• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

अमेरिकी साम्राज्यवादद्वारा नेपाली राष्ट्रियतामाथि हस्तक्षेपबारे राजमोको अन्तरक्रिया (फोटासहित)


  •   शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादद्वारा नेपाली राष्ट्रियतामाथि भइरहेको हस्तक्षेप तथा त्यसबाट नेपाली राष्ट्रियताको रक्षाको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीद्वारा प्रस्तुत “अमेरिकी साम्राज्यवादी हस्तक्षेप र राष्ट्रियताको रक्षाको प्रश्न” विषयक कार्यपत्रमाथि छलफल गर्दै २०८० वैशाख २ गते शनिबार राजधानीको बागबजारमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा लिखित कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष केसीले देशमा अहिले पनि विदेशी हस्तक्षेप गम्भीर रूपमा यथावत् रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘देशमा लोकतन्त्र, गणतन्त्र जे आए पनि विदेशी शक्तिकेन्द्रको नीति लागु गर्ने काम भइरहेको छ ।’

    रवि लामिछानेको सन्दर्भमा अमेरिकी साम्राज्यवाद प्रष्ट रूपमा नेपाली राजनीतिमा देखा परेको उहाँको भनाइ थियो ।

    ‘देशमा ठुला भनाउँदा पार्टीहरूले रवि लामिछानेलाई उप्रपधानमन्त्री तथा गृहमन्त्री बनाउँछन्’ उहाँले भन्नुभयो– ‘सर्वोच्च अदालतले उनी नेपाली नागरिक नरहेको फैसला गरेपछि बल्ल राजनीतिक दल होसमा आउँछन् ।’

    उहाँले रवि विदेशी नागरिक भएको विषय राजनीतिक दलहरूलाई थाह भए पनि अमेरिकी साम्राज्यवादको इसारामा निर्वाचन आयोगदेखि महान्यायाधिवक्तासम्मले उनलाई काखी च्यापेको बताउनुभयो ।

    सम्बोधनको क्रममा उहाँले एकातिर सङ्घीयताको विरोध गरेकाले अर्कातिर, पछिल्लो समयमा रवि लामिछानेको साम्राज्यवादपरस्त चरित्रको भण्डाफोर गरेका कारण पछिल्लो समयमा राष्ट्रिय जनमोर्चा आँखाको कसिङ्गर बनेको बताउनुभयो ।

    उहाँले नेपालको राष्ट्रियताको रक्षाका लागि सम्पूर्ण देशभक्त नेपालीहरू एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    अन्तरक्रियामा मन्तव्य राख्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले कथित स्वतन्त्र पार्टीको उदय अमेरिकी साम्राज्यवादको सहयोगमा भएको बताउनुभयो ।

    ‘रवि लामिछानेले कहिल्यै एमसिसी, एसपिपीको विरोध गरेको थाह पाउनुभएको छ ? पछिल्ला जनआन्दोलनमा रविको उपस्थिति थाह पाउनुभएको छ ?’ प्रवक्ता पुरीले भन्नुभयो– ‘रविको अकस्मात् जस्तो देखिने उपलब्धिका पछाडि अमेरिकी साम्राज्यवादको हात छ ।’

    उहाँले अमेरिकी राजदूतले रविलाई जिताउन लबिङ गरेको तथा इसाई मिसनरीले रविलाई जिताउन लागिपरेको प्रसङ्ग यस सन्दर्भमा जोड्नुभयो ।

    इतिहासमा कुनै बेला जनताले राजालाई भगवान् माने झैँ पछिल्लो समयमा केही मानिसले रविलाई भगवान्को रूपमा अघि सारेको उहाँले बताउनुभयो ।

    ‘रवि भगवान् (अमेरिकी साम्राज्यवाद) को आशिर्वादबाट सफलता पाएका हुन्’ उहाँले भन्नुभयो– ‘अमेरिकी साम्राज्यवादलाई सघाउन नै चर्चले उनलाई जिताउन सर्कुलर गरेको थियो ।’

