दैलेख । एमसीसी तथा सीमा अतिक्रमण विरुद्ध शनिबार दैलेखमा विरोध प्रदर्शन भएको छ । दैलेखस्थित नेकपा (मसाल) सहितका नौ राजनीतिक दलले चामुण्डामा विरोध सभा गरेका हुन् ।
सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर बहादुर नेपालीले सत्ता सञ्चालन गर्नेहरुले एमसीसीबारे सही जानकारी नदिएर नेपाली जनतालाई ढाँटछलको राजनीति गरेको आरोप लगाउनुभयो । उहाँले देशमा विदेशीको इशारामा देशहित विपरितका सम्झौताहरु हुने गरेको भन्दै एमसीसी जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयन हुन नदिन जनता एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा (मसाल) का प्रतिनिधी पूर्ण बहादुर शाही, राजमो कर्णाली प्रदेशका अध्यक्ष भरत बहादुर शाही, देशभक्त जनगणतान्त्रिक मोर्चाका प्रतिनिधी शिवराज शाही, नेकपा (क्रान्तिकारी माओवादी) का प्रतिनिधी कमला चन्दले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन अखिल (छैठौं) का जिल्ला अध्यक्ष शिवराज आचार्यले गर्नुभएको थियो ।