• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

कसरी लेनिनले क्रान्तिकारी बाटो समाते ?


  •   शनिबार, चैत ०४, २०७९ मा प्रकाशित
  • प्रा.डा. श्रीधर गौतम ##
    आफ्ना दाजु अलेक्जेन्डरलाई सेन्ट पिटर्सबर्ग विश्वविद्यालयमा अध्ययनरत हुँदा तत्कालीन जार शासक (बादशाह) लाई मार्ने षड्यन्त्रमा लागेको आरोप लागी पहिला पक्राउ र पछि झुन्ड्याएर मारिएपछि लेनिनको परिवारलाई समाजमा छरछिमेकीबाट अप्रिय लाग्ने वचन सुन्नुपर्दथ्यो । यही घटनाको कारणले गर्दा लेनिनकी आमाले उनलाई उच्च शिक्षाको लागि सेन्ट पिटर्सबर्ग विश्वविद्यालयमा नपठाई कजान विश्वविद्यालयमा भर्ना गराइन् । संयोगले लेनिनका पिताले पनि यसै विश्वविद्यालयमा अध्ययन गरेका थिए । यद्यपि लेनिनले आफ्नो प्रारम्भिक शिक्षा लिने क्रममा ल्याटिन र ग्रीक जस्ता कठिन विषय मानिने भाषामा राम्रो दक्षता प्राप्त गरेका थिए,तर उनले कजान विश्वविद्यालयमा कानुन विषय लिई पढ्न थाले । उनकी आमा मरिया अलेक्जेन्ड्रा चाहन्थिन् कि उनको दोस्रो छोरा लेनिन अर्थात् भ्लादिमिरले राजनीतिमा कुनै रुचि नदेखाओस् र उनका दाजुको जस्तो अवस्था नआओस् तर १७ वर्षीय भ्लादिमिरले आमाको भनाइअनुसार नचल्ने निधो गरिसकेका थिए र उनले जार शासनको अन्त्यको लागि चाहिने क्रान्तिको सपना देख्न थालेका थिए ।

    Advertisement

    यसै क्रममा एक दिन उनले आफ्ना दाजुले जम्मा पारेर राखेका किताबमध्ये निकोलाई चेर्निसेभस्कीद्वारा लिखित किताबमाथि उनका आँखा परे र ती कृतिले उनको मनमस्तिष्कलाई घोतलिरहे । चेर्निसेभस्की ती लेखक थिए, जसलाई जार शासन रोमानोभको विरुद्धमा काम गरेको आरोपमा सन् १८६४ मा साइबेरिया प्रवासमा पठाइएको थियो । चेर्निसेभस्कीले वर्गरहित समाजको वकालत गर्दै जार शासनको बर्बरतापूर्ण क्रियाकलापको विरोध गरेका थिए । लेनिन चेर्निसेभस्कीबाट भावनात्मक र तार्किक दुवै रूपमा आकर्षित भएका थिए । खास गरी लेनिन चेर्निसेभस्कीले लेखेको उपन्यास “ह्वाट इज टु बी डन ?” अर्थात् “के गर्नुपर्छ” मा रहेका विचारबाट धेरै प्रभावित भएका थिए र त्यो किताबले उनको जीवनको दिशानिर्देशन गरेको थियो । त्यसपछिको एक वर्षको अवधिमा उनको विश्व दृष्टिकोणको निर्माणमा ठुलो छलाङ आयो र उनमा क्रान्तिकारी भावना उत्पन्न हुन थाले ।

    विश्वविद्यालय बन्द भएपछि सहरको प्रहरीले कजान विश्वविद्यालयका छात्रलाई पक्राउ गर्ने क्रममा भ्लादिमिर (लेनिन) पनि परे र उनकी आमाले अनुरोध गरेपछि प्रहरीले उनको परिवारलाई आफ्नो घर कोकुसिन्को जाने अनुमति दियो । विश्वविद्यालयबाट ३९ जना विद्यार्थीलाई निस्कासित गरिएको थियो र त्यमसा भलादिमिर (लेनिन) पनि परे ।

