• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

पेरिस कम्युनको बारेमा (१)


  •   आइतबार, फागुन २८, २०७९ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##
    १८ मार्च १८७१ का दिन मजदुर वर्ग र निकटवर्ती निम्न वुर्जुवा वर्गका राष्ट्रिय रक्षादलको हातमा सत्ता सुम्पेको थियो । क्रान्तिका योद्धाहरूको स्मृतिमा मे सप्ताहको सिकार बनेका कम्युर्नाडहरूको चिहानमा उभिएर सभा गरिएको थियो । उनीहरूले छाडेर गएका कार्य पूर्णत: कार्यान्वित नभएसम्म समष्टितग रूपमा पेरिसका जनतालाई प्रेरणा दिएको थियो ।

    Advertisement

    १८ मार्चको क्रान्तिपश्चात् थियर महोदयको सरकार आफ्ना सेना, पुलिस र कर्मचारीसहित पेरिसबाट भागेको थियो । जनता स्थितिको मालिक बनेका र सर्वहारा वर्गको हातमा सत्ता आएको थियो । कम्युनलाई सर्वहारा प्रवृत्ति अपरिहार्य थियो । बुर्जुवा वर्गको शासन र पुँजीको प्रभुत्व उन्मूलन गर्नका लागि आधुनिक सामाजिक व्यवस्थाका मूल आधार नष्ट पार्न प्रयत्नशील हुनुपरेको थियो किनभने आधुनिक समयमा पुँजीको दास बनेको सर्वहारा वर्गले आफूलाई पुँजीको फन्दामा बाँधेर राखेको सिक्री नचुँडालेसम्म राजनीतिक प्रभुत्व स्थापना गर्न सक्दैन । त्यसैले कम्युन आन्दोलनका लागि समाजवादी प्रवृत्ति अपरिहार्य थियो ।

    एकथरी आन्दोलनको क्रान्तिकारी समाजवादी र सर्वहारा चरित्र देखेर तर्सिएका थिए भने अर्कोथरीले कम्युनको पराजय अपरिहार्य छ भन्ने बुझ्नासाथ सम्बन्ध–बिच्छेद गरिहाले । फ्रान्सेली सर्वहाराले मात्रै निडरतापूर्वक आफ्नो सरकारको समर्थन गरे । उनीहरूले मजदुर वर्गको मुक्तिका लागि र श्रमजीवी जनताको उज्ज्वल भविष्यका लागि आत्मबलिदान गरे ।

    कम्युनले जर्मनका विरुद्ध फेरि लडाइँ थाल्ने छ र त्यस लडाइँलाई सफतापूर्वक अन्त्यसम्म पुर्‍याउने छ भन्ने आशा राखेका देशभक्तले त्यसमा भाग लिएका थिए । हुन्डीको भुक्तानी र घरभाडा तिर्ने म्याद नथपिएको खण्डमा टाट उल्टने खतरामा परेका निम्न कोटिका पसलेले पनि कम्युनको समर्थन गरेका थिए । राजतन्त्रको पुनस्र्थापना हुन सक्ने डर भएका बुर्जुवा गणतन्त्रवादीले पनि आंशिक समर्थन गरेका थिए । पेरिसका शिल्पकारको नै आन्दोलनमा प्रमुख भूमिका थियो । नेपोलियन तृतीयको अन्तिम १८ वर्षे शासनकालमा इन्टरनेसनलका सदस्यले सकृय रूपमा समाजवादी प्रचार गरेका थिए ।

    केवल मजदुर मात्रै अन्त्यसम्म कम्युनिप्रति वफादार रहे । बुर्जुवा गणतन्त्रवादी र निम्न बुर्जुवाहरू छिटै कम्युनबाट अलग्गिए । एकथरी आन्दोलनको क्रान्तिकारी समाजवादी र सर्वहारा चरित्र देखेर तर्सिएका थिए भने अर्कोथरीले कम्युनको पराजय अपरिहार्य छ भन्ने बुझ्नासाथ सम्बन्ध–बिच्छेद गरिहाले । फ्रान्सेली सर्वहाराले मात्रै निडरतापूर्वक आफ्नो सरकारको समर्थन गरे । उनीहरूले मजदुर वर्गको मुक्तिका लागि र श्रमजीवी जनताको उज्ज्वल भविष्यका लागि आत्मबलिदान गरे ।