    नेपालको पहिलेदेखि नै सामरिक महत्व रहेको स्मरण गर्दै प्रवक्ता पुरीले अहिले चीनलाई घेर्नका लागि नेपाल अमेरिकाको प्राथमिकतामा परेको बताउनुभयो ।

    उहाँले जनताले क्षणिक भ्रममा परेर कतिपय नयाँ तत्त्वलाई जिताए पनि जनता अन्तत: देशभक्त हुने र राष्ट्रियताको रक्षामा उनीहरू लाग्ने बताउनुभयो ।

    अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष प्राडा श्रीधर गौतमले अमेरिकाले आफ्नो स्वार्थमा सट्टापलट पहिलेदेखि नै गर्दै आएको बताउनुभयो ।

    ‘सोभियत सङ्घको पतनसँगै अमेरिकाले इराकमाथि हमला गरेको थियो’ उहाँले भन्नुभयो– ‘सोभियत गठबन्धन वार्सा प्याक्टको विघटनका बाबजुद इराकमा अमेरिका नयाँ भूमिकामा आएको थियो ।’

    उहाँले अमेरिका लागि द्विपक्षीय, बहुपक्षीय सहकार्यको कुनै अर्थ नरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘अमेरिकाले आफ्नो हितमा प्रत्यक्ष रूपमा आघात नपुग्दासम्म हो, द्विपक्षीय, बहुपक्षीय सहकार्यको कुरा गर्ने । जब उसको हितमा आघात पुग्दछ, ऊ सबै सम्झौतालाई लत्याएर प्रत्यक्ष रूपमा अगाडि आउँछ ।’

    नेपालमा पनि प्रत्यक्ष रूपमा अमेरिकी साम्राज्यवाद आउन थालेको बताउनुभयो ।

    ‘नेपालमा पछिल्लो समयमा अमेरिकी साम्राज्यवाद प्रत्यक्ष रूपमा नै अगाडि आएको छ’ प्राडा गौतमले अगाडि भन्नुभयो– ‘त्यो कुरा हामीले एमसिसीको सवालमा प्रष्ट रूपमा देखिसकेका छौँ ।’

    उहाँले देशमा अमेरिकी साम्राज्यवादद्वारा राष्ट्रियतामाथि उत्पन्न हस्तक्षेपको विरुद्ध गम्भीर हुन आग्रह गर्नुभयो ।

    परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले अमेरिका र भारतले विभिन्न गलत भाष्य खडा गरेको बताउनुभयो ।

    ‘एउटा भाष्य यो हो, हामी हिमालले नेपाल र चीनलाई जोडेको भन्छौँ’ उहाँले भन्नुभयो– ‘तर अमेरिका र भारत हाम्रो हिमाललाई छेकबारको रूपमा लिन्छन् ।’

    त्यस्तै, उहाँले चीनको विकासलाई विश्वका लागि खतरनाक रूपमा लिने अर्को भाष्य खडा गरिएको पनि बताउनुभयो ।

    ‘मुख्यत: चीनको समृद्धिबाट अमेरिकासामु खतरा उत्पन्न हुन्छ तर त्यसको फाइदा दक्षिणपूर्वी एसियालाई पुग्छ । त्यसैले अमेरिकाले चीनको समृद्धि विरुद्ध अर्को भाष्य निर्माण गर्छ’ उहाँले भन्नुभयो ।

    श्रेष्ठले त्यस्तै अर्को गलत भाष्य चीनको ऋणको विषयमा उठाइएको बताउनुभयो ।

    ‘अहिले नेपालले लिएको ८० प्रतिशत ऋण अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्क अर्थात् अमेरिकाको हो’ उहाँले प्रश्न गर्नुभयो– ‘के यो ऋणबाट हामी डुबेका छैनौँ । के अमेरिकाले यो ऋणबाट हामीलाई माफी दिन सक्छ ?’