    कजान विश्वविद्यालयमा भर्ना हुने बेलामा पनि उनलाई उनकी आमाको तर्फबाट यो आश्वासन र ग्यारेन्टी नै दिनुपरेको थियो कि उनको छोरा राजनीतिमा लाग्ने छैन । कजान विश्वविद्यालयमा अन्य विश्वविद्यालयमा जस्तै जार शासन विरोधी विद्यार्थी सङ्गठन थिए । उक्त विश्वविद्यालयको शिक्षाध्यक्षलाई सहरको प्रहरी महानिरीक्षकले यो सूचना दिएको थियो । शिक्षाध्यक्षले यो कुरा थाह पाएपछि शङ्कास्पद विद्यार्थीमाथि बलप्रहार गर्ने आदेश दिए । विद्यार्थीलाई विश्वविद्यालय जानबाट रोकियो र केही समयका लागि विश्वविद्यालय बन्द गरियो । वास्तवमा कजान विश्वविद्यालय हुँदाखेरि नै लेनिनमा क्रान्तिकारी विचारको विकास सुरु भएको थियो । विश्वविद्यालयबाहिरका गोप्य क्रान्तिकारी कार्यक्रममा उनले भाग लिन थालेका थिए र तीमध्ये एन.ई. फेडोसेभले चलाएको एउटा क्रान्तिकारी समूहमा उनी सामेल थिए ।

    विश्वविद्यालय बन्द भएपछि सहरको प्रहरीले कजान विश्वविद्यालयका छात्रलाई पक्राउ गर्ने क्रममा भ्लादिमिर (लेनिन) पनि परे र उनकी आमाले अनुरोध गरेपछि प्रहरीले उनको परिवारलाई आफ्नो घर कोकुसिन्को जाने अनुमति दियो । विश्वविद्यालयबाट ३९ जना विद्यार्थीलाई निस्कासित गरिएको थियो र त्यमसा भलादिमिर (लेनिन) पनि परे ।
    लेनिनकी आमा छोराको क्रियाकलापबाट खुसी थिइनन् तर उनी लेनिनलाई उनको बाटोबाट रोक्न सक्ने अवस्थामा पनि थिइनन् । उनी आफ्नो छोराले विश्वविद्यालयको डिग्री प्राप्त गरोस् भन्ने चाहन्थिन् तर कजानबाट निष्काशित भई घर फर्केपछि पनि लेनिनले आपना क्रान्तिकारी कार्य गर्दै गए । विश्वविद्यालयको पढाइको बाध्यताबाट मुक्त भएपछि उनले आफ्ना दाजुले जम्मा गरेका किताब पढ्न थाले । तीमध्ये माक्र्सको “दास क्यापपिटल” (“पुँजी”) पनि एउटा थियो । लेनिन अब आफ्नो जन्मस्थल सिम्बस्र्क र राजकीय कजान विश्वविद्यालयमा रहदाभन्दा माथि उठी स्वअध्ययनमा लागे र सैद्धान्तिक र बौद्धिक जग गहिरो बनाउनुपर्छ भन्ने निष्कर्षमा पुगे ।

    त्यस क्रममा उनले डेभिड रिकार्डाे, चाल्र्स डार्बिन, हेनरी वकल, कार्ल माक्र्स र एङ्गेल्समा रचना पढ्न थाले । भ्लादिमिरले माक्र्सवादी नेता एन.ई. फेडोसोभसँगको सम्पर्क कायम नै राखे । रोमानोभ वंशको शासनबाट मुक्ति पाउनका लागि रसियन क्रान्तिकारीले गरेका प्रयासबाट आकर्षित हुँदै गए । लेनिनको त्यस बेलाका आदर्श नायकहरूमध्ये स्टेपन, खल्तुरिन र इप्पोलिट मिस्किन थिए । त्यसैगरी, उनी फ्रान्सेली उपन्यासकार इमेली जोलाबाट पनि प्रभावित भए । उनका क्रान्तिकारी विचारहरू पूर्ण रूपमा विकसित भइसकेका थिएनन् तर जार अर्थात् रोमानोभ वंशको समाप्तिका लागि चाहिने क्रान्तिकाारी प्रतिबद्धता उनमा दृढ भइसकेको थियो ।

