• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

२०७९ सालमा ५१ वटा प्रेस स्वतन्त्रता हननका घटना


  •   शुक्रबार, बैशाख ०१, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाल पत्रकार महासंघले गएको वर्ष २०७९ सालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका ५१ वटा घटना भएको जनाएको छ। अघिल्लो वर्ष यस्ता घटना ७४ वटा भएका थिए।

    Advertisement

    पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने, प्रसारण तथा प्रकाशनमा अवरोध, दुर्व्यवहार तथा धम्की, आक्रमण, पेशागत असुरक्षा र नीतिगत बन्देजका घटना भएका छन्।

    विक्रम संवत २०७९ साल नेपाली पत्रकारिता क्षेत्रका लागि थप चुनौतीपूर्ण वर्ष रहेको महासंघको ठहर छ। महासंघका अनुसार श्रम समस्यामा अघिल्लो वर्षभन्दा कमी आए पनि श्रमको दीर्घकालीन समस्या समाधानमा कुनै पनि प्रकारको पहल भएन। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका घटनामा कमी आए पनि जननिर्वाचित संस्था संविधान कार्यान्वयनका लागि बनाउन पर्ने कानून निर्माणमा उदासिन भएको छ।

    ‘श्रमजीवी पत्रकारले नियुक्तिपत्र नपाउने, तलब नपाउने, सेवा सुविधा नपाउने र जबरजस्ती जागिरबाट निकालिनेलगायतका समस्या २०७९ सालमा दोहोरिएका छन्’ महासंघले भनेको छ, ‘श्रम समस्याको दीर्घकालीन समाधानमा नेपाल पत्रकार महासंघले निरन्तर नीतिगत पहल, खबरदारी, आन्दोलन र कानूनी लडाइँ जारी राखेको छ। तर, श्रम समस्याको स्थायी समाधानका लागि सरकार गम्भीर हुन सकेन्।’

    संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतामैत्री कानून निर्माणमा सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता रहेको महासंघले जनाएको छ।

    नयाँ वर्ष २०८० सालमा महासंघले सञ्चारसम्बन्धी बन्नुपर्ने कानून निर्माण, श्रमजीवी पत्रकारका समस्याको दीर्घकालीन समाधानको प्रयास, पत्रकारका लागि कल्याणकारी काम र मिडिया क्षेत्रमा देखिएका विभिन्न प्रकारका समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी गरेको छ। युट्युबलगायत सञ्चारका विभिन्न माध्यममा आएका कतिपय कन्टेन्टका आधारमा समग्र पत्रकारिता क्षेत्रप्रति फैलिइरहेको नकरात्मक धारणा सुधारका लागि पनि महासंघले गरिरहेका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्ने तथा प्रेसप्रति अनुदार राजनीतिक दल तथा नेतालाई लोकतान्त्रिक संस्कारको विकास गर्न प्रेरित

    गर्नेगरी महासंघले दलहरुसँग सघन छलफल गर्नुपर्ने आवश्यकता पनि प्राथमिकतामा राखेको महासंघको भनाई छ।
    यस्तै, श्रमजीवी पत्रकारका समस्याको दीर्घकालीन समाधान गर्न, पत्रकारको भौतिक तथा पेशागत सुरक्षा, संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वातन्त्रतामैत्री कानून निर्माण, नागरिक अधिकारको संवैधानिक प्रत्याभूति, सञ्चार माध्यमको दिगोपनाका लागि विगतमा जस्तै महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दै यो अभियानमा सबै पत्रकारसहित आम नागरिकको पनि साथ, सहयोगको अपेक्षा गरेको छ।

    शुक्रबार, बैशाख ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.