    बिस्मार्कले क्रान्तिकारी पेरिसको दमन गर्न जर्मनीद्वारा युद्धबन्दी बनाइएका एक लाख फ्रान्सेली सिपाहीलाई छाडिदिएको थियो । उसले आधा पेरिसको हिस्सा जर्मन सेनाको फलामे घेरामा पार्न सफल भएको थियो । फ्रान्सका कतिपय विशाल सहर मार्सेल, लिओन, सेन्स्टेन, दिजो आदिमा पनि मजदुरले सत्ता आफ्नो हातमा लिएर कम्युनको घोषणा गर्ने र पेरिसलाई सहयोग पुर्‍याउने प्रयास गरेका थिए तर चाँडै नै उनीहरूको सम्पूर्ण प्रयास विफल भएका थिए । पहिलोपटक सर्वहारा विद्रोहको झन्डा उठाउने पेरिस केवल आफ्नै शक्तिमा मात्र निर्भर हुन र अवश्यम्भावी मृत्युको सिकार बन्न विवश भयो ।

    सामाजिक क्रान्तिको विजयका लागि घटीमा दुई शर्त पुरा हुनुपर्दछ : पहिलो– उत्पादक शक्तिको दु्रत विकास र दोस्रो सर्वहारा वर्गको तत्परता । पेरिस कम्युनको त्यो समयमा यी दुवै कुरा थिएनन् । त्यस बेला फ्रान्स मूल रूपमा शिल्पकार, किसान, पसलेहरू आदिको देश थियो । अर्कोतर्फ, मजदुर पार्टीको अस्तित्व थिएन । मजदुर वर्गले आवश्यक तालिम र पर्याप्त शिक्षा प्राप्त गरेका थिएनन् । त्यसैले जनसमुदायको बिचमा आफ्नो लक्ष्य र लक्ष्य पूरा गर्ने तरिकाहरू अझ स्पष्टसँग सही रूपमा बुझिसकेको थिएन† न सर्वहारा वर्गको गतिलो राजनैतिक सङ्गठन, न जनव्यापी व्यावसायिक सङ्गठन थिए, न त सहकारी संस्था नै थिए ।

    कम्युनपछिको आन्दोलनले कम्युनका हातबाट खसेको झन्डा टिप्यो र “सामाजिक क्रान्ति जिन्दावाद !” “कम्युन अमर रहोस् !” भन्ने नारा लगाएर दृढता र साहसका साथ अघि बढ्यो । अझ डेढदुई वर्षपछि नयाँ मजदुर पार्टी र त्यसले चलाएको आन्दोलनले सत्तारूढ वर्ग अझै सरकारको पञ्जाभित्र बाँकी रहेका बन्दी कम्युर्नाडलाई मुक्ति प्रदान गर्न बाध्य भए ।

    कम्युनलाई सबैभन्दा खाँचो परेको कमी समयको थियो । राम्ररी काम गर्न थालनी गर्न नपाएकै अवस्थामा सम्पूर्ण बुर्जुवा वर्गद्वारा समर्थित भेर्साईमा अवस्थित सरकारले पेरिसका विरुद्ध सामरिक कारबाही सुरु गरिहाल्यो । कम्युनले सबैभन्दा पहिले आत्मरक्षाबारे सोच्नुपर्ने भयो । अन्तिम घडी मे २१ देखि २८ सम्म अरू विषयमा गम्भीरतापूर्वक सोचविचार गर्ने समय पाएन । प्रतिकूल अवस्थाको विपरीत पनि कम्युनले आफ्नो अल्पकालीन अस्तित्वको विपरीत जनतालाई स्थायी सेनाको रूप दिन जनताको हातमा हतियार सुम्पियो । चर्चलाई राज्यबाट अलग्यायो । धर्माधिकारीको बजेटको उन्मूलन गर्‍यो । जनशिक्षालाई विशुद्ध नागरिक चरित्र प्रदान गर्‍यो । सामाजिक क्षेत्रमा कम्युनले धेरै काम गर्न नभ्याए पनि आफ्नो उद्देश्य र लक्ष्यअनुसार जनमुखी सरकारको रूपमा आफ्नो चरित्र स्पष्टताका साथ अभिव्यक्त गर्‍यो । पाउरोटी पसलमा राति गर्ने श्रममाथि प्रतिबन्ध लगायो । मालिकले छाडेर गएका र बन्द भएका, बन्द गरेका सबै उद्योगमा उत्पादन मजदुर समितिलाई सुम्पियो । कम्युन प्रशासन र सरकारका सबै पदाधिकारीको पारिश्रमिक मजदुरकै सरह हुने गरी तोकेर प्रजातान्त्रिक सर्वहारावादी सरकारको परिचय दियो ।