    कजानबाट आफ्नो घर समारा फर्केपछि उनकी आमाले भ्लादिमिरलाई आफ्नो फार्मको व्यवस्थापनको जिम्मेवारी दिइन् तर भ्लादिमिर त्यसमा रुचि राख्दैनथे । एउटा किसानको रूपमा आफ्नी आमाको कुरा मान्नुपर्ने थियो तर उनी फार्मको व्यवस्थापकभन्दा एउटा शिक्षक जस्तो व्यवहार गरी स्कुले विद्यार्थीलाई क्रान्तिकारी विचारबाट जगाउने काम गर्थे । उनलाई कृषिका बारेमा कुनै खास जानकारी पनि थिएन र समारामा बस्दा उनले त्यहाँका किसानबाट खास केही सिक्ने प्रयास गरेको पाइँदैन । उनी बिच बिचमा लामो दुरीको यात्रामा जान्थे र बढीभन्दा बढी किताबमै घोतलिरहन्थे । वास्तवमा उनी आफ्ना बाबुले जस्तै आफूलाई आफै प्रशिक्षित गर्दै थिए । यसै क्रममा उनले कम्युनिष्ट घोषणापत्रलाई रसियन भाषमा अनुवाद पनि गरे र कामचलाउ अङ्ग्रेजी पनि सिके । त्यति बेला उनी १९ वर्षका थिए र उनमा जो क्रान्तिकारी परिवर्तन आयो, त्यो किसानसँगको घुलमिल र उनीहरूसितको आन्दोलनबाट नभई किताबी अध्ययनबाट आएको थियो ।

    अध्ययनको क्रममा रुसी लेखक एन्टोन चेखोभको कथा “वार्ड नं. १६” बाट पनि धेरै प्रेरणा पाए । उनी अब भावनात्मक कुराबाट माथि उठी आर्थिक विकासका फलामे नियमको अध्ययनमा लागे । यसै क्रममा उनले माम्र्सवादी किताबहरू, खास गरी “दर्शनको दरिद्रता”, “इङ्गल्यान्डमा कामदार वर्गको अवस्था” र प्लेखानोभद्वारा लिखित “हाम्रा विमति” को अध्ययन गरे ।

    कजान विश्वविद्यालयबाट निष्काशित भएपछि उनी विदेशमा गई उच्च अध्ययन गर्न चाहन्थे तर उनलाई सरकारी अधिकारीले त्यसको अनुमति दिएनन् । यति बेलासम्म उनकी आमालाई पनि अब भ्लादिभिर एउटा किसानको रूपमा उनको फार्मको देखभाल गर्न सक्दैन भन्ने पक्का भइसकेको थियो ।

    अब उनले स्थानीय पुस्तकालयमा गई अध्ययन गर्न थाले र यस क्रममा उनले अलेक्सी एकलरेन्कोसँग सम्पर्क स्थापित गरे । त्यसबाट उनले एउटा क्रान्तिकारी सर्कल तयार गरी क्रान्तिको बारेमा छलफल गर्थे । अझै पनि उनी स्थानीय किसान र औद्योगिक कामदारसँग घुलमिल गर्नुभन्दा पनि आफूलाई एउटा सिद्धान्तकारको रूपमा विकसित गर्ने काममा लागिपरे । यति बेलासम्म वर्गसङ्घर्षबिना क्रान्ति सम्पन्न हुन्न भन्ने निचोडमा उनी पुगेका थिए ।

    उनले अध्ययनको क्रममा रुसी लेखक एन्टोन चेखोभको कथा “वार्ड नं. १६” बाट पनि धेरै प्रेरणा पाए । उनी अब भावनात्मक कुराबाट माथि उठी आर्थिक विकासका फलामे नियमको अध्ययनमा लागे । यसै क्रममा उनले माम्र्सवादी किताबहरू, खास गरी “दर्शनको दरिद्रता”, “इङ्गल्यान्डमा कामदार वर्गको अवस्था” र प्लेखानोभद्वारा लिखित “हाम्रा विमति” को अध्ययन गरे । उनका लागि कुनै भावनात्मक कुरा अथवा नैतिकता कुराले भन्दा पनि जे कुराले साम्यवादी व्यवस्था स्थापना हुन्छ, त्यही काम गर्नुपर्छ भन्ने धारणा बन्यो । उनका विचारबाट त्यति बेला माक्र्सवादी अगुवा अर्थात् अलेक्सी स्क्लरेन्को र आइज्याक लेलियन्टस जस्ता व्यक्ति पनि चकित परेका थिए ।

