खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिको आयोजनामा चंडिगढमा अखिल नेपाल जनजाति सम्मेलन र जातीय समता समाजको स्थापना दिवस मनाइएको छ ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्काले सम्बोधन गर्दै जातीय मुक्ति आन्दोलन वर्गसंघर्ष को एउटा रुप भएको उल्लेख गर्दै जातीय मुक्ति आन्दोलनलाइ वर्गीय आन्दोलनसँग नजोडि समाजको रुपान्तरण हुन सक्दैन भन्नु भयो ।

सो सभामा बोल्ने अन्य वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय सल्लाहकार प्रेम आचार्य, विद्यार्थी संघ केन्द्रीय सदस्य विष्णु बेल्बासे, रक्तिम विभागका केन्द्रीय सदस्य विनु नेपाली, समताका पूर्वकेन्द्रीय सदस्य रामबहादुर नेपाली, नगर अध्यक्ष मानबहादुर केसी, रक्तिम विभागका अर्जुन विक, महिला विभाग नगर संयोजक माया आचार्य, क्षेत्रीय सदस्य सीमा खड्का, नगर विभाग सदस्यहरु माया नेपाली, मन्जु विक, जीवा गुरुङ, विद्यार्थी नगर अध्यक्ष नारायण आचार्य र दिवगंत चम्पा गन्धर्वका मामा दिनेश रञ्जन लगाएत हुनुहुन्थ्यो।
लीला विकको अध्यक्षता तथा तेज बहादुर रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत थमन थापाले गर्नु भएको थियो ।

