख पन्तको भनाइ छ ।

    बागलुङ नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले गाउँमै रोजगार सिर्जना नगरेसम्म क्याम्पस र विद्यालयमा विद्यार्थी रोक्न नसकिने बताउनुहुन्छ । उहाँले क्याम्पसमा मात्रै नभएर ‘स्कुल लेवल’मा पनि विद्यार्थीको सङ्ख्या घट्दै गएको बताउनुहुन्छ । प्राध्यापक आधुनिकसँग जोडिनुपर्ने र विद्यार्थीलाई व्यवहारिक तरबले शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँ भन्नुहुन्छ, क्याम्पस हाम्रो अधिकार क्षेत्रभित्र त पर्दै तर, हाम्रो वडामा पर्ने हुँदा हामीले चासो दिनुपर्छ, विद्यार्थी यहाँ मात्रै होइन, देशभरनै कम हुँदै गएका छन्, उच्च शिक्षालयमा विद्यार्थीको सङ्ख्या कम छ, रोजगारको अवसर र प्राध्यापक आधुनिक प्रविधिसँग जोडिन सकेर गुणस्तरीय शिक्षामा जोड दियो भने केही हदसम्म विद्यार्थीलाई आकर्षित गर्न सकिन्छ ।

    सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.