    यसै क्रममा उनले विश्वविद्यालय पढ्न पाऊँ भनी फेरि अनुरोध गरे र एउटा बाहिरी (निजी) विद्यार्थीको रूपमा सेन्ट पिटर्सवर्ग विश्वविद्यालयमा कानुन विषय लिई भर्ना हुन अनुमति दिनका लागि एउटा चिठी नै तयार पारे । त्यसका लागि उनकी आमाले आवश्यक आर्थिक सहयोग गर्ने वचन दिइसकेकी थिइन् । आखिरमा सरकारी अधिकारीबाट यस सम्बन्धमा अनुमति पाएपछि उनले रजिस्ट्रेसनको काम अगाडि बढाए ।

    सन् १८९१ मार्चमा उनले पहिलो चरणको परीक्षामा जानका लागि तयारी गरे । पछि उनले सबै परीक्षामा राम्रो गरे र सबै विषयमा सम्भव हुन सक्ने जति सर्वाेच्च अङ्क प्राप्त गरे । पछि कानुनको अध्ययन पूरा गरी डिग्री प्राप्त गरी पछि सन् १८९२ मा उनले आफ्नै गृहनगर समारामा बेरिस्टरमा कार्यालय खोली वकालत गर्न थाले तर उनको उद्देश्य पैसा कमाउनुभन्दा पनि क्रान्तिकारी कार्यमा सघाउ पुर्‍याउनु नै थियो ।

    त्यति बेला उनको गृहनगर समारा र वरपरका क्षेत्रमा ठुलो भोकमरी र अनिकाल पर्‍यो र उनले त्यो अवसरलाई किसानप्रति सहानुभूति देखाउनेभन्दा पनि जार शासनको अन्यायपूर्ण नीतिको कारणले गर्दा त्यो अवस्था उत्पन्न भएको भन्ने कुरा किसानमा आओस् भन्ने चाहन्थे र कतिपयले त उनलाई त्यतिबेला अत्यन्तै कठोर स्वभावको मान्छे पनि भने तर भ्लादिमिरलाई भने यस्तो विपत्ति अवश्यम्भावी थियो भन्ने लागेको थियो र उनी किसानप्रति सहानुभूति देखाउनेभन्दा उनीहरूलाई जागरुक बनाउन चाहन्थे ।

    समारामा फेरि उनले आफूलाई क्रान्तिकारीको समूहमा आबद्ध गराए । त्यति बेला उनको गृहनगर समारा र वरपरका क्षेत्रमा ठुलो भोकमरी र अनिकाल पर्‍यो र उनले त्यो अवसरलाई किसानप्रति सहानुभूति देखाउनेभन्दा पनि जार शासनको अन्यायपूर्ण नीतिको कारणले गर्दा त्यो अवस्था उत्पन्न भएको भन्ने कुरा किसानमा आओस् भन्ने चाहन्थे र कतिपयले त उनलाई त्यतिबेला अत्यन्तै कठोर स्वभावको मान्छे पनि भने तर भ्लादिमिरलाई भने यस्तो विपत्ति अवश्यम्भावी थियो भन्ने लागेको थियो र उनी किसानप्रति सहानुभूति देखाउनेभन्दा उनीहरूलाई जागरुक बनाउन चाहन्थे । बेरिस्टरको रूपमा उनले सालभरमा केवल १४ ओटा मुद्दा हेरे । उनको मुख्य समय माक्र्सवादी समूहका साथीहरू निकोलाई फेडोसेभ जस्ता व्यक्तिसितका बहसमा बढी बित्दथ्यो । कसरी रुसलाई जार शासनबाट मुक्त गराउन सकिन्छ भन्ने कुरा नै उनको मुख्य चिन्ताको विषय थियो ।

    त्यति बेला समारामा हुने माक्र्सवादी अर्थात् क्रान्तिसम्बन्धी छलफलमा कतिपय विषयमा भलादिमिरका विचार अरूसँग मिल्दैनथे । खासगरी रसियन कृषिक्रान्ति र किसानको दायित्वको सम्बन्धमा रोमानोभ वंशको अन्त्यपछि किसानसँग कस्तो व्यवहार गरी अघि बढ्ने सम्बन्धमा वादविवाद हँदा भ्लादिमिरभन्दा उमेरमा पाका पिटर मासलोभ जस्ता माक्र्सवादीले भ्लादिमिरले रुसको आर्थिक र सामाजिक बनोटको बारेमा राम्रो ज्ञान नराखेको भनी आरोप लगाउथे तर भ्लादिमिरले आफ्ना कुरा दह्रोसँग राखी आफ्ना पखेटा फैलाउन छाडेनन् । उनकी आमाले पनि भ्लादिमिरमाथि नियन्त्रण कमजोर भइसकेको थियो । अब भ्लादिमिर सेन्ट पिटर्सबर्गको बौद्धिक सर्कलमा आफूलाई स्थापित गर्ने निष्कर्षमा पुगे ।

