• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ८. सर्वदलीय बैठक जारी

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

रक्तिम सांस्कृतिक अभियानको नयाँ नेतृत्व चयन, अध्यक्षमा गिरीप्रसाद बुढा


  •   आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
  • कुलबहादुर छन्त्याल,बुटवल ।
    रक्तिम सांस्कृतिक अभियानको अध्यक्षमा गिरीप्रसाद बुढा चयन हुनुभएको छ । वैशाख १ गतेदेखि बुटवलमा सुरु भएको रक्तिमको चौथो राष्ट्रिय सम्मेलनले गिरीप्रसाद बुढा (रुकुम) को अध्यक्षतामा १९ पूर्ण र ६ वैकल्पिक गरी २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

    Advertisement

    यस्तै, पूर्व अध्यक्ष रेम रानाको संयोजकतत्वमा १३ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद् समेत चयन भएको छ ।

    रक्तिमको राष्ट्रिय सम्मेलनले पहिलो पटक वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्षको व्यवस्था पनि गरेको छ । वरिष्ठ उपाध्यक्षमा जीवन शाही (सुर्खेत) र उपाध्यक्षद्वय मोहराज चालिसे (चितवन) र बाबुराम आचार्य (कैलाली) चयन हुनुभएको छ ।

    यस्तै, महासचिवमा हेमराज आश्रम (काठमाडौं) चयन हुनुभएको छ भने सचिव सहविन अर्गेजा (बागलुङ) र कोषाध्यक्षमा अनन्तराज आचार्य (दाङ) चयन हुनुभएको छ ।

    सदस्यहरुमा मेस्मा पुन (काठमाडौं), विष्णु केसी (अर्घाखाँची), उषा तरामी मगर (गुल्मी), विशाल राई (सुनसरी), सुवर्ण भट्टराई (बारा), शोभा गोपाली (मकवानपुर), तमबहादुर रोका (कास्की), जगत विक (प्युठान), सीता बस्याल (रुपन्देही), हिक्मत शाही (कालिकोट), मञ्जु परियार (कञ्चनपुर) र सुरज सुनार (नवलपुर) रहनुभएको छ ।

    यस्तै, वैकल्पिक सदस्यमा मानबहादुर नेपाली (कपिलवस्तु), दिलीप परियार (बागलुङ), हरि सर्तुङ्गी मगर (गुल्मी), दीपक गोले (रौतहट), सविता ठाडामगर (सुर्खेत), दीपक पन्थी अर्घाखाँची रहनुभएको छ ।

    केन्द्रीय सल्लाहकार परिषदको संयोजकमा रेम राना तथा सदस्यहरुमा तेजेन्द्र थापा, देवी शर्मा, मिना बुढाथोकी, सुशिला थापा, थुमराज ढुंगाना, गीता थापा, दानबहादुर थापा, नरमाया थापा, नेत्र राना, जीवन पुन, टीकासंगम र दानबहादुर सारु रहनुभएको छ ।

    रक्तिमको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन वैशाख १ गते राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको थियो । वैशाख २ गते भएको बन्दसत्रले संगठनात्मक प्रतिवेदन पारित गर्दै नयाँ नेतृत्व चयन गरेको हो ।

    रेम राना, सुशिला थापा र बुद्धबहादुर जिसीसहितको तीन सदस्यीय अध्यक्षमण्डल गठन गरियो । बन्द सत्रको अध्यक्षता सुशिला थापा र सञ्चालन रेम रानाले गर्नुभएको थियो ।

    कार्यक्रममा अध्यक्ष गिरीप्रसाद बुढाले सांगठनिक प्रतिवेदन, विशेष प्रस्ताव र ठोस कार्यक्रम प्रस्तुत गर्नुभयो भने जीवन शाहीले विधान मस्यौदा प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा कलाकारहरुले आ–आफ्नो प्रस्तुती देखाएका थिए भने रक्तिमका पूर्व कोषाध्यक्ष तेजेन्द्र थापाले वरिष्ठ गायिका लक्ष्मी गुरुङलाई स्मरण गर्दै ‘उत्तरबाट बादल आउँदा…’ गीत गाउनुभएको थियो । यो गीतले पुरै हललाई भावुक बनाएको थियो ।

    कार्यक्रममा वामन्थी नेता सुरेश थापा, बुद्धिजीवी दुर्गानाथ खरेल र जातीय समता समाजका अध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य राजेश विकले विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।

    नवनिर्वाचित समितिलाई वामन्थी नेता सुरेश थापा र रक्तिम कलाकार कुलबहादुर छन्त्यालले बधाई तथा शुभकामना दिनुभयो ।

    नवनिर्वाचित समितिको आज (वैशाख ३ गते) बसेको बैठकले संगठन सुदृढीकरण, पाँच हजार सदस्यता वितरण, सांस्कृतिक तथा राजनीतिक प्रशिक्षण गर्ने तथा लेनिनको जन्म शतवार्षिकीका अवसरमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

    सांस्कृतिक सभा
    यस्तै, सम्मेलनले ८१ सदस्यीय सांस्कृतिक सभा पनि गठन गरेको छ।

    जसमा कृष्ण गिरी, रीता घर्तीभिरे, बुद्धवहादुर जिसी, पूर्ण बहादुर परियार, कुलबहादुर छन्त्याल, पूर्ण बहादुर भुजेल, निम कला राना, मेघराज गौतम, कृष्ण केसी, रामअन्जान परियार र बेगम बुढामगर लगायत रहनुभएको छ ।

    आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.