रामप्रसाद पौडेल, हैदराबाद ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले १७ वटा एरियाहरुको संयुक्त सम्मेलन गरेको छ ।
मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत हैदराबादका तिनओटा नगर समिति भित्रका १७ वटा एरिया समितिहरुको संयुक्त घोषणा सभा कार्यक्रम गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि एकता समाजका केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले सम्बोधन गर्दै मूल प्रवाहको इतिहासलाई संयुक्त सम्मेलनले निरन्तरता दिदै जिम्मेवारी पूरा गर्नुपर्ने भन्दै शुभकामना दिनुभएको थियो ।
उहाँले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बैचारिक धरातलमा खडा भएको संगठन भएको हुनाले विभिन्न समयमा संगठन भित्र देखीएका भ्रमजाल र संगठन बिरोधि हर्कतहरु गरेर प्रवाससी हरुलाई अलमलमा पर्ने गरेको बताउनु भयो । नेता पौडेलले यस्तो परिस्थितिमा कुनै प्रकारको भ्रममा नपरी आफ्नो गौरबमय इतिहासलाई कायम राख्न सफल हुनुमा हैदराबाद स्थित सचेत कार्यकर्ताहरुको महत्वपूर्ण भुमिका रहेकोे छ भन्नुभयो ।
हैदराबादको संगठनात्मक अवस्थाले देशको राजनीतीलाई समेत प्रभाव पार्न सक्ने राजनैतिक, बैचारिक धरातल रहेको पनि उहाँले ठोकुवा गर्नुभयो। ‘जब जब संगठन माथि अप्ठ्यारो र चुनौती सृजना हुन थाल्छ तब तब हैदरबादका जनता र कार्यकर्ताहरु जुरुक्क उठि एकजुट भै कठिन परिस्थितीलाई सामना गर्दै अघि बढ्दै आइरहेको छ।’ संगठनात्मक अनुशासनमा बस्न नसक्नेले अरुलाई उपदेश दिन खोज्नु आफै हास्यास्पद कुरा भएको भन्दै संगठनलाई बिगार्न र भत्काउन दुस्साहस गर्नेहरूलाई कटाक्ष गर्नुभयो। ‘ देशमा लामो समय सम्मको आन्दोलन र बलिदानले प्राप्त गरेको गणतन्त्रलाई ध्वस्त पार्न प्रतिगामी शक्तिहरु लाग्नु स्वभाबिकै हो,जसलाई साम्राज्यवादि शक्तिहरुले नयाँ आयाम मार्फत कोसिस गरिरहेको छ ।
रास्वपा जस्ता पार्टिहरु लागेको सन्दर्भमा आफुलाइ क्रान्तिकारी भनिने हरुले नै गणतन्त्रको ध्वस्त पार्ने अभियान चलाउनु निकै चिन्ताजनक विषय रहेको , जसले देशमा स्थापित भएको गणतन्त्र ,धर्मनिरपेक्षता जस्ता उपलब्धि हरुलाइ खतम पारी प्रतिगामीलाई सेबा पुर्याउनु नै हो’ । उहाँले भन्नुभयो ।
त्यस्तै,मूल प्रवाहका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले सम्बोधन गर्दै प्रवासमा रहेका सम्पुर्ण शोशित पिडित नेपालीहरुका बिचमा आइपर्ने समस्याहरूको समाधान मूल प्रवाहले गर्दै आएको बताउनु भयो । उहाँ मूल प्रवाहले अविभावकत्व हासिल गरेको गौरबमय इतिहासलाई कायम राख्दै अझ उच्च प्रकारले संगठन निमार्ण गर्न अघि बढ्नुपर्ने भन्दै शुभकामना दिनुभयो।
मूल प्रवाहका केन्द्रीय सदस्यहरु भिम बहादुर थापा, फुलबिना पौडेल ,,कृष्ण बहादुर थापा, केन्द्रीय प्रतिनिधि केरतन सिंह, एकता समाज मध्य दक्षिण क्षेत्रीय सदस्य तथा महिला क्षेत्रीय बिभागकी संयोजक पुष्पा पौडेल लगायतका बक्ताहरुले शुभकामना तथा बधाई दिनुभएको थियो ।