    जनावर बनेका सिपाहीले करिब ३० हजार पेरिसवासीको हत्या गरे । गिरफ्तार भएका करिब ४५ हजारमध्ये धेरैले प्राणदण्ड पाए । हजारौँहजार कालापानी र निर्वासनमा पठाइए । पेरिसले पेसाका सर्वोत्तम मजदुर करिब एक लाखको सङ्ख्यामा आफ्नो सुपुत्रलाई गुमायो । कम्युन पराजित भएको झन्डै छ वर्षसम्म पनि कतिपय योद्धाहरू कालापानी र निर्वासनका यातना भोगिरहेका थिए । फ्रान्समा नयाँ मजदुर आन्दोलनको सूत्रपात भयो ।

    कम्युनपछिको आन्दोलनले कम्युनका हातबाट खसेको झन्डा टिप्यो र “सामाजिक क्रान्ति जिन्दावाद !” “कम्युन अमर रहोस् !” भन्ने नारा लगाएर दृढता र साहसका साथ अघि बढ्यो । अझ डेढदुई वर्षपछि नयाँ मजदुर पार्टी र त्यसले चलाएको आन्दोलनले सत्तारूढ वर्ग अझै सरकारको पञ्जाभित्र बाँकी रहेका बन्दी कम्युर्नाडलाई मुक्ति प्रदान गर्न बाध्य भए । केवल फ्रान्सेली मजदुर मात्र होइन, सम्पूर्ण विश्वभरिकै सर्वहाराले कम्युनका योद्धाको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दछन् ।

    कम्युनले कुनै स्थानीय सङ्कीर्ण राष्ट्रिय लक्ष्यका लागि सङ्घर्ष गरेको होइन, सम्पूर्ण उत्पीडित र पददलितका लागि र श्रमजीवी मानवको मुक्तिका लागि सङ्घर्ष गरेको हो । कम्युनको कार्य सामाजिक क्रान्तिको कार्य हो । श्रमजीवी जनताको पूर्ण राजनीतिक तथा आर्थिक मुक्तिको कार्य हो । संसारभरिका सर्वहाराको कार्य हो र यो कार्य अमर छ ।
    पुरानो शासनको विरुद्ध मैदानमा निस्केको सर्वहारा वर्गले आफ्नो सामुन्ने राष्ट्रिय र वर्गीय दुई लक्ष्य राखेको थियो । ती दुई लक्ष्यको समन्वय नै कम्युनको मौलिक विशेषता थियो । पहिलो जर्मनीीको आक्रमणबाट फ्रान्सलाई मुक्त गर्नु र दोस्रो पुँजीवादी व्यवस्थाको स्थानमा समाजवादी व्यवस्थाको स्थापना गरेर मजदुरलाई स्वाधीनता प्रदान गर्नु ।
    बुर्जुवा वर्गले त्यस बेला राष्ट्रिय स्वाधिनताको सङ्घर्ष गर्नुपरेको थियो । वास्तवमा त्यो सरकार राष्ट्रिय “विश्वासघात” को सरकार थियो । त्यसले पेरिसका सर्वहारा वर्ग विरुद्धको सङ्घर्षलाई आफ्नो दायित्व ठानेको थियो तर पनि देशभक्तिको भ्रमले गर्दा दृष्टिविहीन बनेको सर्वहारा वर्गले यो वास्तविकता बुझ्न सकेन । अठारौँ शताब्दीको महान् क्रान्तिमा नै जन्मिसकेको देशभक्तिको विचारले कम्युनका समाजवादीको मस्तिष्कलाई आफ्नो वशमा पारेको थियो ।

    पेरिस कम्युन उन्नाइसौँ शताब्दीको महान सर्वहारा आन्दोलनको एक महान् दृष्टान्त हो । कम्युनले युरोपभरि नै सर्वहारा आन्दोलनको बिगुल फुकेको थियो । गृहयुद्धको शक्ति प्रदर्शन गरेको थियो । देशभक्तिको भ्रम हटाएको थियो र बुर्जुवा वर्ग सम्पूर्ण राष्ट्रको लागि प्रयत्नशील रहन्छ भन्ने लाटो विश्वास चकनाचुर पारेको थियो । कम्युनले युरोपेली सर्वहारा वर्गलाई समाजवादी क्रान्तिका लक्ष्य स्पष्ट रूपमा अघि सार्ने पाठ सिकाएको थियो ।