    सम्बोधनको क्रममा उहाँले पछिल्लो समयमा हङकङ चीनमा सामेल हुने भएपछि चीनको विरुद्ध निगरानी गर्नका लागि नेपाली भूमि प्रयोग गरिरहेको बताउनुभयो ।

    उहाँले नेपालमा नेताहरू कथित कम्फर्टेबल (सुविधाजनक) भूमिका रहने कारणले गर्दा विदेशी हस्तक्षेप बढिरहेको बताउनुभयो ।

    ‘हाम्रा नेताहरू कहिले भारतको, कहिले अमेरिकाको, कहिले चीनका लागि कम्फर्टेबल बन्न खोज्दछन् । त्यसै क्रममा देशमा विदेशी हस्तक्षेप बढिरहेको छ’ उहाँले भन्नुभयो ।

    राष्ट्रियताको पक्षमा कलम चलाउँदै आउनुभएका अर्का विज्ञ रत्नसंसार श्रेष्ठले नेपालमा विदेशी हस्तक्षेप चर्को रहेको बताउनुभयो ।

    ‘भारतले नेपाललाई आफ्नो उपनिवेश ठान्दछ । ऊ चाहन्छ, आफ्नो स्वीकृतिबिना नेपालले केही पनि नगरोस्’ उहाँले भन्नुभयो– ‘अमेरिकाले भन्छ, तिमीले मलाई समर्थन गर्दैनौँ भने तिमी मेरो विरुद्धमा छौँ ।’

    एमसिसीको सन्दर्भमा अमेरिका अहिले यही प्रकारले प्रस्तुत भएको बताउनुभयो ।

    एमसिसीले अमेरिकी साम्राज्यवादको हितसाधन गरिरहेको बताउँदै उहाँले प्रष्ट पार्दै उहाँले भन्नुभयो– ‘अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा लेखिएकै छ, एमसिसी आइपिएसको आर्थिक खम्बा हो भनेर ।’

    उहाँले एमसिए–नेपालसित चेकमा हस्ताक्षर गर्ने अधिकारसमेत नरहेको बताउनुभयो ।

    सम्बोधनको क्रममा उहाँले अमेरिकाको मुख्य उद्योग हतियार निर्माणको भएको बताउँदै भन्नुभयो– ‘अमेरिकाले आफूकहाँ डम्पिङ गर्न नमिल्ने हतियार अरू देशलाई पठाउँछ । अहिले युक्रेनमा अमेरिकाका तिनै हतियार प्रयोग भइरहेका छन् । त्यसबाट अमेरिकालाई प्रत्यक्ष आर्थिक लाभ भएको छ ।

    कार्यक्रममा मन्तव्य राख्दै अधिवक्ता डा. सुरेन्द्र भण्डारीले राजनीतिमा अपराधीकरणलाई मान्यता दिँदा देशको राष्ट्रियतामाथि आघात पुगेको बताउनुभयो ।

    रवि लामिछानेले अमेरिका र नेपालमा समेत आपराधिक काम गर्दै आएको तर राजनीतिक दलहरूले त्यसलाई प्रश्रय दिएको उहाँको भनाइ थियो ।

    ‘अर्कोतिर राजनीतिक दलहरूले जनचाहनाअनुसार काम गर्न सकेनन् । त्यसको नकारात्मक परिणामस्वरूप रवि छामिछानेको चरित्र देखा पर्‍यो’ उहाँको भनाइ थियो ।

    डा. भण्डारी जनतामा पनि दब्बु चेतना देखा परेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘जनताको चेतना स्तर कमजोर र दब्बु भएको कारणले नै राष्ट्रिय जनमोर्चा जस्तो राजनीतिक पार्टी सही राजनीतिक लाइनका बाबजुद ठुलो बन्न सकेन ।’

    राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको अध्यक्षता तथा नेकपा (मसाल) बागमती प्रदेशका प्रवक्ता समीर सिंहको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा उपस्थित जनसमुदायलाई राजमो केन्द्रीय सदस्य घनश्याम न्यौपानेले स्वागत गर्नुभएको थियो ।

    अमेरिकी साम्राज्यवादी हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न

    शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.