कार्यक्रममा क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्मा, सदस्य कुल बहादुर रेश्मी ,रक्तिम क्षेत्रीय बिभागकी संयोजक कृष्ण कुमारी बिक, मध्य नगर समितिका कोषाध्यक्ष राजु दुलाल, उत्तर नगर समितिका अध्यक्ष मोहनलाल शर्मा , दक्षिण नगर समितिका अध्यक्ष वीर बहादुर बिक, विद्यार्थी क्षेत्रीय बिभागका अध्यक्ष बिक्रम केसीको आतिथ्यता रहेको थियो ।
जिवनाथ शर्माको अध्यक्षता, तिलक रानाको सञ्चालन तथा भरत परियारको स्वागत मन्तब्यबाट अघिबढेको कार्यक्रममा रक्तिम सास्कृतिक क्षेत्रीय बिभागका कलाकारहरुले गित संगीतबाट स्वागत गर्नुभएको थियो ।
१७ वटा एरिया समितिको प्यानल क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्मा ले प्रस्तुत गर्नुभएको थियो। १७ वटै एरिया समितिहरुका बन्द शत्र अलग अलग मितिमा आ–आफ्नै एरियाभित्र सम्पन्न भएका थिय।
कार्यक्रमको अन्त्यमा रक्तिमका क्षेत्रीय कलाकारद्वारा बेजोड सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
नवनिर्वाचि समिति यसप्रकार रहेको छ
मध्य हैदराबाद नगर समिति अन्तरगत पर्ने सिकन्द्रबाद बी एरिया समितिको अध्यक्षमा धन बहादुर शाही, उपाध्यक्ष गुमा राना, सचिव, विकास परियार, सहसचिव ईस्वरा पौडेल र कोषाध्यक्षमा सम्झना दुलाल चयनहुनु भएको छ ।
सदस्यहरुमा लिला शाही, दिनामणि पौडेल, कमल कुमाल, भानु बिसी, अनिल परियार, सोनु बिक, सान्ता बिक, हिमाल कुमाल र बैकल्पिक सदस्यहरुमा जग प्रसाद बिक, विनोद बिक, नवराज बिक रहनुभएको छ । सल्लाहकारमा युवराज भण्डारी, लक्ष्मण नेपाली, गोरख बिक, विष्णु कार्की रहनु भएको छ ।
मध्य हैदराबाद नगर समिति अन्तरगत पर्ने बंजाराहिल्स एरिया समितिको अध्यक्षमा कृष्ण बहादुर नेपाली, उपाध्यक्ष मधु क्षेत्री, सचिव उमेश दुलाल, सहसचिव सोभित कुमाल र कोषाधक्षमा बिक्रम सुनाम रहनुभएको छ ।
सदस्यहरुमा याम बहादुर थापा, टेक बहादुर पुन, राजु कुमाल, हर्क बहादुर परियार, बैकल्पिक सदस्यहरुमा लंक जिएम, दिपक थापा, तिलक पाण्डे हुनुहुन्छ । सल्लाहकारमा राज कुमार परियार, भिम परियार र कमल भण्डारी रहनु भएको छ ।
मध्य हैदराबाद नगर समिति अन्तरगत पर्ने सैनिकपुरी एरिया समितिको अध्यक्षमा कृष्ण कुमारी बिक, उपाध्यक्ष प्रेम बुचा, सचिव खुमबहादुर दुलाल, सहसचिव राज कुमार रमतेल र कोषाध्यक्षमा प्रेम बिक चयन हुनुभएको छ ।
सदस्यहरुमा रन बहादुर आले, दान बहादुर गुरुङ, पार्वती गुरुङ, हेमा थापा, ईन्द्रा दुलाल, दिलु दुल्लाल तथा बैकल्पिक सदस्यहरुमा पवित्र अछमी, रूपा बुचा, चन्द्र बहादुर थापा रहनुभएको छ । सल्लाहाकारमा माँया थापा, श्रीबहादुर दुलाल र हाललाई एक स्थान रिक्त राखिएको छ ।
मध्य हैदराबाद नगर समिति अन्तरगत पर्ने सिकन्द्रबाद ए एरिया समितिको अध्यक्ष सबिता पौडेल, उपाध्यक्ष संगीता केसी, सचिव अशोक बस्याल, सहसचिव देवेन्द्र केसी र कोषाध्यक्षमा नवराज पौडेल रहनुभएको छ ।
सदस्यहरुमा लिलसेन ठकुरी, राजु कडायत, विजय क्षेत्री, राज गैरे, बैकल्पिक सदस्यहरु भिम बहादुर नेपाली, सपना क्षेत्री, श्रीजना गैरे तथा सल्लाहकारमा मनिका नेपाली, सुदन नेपाली हुनुहुन्छ भने एक स्थान रिक्त रहेको छ ।
