खलङ्गा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा अखिल (छैठौं) ले प्युठानबाट खाता खोलेको छ ।
प्युठानको गौमुखी बहुमुखी क्याम्पस मच्छीमा अखिल (छैठौं) का रजत जिसी (स्ववियु) सभापतिमा विजय हुनुभएको छ ।
२०७९ फागुन २७ गते चयन भएको सो समितिको सदस्यहरूमा अखिल (छैठौं) का दीपककुमार थापा र रविना विक पनि चयन हुनुभएको छ ।
त्यसैगरी जिल्लाको सदरमुकाम खलङ्गाको प्युठान क्याम्पसमा अखिल (छैठौं) का पवन खड्का कोषाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । त्यहाँ अखिल (छैठौं) का सदस्यहरू सावित्रा नेपाली र विन्दु नेपाली पनि निर्विरोध हुनुभएको छ ।
संयुक्त प्यानलवाट अमर क्याम्पस भिङ्ग्रीमा कोषाध्यक्ष पदमा अखिल (छैठौं) का लक्ष्मण पुनको उम्मेदवारी परेको छ भने सदस्यमा मनिसा घर्ती, मनिसा बुढाथोकी र कमला बुढाथोकीको उम्मेदवारी परेको छ ।
झिमरुक क्याम्पस बाग्दुलामा अखिल (छैठौं) को तर्फबाट कोषाध्यक्ष पदमा समीक्षा थापा र सदस्यहरूमा रेखा गिरी र प्रतीक्षा बस्नेतको उम्मेदवारी रहेको छ ।
स्वर्गद्वारी बहुमुखी क्याम्पस बिजुवारमा अखिल (छैठौं) को तर्फबाट कोषाध्यक्ष पदमा निता वुढाथोकी र सदस्यमा दीक्षा जिसीको उम्मेदवारी रहेको अखिल (छैठौं) का महासचिव सुवास जिसीले जनकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा यही चैत ५ गते (स्ववियु) निर्वाचन हुन गैरहेको छ ।

