पुष्कर भट्ट, कञ्चनपुर ।
राष्ट्रिय जनमोर्चा कञ्चनपुरले कृष्णपुर नगरपालिकाबाट एक महिने संगठन निर्माण अभियान सुरु गरेकोछ । राजमो केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज मनोज भट्टले नवप्रवेशीहरुलाई सदस्यता वितरण गरी बिहीबार अभियानको उद्घाटन गर्नुभएको छ ।
राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य गौरा सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा राजमो कञ्चनपुरका जिल्ला अध्यक्ष रामबहादुर कार्की, नेकपा (मसाल) का जिल्ला प्रवक्ता लक्ष्मीदत्त बडु, राजमो जिल्ला उपाध्यक्ष मन्जु परियार, राजमो जिल्ला सहसचिव लाल बहादुर कुँवर लगायतका नेताहरुले अभियान सफलताको शुभकामना दिनुभएको थियो ।
राजमो जिल्ला सदस्य चक्र रैकालको सञ्चालनबाट अघि बढेको कार्यक्रममा स्वागत मन्तब्य जातीय समता समाजका महासचिव गोविन्द विकले गर्नुभएको थियो ।
आजबाट सुरु भएको अभियान अन्तर्गत शुक्रबार स्थानीय तहका पार्टी बैठक बसी अभियानलाई जिल्लाब्यापी सञ्चालन गरिने राजमो कञ्चनपुरले जनाएको छ ।
