दिनेश रैदास, दाङ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा जितेका आफ्ना सदस्यलाई अखिल (छैठौं) दाङले सम्मान गरेको छ । जिल्लाका विभिन्न क्याम्पसबाट निर्वाचित नेताहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।
नवनिर्वाचित स्ववियु पदाधिकारी एवम् सदस्यहरुलाई संगठनका केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरले सम्मान गर्नुभएको हो ।
त्यसक्रममा राप्ती शिक्षा क्याम्पस घोराहीका स्ववियु सदस्य सुनिता आचार्य, जनता बहुमुखी क्याम्पस गढवामा सदस्य मनिषा उपाध्याय र पुष्पाा धिताल, ऐरावती आदर्श क्याम्पस लालमटियामा सचिव अशोक खनाल, सदस्य सिद्वार्थ सुवेदी र केशरी शर्मा, देउखुरी बहुमुखी क्याम्पस लमहीका सदस्य निर्मला खनाल र बिना पोख्रेल तथा स्पान कलेज घोराहीकी सदस्य खगेन्द्रा विष्टलाई सम्मानित गरिएको हो ।

सो अवसरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल (छैठौं)का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश उपाध्यक्ष रिसव आचार्य, रुपन्देहीका उपाध्यक्ष कुलचन्द्र शर्मा, अखिल नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश सल्लाहकार डिलाराम पौडेल, अखिल नेपाल कानुन व्यवसायी संघका केन्द्रीय सदस्य कृष्णप्रसाद आचार्य र अखिल नेपाल शिक्षक संघका पूर्व केन्द्रीय सदस्य कपिलदेव खनाल लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।
अखिल (छैठौं) दाङका अध्यक्ष सरिता पुन मगरको अध्यक्षता तथा सचिव दिनेश रैदासको सञ्चालनबाट अघि बढेको कार्यक्रममा स्वागत जिल्ला उपाध्यक्ष तिर्शन केसीले गर्नुभएको थियो ।