    सेन्ट पिटर्सबर्गमा पुगेपछि लेनिन एउटा कोठा भाडामा लिई बस्न थाले । त्यहाँ उनलाई सबभन्दा बढी आकर्षित गर्ने कुरा भनेको माक्र्सवादी लेखकका विभिन्न समूह थिए, न कि हजारौँका सङ्ख्यामा रहेका कामदार उनी त्यहाँको पब्लिक लाइब्रेरीमा गई माक्र्सवादसम्बन्धी किताब घण्टौँ पढिरहन्थे र पछि उनले आफै पनि लेख्न सुरु गरे । उनको पहिलो रचना थियो : “रसियन किसानको जीवनमा नयाँ आर्थिक प्रवृतिहरू” । उनले आफूलाई सेन्ट पिटर्सबर्गका बेरिस्टर मिखाइल भोल्केन्सटिनको कार्यालयमा सहायक बेरिस्टरको रूपमा रजिस्टर्ड त गराए तर उनको मुख्य पेसा त्यो थिएन । उनी त क्रान्तिका लागि आवश्यक सैद्धान्तिक ज्ञानको खोजीमा थिए र आफ्नो खर्च चलाउन पनि आफ्नी आमालाई चिठी लेखी पैसा पठाइदिन भन्थे । सेन्ट पिटर्सबर्गमा माक्र्ससम्बन्धी कुनै किताब नभेटिए उनी आफ्ना भाइलाई चिठी लेखी मस्कोबाट पठाइदिन भन्थे । सेन्ट पिटर्सबर्गमा उनले माक्र्सवादसम्बन्धी गोप्य रूपमा छापिएका गैरकानुनी मानिएका किताब पनि पढ्न पाए ।

    उनी त्यस्ता बहसैबहसको आलोचना गर्थे, जसमा व्यावहारिक राजनैतिक प्रतिबद्धता हुँदैनथ्यो अथवा जार शासनलाई ढाल्ने सम्बन्धमा ठोस कुरा आउँदैनथ्यो । त्यसैले त्यस्ता बहसमा अन्य माक्र्सवादीले आफ्ना साथीहरूलाई लेनिनसँग सावधान हुनू भनी भन्थे ।

    एकातिर, उनी सेन्ट पिटर्सबर्गमा गएपछि युवा माक्र्सवादी लेखक अर्थात् अलेन्जेन्डर हर्जन, मिखाइल बाकुनिन जस्ता व्यक्तिसँग भेटेर खुसी थिए भने अर्काेतिर त्यहाँ भएका माक्र्सवादी लेखकबिचको द्वन्द्व र विवाद देख्दा उनी चकित पनि हुन्थे तैपनि पुस्किन, दोस्तोयभस्की र टल्सटायपछिको समयका नयाँ नयाँ लेखक उदाएको देख्दा उनी खुसी थिए । छिटै नै उनले आफूलाई सशक्त माक्र्सवादी चिन्तक र क्रान्तिकारीको रूपमा आफूलाई स्थापित गरे । लेखकका बिचमा हुने छलफल र बहसमा उनी सक्रिय भई भाग लिन्थे । छिटै नै उनी अन्य लेखक र क्रान्तिकारीको बिचमा अविस्मरणीय व्यक्ति हुन पुगे ।

    उनी त्यस्ता बहसैबहसको आलोचना गर्थे, जसमा व्यावहारिक राजनैतिक प्रतिबद्धता हुँदैनथ्यो अथवा जार शासनलाई ढाल्ने सम्बन्धमा ठोस कुरा आउँदैनथ्यो । त्यसैले त्यस्ता बहसमा अन्य माक्र्सवादीले आफ्ना साथीहरूलाई लेनिनसँग सावधान हुनू भनी भन्थे । यसबाट पनि यो कुरा थाह हुन्छ कि क्रान्तिको बाटोमा लेनिन कति अगाडि बढिसकेका थिए । यी सबै घटनाले नै भ्लादिमिर (लेनिन) लाई पछि गएर महान् माक्र्सवादी चिन्तक, दार्शनिक, लेखक र योद्धा बनाउनमा मदत पुर्‍याएका थिए ।

    शनिबार, चैत ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.