    ब्लाङ्की जस्तो वरिष्ठ क्रान्तिकारी समाजवादीका कट्टर पक्षपातीले समेत मातृभूमि खतरामा छ भने जस्तो बुर्जुवा क्रन्दन सिवाय अर्को बढी उपयुक्त नारा भेट्याउन सकेनन् । देशभक्ति र समाजवाद जस्ता विरोधाभासपूर्ण लक्ष्यको संयोजन नै फ्रान्सेली समाजवादीको भयङ्कर गल्ती थियो । १८७० को इन्टरनेसनलको घोषणापत्रमा माक्र्सले फ्रान्सेली सर्वहारा वर्गलाई भ्रामक राष्ट्रिय भावनाको अनुरागबाट सतर्क रहन सल्लाह दिनुभएको थियो । राष्ट्रिय अपमानका लागि बुर्जुवा वर्ग उत्तरदायी छ । सर्वहारा वर्गको कार्य बुर्जुवा वर्गको जुवामुनि थिचिएको श्रमलाई समाजवादी व्यवस्थाको स्थापनाद्वारा मुक्त गर्नु हो । बुर्जुवा देशभक्तिको साँचो रूप छिटै उदाङ्गियो । प्रोइसनसँग एउटा कलङ्कपूर्ण शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि भर्साइ सरकार तुरुन्तै आफ्नो प्रमुख कार्यमा संलग्न भइहाल्यो । पेरिसका सर्वहारा वर्गको हातहतियारमाथि जाइलाग्यो ।
    कम्युनको घोषणा र गृहयुद्धद्वारा मजदुरले त्यसको उत्तर दिए । बुर्जुवाले प्रजातान्त्रिक लक्ष्यलाई केवल घोषणा मात्रै गर्छन् तर सर्वहारा वर्गले ऐक्यबद्ध भएर कार्यरूप गर्दछ भन्ने कुराको कम्युनले उत्कृष्ट नमुना प्रदर्शन गर्‍यो । जटिल कानुन पारित नगरिकन व्यवहारमा सामाजिक व्यवस्थाको प्रजातान्त्रीकरण गर्‍यो । नोकरशाही व्यवस्थाको उन्मूलन गर्‍यो । जनताद्वारा कर्मचारीको निर्वाचन गर्ने प्रथा चलायो ।

    दुईओटा गल्ती कमजोरीले गर्दा महान विजयको फल नष्ट गर्‍यो । सर्वहार वर्ग बिच बाटोमा नै थामियो । बैङ्क जस्ता संस्थाको राष्ट्रियकरण गरेन । यो पहिलो त्रुटि थियो । दोस्रो त्रुटि आफ्ना शत्रुलाई पूर्णत नष्ट पार्नुको साटो कम्युनले उनीहरूमाथि नैतिक प्रभाव पार्ने प्रयत्न गर्‍यो । गृहयुद्धमा विशुद्ध सामरिक कार्यको वास्ता गरिएन । भेर्साइमाथि निर्णायक हमला गरेर पेरिसमा प्राप्त विजयलाई टुङ्गाउनुको साटो कम्युनले भेर्साई सरकारलाई दानवीय शक्ति एकीकृत गर्ने र मे महिनामा भएको हत्यारा सप्ताहको लागि तयारी गर्ने मौका दियो ।

    पेरिस कम्युन उन्नाइसौँ शताब्दीको महान सर्वहारा आन्दोलनको एक महान् दृष्टान्त हो । कम्युनले युरोपभरि नै सर्वहारा आन्दोलनको बिगुल फुकेको थियो । गृहयुद्धको शक्ति प्रदर्शन गरेको थियो । देशभक्तिको भ्रम हटाएको थियो र बुर्जुवा वर्ग सम्पूर्ण राष्ट्रको लागि प्रयत्नशील रहन्छ भन्ने लाटो विश्वास चकनाचुर पारेको थियो । कम्युनले युरोपेली सर्वहारा वर्गलाई समाजवादी क्रान्तिका लक्ष्य स्पष्ट रूपमा अघि सार्ने पाठ सिकाएको थियो ।