मध्य हैदराबाद नगर समिति अन्तरगत पर्ने नाचाराम एरिया समितको अध्यक्षमा थान बहादुर क्षेत्री उपाध्यक्ष शान्ति क्षेत्री, सचिव कुलबहादुर रेश्मी, सहसचिव प्रकाश राना र कोषाध्यक्षमा तुलसी क्षेत्री चयन हुनुभएको छ ।
सदस्यहरुमा पुरन पल्ली, याम बहादुर केसी, सिता सुनार, खगेन्द्र शर्मा, गन बहादुर, अस्मिता बिक, बैकल्पिक सदस्यहरु प्रेम थापा, राज कुमार, शेर बहादुर खत्री र सल्लाहकारमा शेर बहादुर राना, प्रीतम पुन रहनुभएको छ भने एक रिक्त स्थान रहेको छ ।
मध्य हैदराबाद नगर समिति अन्तरगत पर्ने कुसाईगुडा एरिया समितिमा राम बहादुर आले अध्यक्षता, उपाध्यक्ष श्रीजना खत्री, सचिव – सोमराज आले, सहसचिव चित्र बहादुर केसी र कोषाध्यक्षमा देवी दुलाल हुनुहुन्छ ।
सदस्यहरुमा हिरा पौडेल, मिना गुरुङ, हिरा खत्री, शेर बहादुर श्रीस, मनीषा बिक, मित्र खत्री, बैकल्पिक सदस्यहरु राम बहादुर राना, सबिना बैलकोटी, दामोदर तिवारी रहनुभएको छ । सल्लाहकार बालाकृष्ण शर्मा, तुल बहादुर थापा र सरिता क्षेत्री रहनु भएको छ ।
उत्तर हैदराबाद नगर समिति अन्तरगत पर्ने सदासिवपेट एरियाको अध्यक्षमा दान बहादुर विष्ट, उपाध्यक्ष सुभास गुरुङ, सचिव प्रेम विष्ट, सहसचिव भूमिका गुरुङ र कोषाध्यक्षमा मानमती ऐरी रहनुभएको छ । सदस्यहरुमा नवराज महरा, राम सिंह गुरुङ, मदन सिंह महरा, खड्क बहादुर गुरुङ, तुलसी गुरुङ, उदीमा गुरुङ रहनु भएको छ ।
उत्तर हैदराबाद नगर समिति अन्तरगत पर्ने पठानचेरु एरिया समितिको अध्यक्षमा भरत परियार, सचिव रबर सिंह नेपाली, कोषाध्यक्ष – लोक बहादुर गुरुङ (ठाकुर) तथा सदस्यहरुमा बिक्रम केसी, मंजु पौडेल, होम बहादुर नेपाली, रामनाथ आचार्य, बैकल्पिक सदस्यहरु चन्द्र बहादुर नेपाली र केसर नेपाली रहनु भएको छ ।
उत्तर हैदराबाद नगर समिति अन्तरगत पर्ने मेडचल एरिया समितिको अध्यक्षमा कृष्ण बहादुर साउद, उपाध्यक्ष इन्द्रा चौधारी, सचिव करन बहादुर कुमाल, सहसचिव नर बहादुर झाक्री र कोषाध्यक्षमा धर्मेन्द्र कठरीया रहनुभएको छ ।
सदस्यहरुमा शंकर शर्मा, गोपी परियार, कमल सुब्बा, धनिराम चौधारी, पुनाराम काठरीया, शान्ता साउद, केशर बहादुर वास्ताकोटी र एक रिक्त स्थान रहेको छ ।
उत्तर हैदराबाद नगर समिति अन्तरगत पर्ने हैदरनगर एरियाको अध्यक्ष जीवननाथ शर्मा, उपाध्यक्ष राम शर्मा, सचिव जमुना थापा, सहसचिव लाल बहादुर बिक तथा कोषाध्यक्षमा लाल बहादुर क्षेत्री चयन हुनुभएको छ ।
सदस्यहरुमा भावीलाल थापा, कमला दास, माँया भुजेल, लक्ष्मी केसी, मिना बिक, अम्बिका अधिकारी, बैकल्पिक सदस्यहरु यसोधा न्यौपाने, लिला थापा, राम चन्द्र आचार्य र सल्लाहकार रन बहादुर थापा, शर्मिला थापा, खैसरा थापा रहनु भएको छ ।
उत्तर हैदराबाद नगर समिति अन्तरगत पर्ने जुब्लिहिल्स एरिया समितिको अध्यक्षमा मिन लामिछाने मगर, उपाध्यक्षमा चन्द्र बहादुर परियार, सचिव रमेश क्षेत्री, सहसचिव उमान थापा र कोषाध्यक्षमा याम बहादुर थापा रहनुभएको छ ।
सदस्यहरुमा लील बहादुर थापा, ओमन परियार, राम प्रसाद अधिकारी, यम बहादुर लामिछाने मगर, चन्द्र बहादुर बिक, टेक बहादुर थापा, कुमार थापा, सिला परियार, नवराज बराल, दिल बहादुर विष्ट, बैकल्पिक सदस्यहरु चन्द्रकला थापा, यान बहादुर थापा, नारायण रोका, प्रेम कुमाल, सल्लाहकार सदस्यहरु शान्ति क्षेत्री, लाल बहादुर परियार, टेक नारायाण पौडेल र जमुना क्षेत्री रहनु भएको छ ।
उत्तर हैदराबाद नगर समिति अन्तरगत पर्ने सापुरनगर एरियाको अध्यक्षमा नरेन्द्र शर्मा, उपाध्यक्ष प्रताप शर्मा, सचिव लाल बहादुर थापा, सहसचिव सिता थापा र कोषाध्यक्षमा बिजुला शर्मा हुनुहुन्छ ।
सदस्यहरु धन बहादुर थापा, कमला शर्मा, चित्रबहादुर थापा, लक्ष्मी थापा, कमल थापा, देवी थापा, दिनेश पौडेल, बिकास गुरुङ, बैकल्पिक सदस्यहरु जमुना शर्मा, मन बहादुर थापा, हरी प्रसाद गौतम, राधा जिसी तथा सल्लाहकारमा पुनाराम नेपाली, अमृता नेपाली, लाल सिंह थापा र तेजेन्द्र बहादुर केसी रहनु भएको छ ।
दक्षिण हैदराबाद नगर समिति अन्तरगत पर्ने लेनिन नगर एरिया समितिको अध्यक्षमा पुर्ण बहादुर केसी, उपाध्यक्ष तुलसी प्रसाद आचार्य, सचिव दिल प्रसाद शर्मा तथा कोषाध्यक्षमा राम प्रसाद शर्मा रहनुभएको छ । सदस्यहरुमा तेजेन्द्र बहादुर क्षेत्री, भिम बहादुर थापा र देवेन्द्र सिंह गुरुङ रहनु भएको छ ।
दक्षिण हैदराबाद नगर समिति अन्तरगत पर्ने आटोनगर एरियाको अध्यक्ष भूपाल ठाडा राना मगर, उपाध्यक्ष यमलाल बिक, सचिव नुम लाल राहु मगर, सहसचिव झम बहादुर बिक र कोषाध्यक्षमा हरी प्रसाद बिक चयन हुनुभएको छ ।
सदस्यहरुमा ठाकुर प्रसाद पंथ, श्याम लाल घर्ती मगर, कमल पाण्डे, गंगा चपाई, छबीलाल चपाई, गिर बहादुर कार्की, बैकल्पिक सदस्यहरु गंगा पंथ, राजु चपाई, तेजेन्द्र थापा, सल्लाहकार सिता थापा, नर बहादुर खनाल, लोक बहादुर विष्ट रहनु भएको छ ।
दक्षिण हैदराबाद नगर समिति अन्तरगत पर्ने काटेदान एरिया समितिको अध्यक्षमा जित बहादुर थापा, उपाध्यक्ष चन्द्र बहादुर शाही, सचिव अनिल थापा, सहसचिव हरी नारायाण शर्मा, कोषाध्यक्ष चोक बहादुर थापा, सदस्यहरु प्रेम बहादुर थापा, नर बहादुर नेपाली, चन्द्र बहादुर नेपाली, पदम भण्डारी, बैकल्पिक सदस्यहरु हरी प्रसाद शर्मा र बीर बहादुर बिक रहनु भएको छ ।
समाज दक्षिण हैदराबाद नगर समिति अन्तरगत पर्ने सादनगर एरिया समितिको अध्यक्षमा छबीलाल पुन, सचिव खेम बहादुर थापा, कोषाध्यक्ष छबीलाल थापा तथा सदस्यहरु गंगा बहादुर थापा, राजेन्द्र आचार्य, र दल बहादुर थापा एक रिक्त स्थान रहेको छ ।
दक्षिण हैदराबाद नगर समिति अन्तरगत पर्ने सम्साबाद एरिया समितिको अध्यक्षमा पुनाराम घर्ती मगर, उपाध्यक्ष रुद्र बिक, सचिव छबीलाल घर्ती मगर, सहसचिव हिरामान राहु मगर र कोषाध्यक्ष बोम बहादुर राहु मगर चयन हुनुभएको छ ।
सदस्यहरु मोतीराम राहु मगर, लीलाराम घर्ती मगर, गंगाराम पुन मगर, सरद घर्ती मगर, गणेश राहु मगर, रोम बहादुर राहु मगर, हिरालाल परियार, नुमालाल पुन मगर बैकल्पिक सदस्यहरु सज्जन राहु मगर, तारा राहु मगर, सुनील घर्ती मगर हुनुहुन्छ । सल्लाहकारमा झग बहादुर बुढा मगर, चन्द्र पुन मगर र दिपक सुनार रहनु भएको छ ।