    माक्र्सका लागि जनसमुदायको ऐतिहासिक तत्परता नै सबैभन्दा ठुलो कुरा हो । लन्डनमा निर्वासित जीवन बिताइरहेका माक्र्सले एक सहभागीकै रूपमा त्यस जनव्यापी सङ्घर्षप्रति आफ्नो सम्पूर्ण जोश र उत्साहसहित प्रतिक्रिया जनाउँदै “स्वर्गमाथि विजय प्राप्त गर्न तत्पर” भन्नुभयो । साथै अविलम्ब भेर्साईमाथि आक्रमण गर्नुपर्दथ्यो भन्ने भनाइ पनि राख्नुभयो । माक्र्सले लेख्नुभयो– “यदि सङ्घर्षले अनुकूल अवसरको अचुक रूप मात्र लिइरहने हो भने विश्व इतिहासको निर्माण गर्न ज्यादै सजिलो पर्ने थियो ।” माक्र्सले पेरिसबासीलाई भेर्साईको बुर्जुवा जमातले विकल्प कि सङ्घर्षको चुनौती स्वीकार गर । कि बिनाशर्त आत्मसमर्पण गर । बिनाशर्त आत्मसमर्पणको स्थितिमा मजदुर वर्गको नैतिक पतन र अगुवाको मृत्युभन्दा धेरै ठुलो दुर्भाग्य हुने थियो । आइमाई र १३ वर्ष पुगेका केटाकेटी कम्युनका लोग्ने मान्छे सँगसँगै एउटै ताँतीमा लडेका थिए । बुर्जुवा वर्गको उन्मूलनको लागि हुने भावी लडाइँमा पनि अन्यथा हुन सक्दैन भन्ने अभिव्यक्ति दिए ।

    अवसरवादीका नीति कार्यक्रम अवसरको उपयोग गर्ने र जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउन सक्ने गरी अगाडि बढ्छन् । यसो ठिक विपरीत क्रान्तिकारीले जनताको राजनैतिक चेतनास्तर उठाएर मजदुर वर्ग र शोषित उत्पीडित गरिब श्रमजीवी वर्गको मुक्तिको पक्षमा काम गर्छन् ।

    मजदुरले क्रान्तिकालमा उनीहरू केवल सामान्य खालको मात्रै नभएर पूर्णत: अर्कै खालको सङ्गठन आवश्यक हुन्छ भन्ने कुरा आफ्नो वर्गीय सहज ज्ञानद्वारा बुझेर उनीहरूले सन् १९०५ को रुसी क्रान्ति र सन् १८७१ को पेरिस कम्युनको अनुभवले देखाएको बाटो समाते । मजदुर प्रतिनिधिको सोभियत निर्माण गरे । सैनिक प्रतिनिधि र स्वभावत: कृषि मजदुर प्रतिनिधिको सहभागिताद्वारा सम्पूर्ण दरिद्र किसानकै प्रतिनिधिको सहभागिताद्वारा यी सोभियतको विकास, विस्तार तथा सुदृढीकरण गर्न थाले । क्रान्तिकारी माक्र्सवादी र अराजकतावादीको अन्तरमाक्र्सवादी केन्द्रीकृत बृहत् साम्यवादी उत्पादनको समर्थन गर्छन् भने अराजकतावादी विखण्डित तथा लघुउत्पादनको समर्थन गर्दछन् । त्यो कुरामा मात्रै होइन, सत्ता, राज्यसमर्थनबारे माक्र्सवादीहरू राज्यका क्रान्तिकारी रूपको क्रान्तिकारी तरिकाले उपयोग गर्न चाहन्छौँ भने अराजकतावादी त्यसको विरोध गर्दछन् ।

    हामीलाई पेरिस कम्युनको पाठलाई र माक्र्स एङ्गेल्सले प्रस्तुत गर्नुभएका पाठको विश्लेषणसहितको राज्य चाहिएको छ । जुन अवसरवादीले काउत्स्कीपन्थीको बिचमा ती विश्लेषण विकृत रूपमा अथवा पूरै बिर्सिसकेको अवस्थामा छन् । अवसरवादीका नीति कार्यक्रम अवसरको उपयोग गर्ने र जनताको पिछडिएको चेतनाबाट फाइदा उठाउन सक्ने गरी अगाडि बढ्छन् । यसो ठिक विपरीत क्रान्तिकारीले जनताको राजनैतिक चेतनास्तर उठाएर मजदुर वर्ग र शोषित उत्पीडित गरिब श्रमजीवी वर्गको मुक्तिको पक्षमा काम गर्छन् । जनतामाथि बलप्रयोग गर्ने काम गैरमाक्र्सवादीको हो भने जनतालाई सचेत, सङ्गठित र अनुशासित बनाउने काम गरेर आफ्नो मुक्ति आफै गर्न सक्ने बनाउन माक्र्सवादी कस्सिएर काम गर्छन् ।

    आइतबार, फागुन २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.