• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

भारतका विभिन्न स्थानमा मनाइयो ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस


  •   बिहिबार, फागुन २५, २०७९ मा प्रकाशित
  • खिमराज चालिसे (चंडिगढ), राम प्रसाद पौडेल (हैदराबाद), बेल रजाली (जयपुर)।
    ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस प्रवासमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । भारतका विभिन्न स्थानमा मजदुरी गर्न आएका नेपालीहरुले विविध कार्यक्रम गरी दिवस मनाएका छन् ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र मूल प्रवाह अन्तर्गतको महिला विभागले कार्यक्रमको संयोजन गरेका छन् ।

    चंडिगढ
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिद्वारा संचालित महिला नगर विभाग चंडिगढको आयोजनामा ११३ औं श्रमिक महिला दिवसको कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्काले यो संरचनाको आमूल परिवर्तनबिना महिला तथा उत्पीडित श्रमजिवीहरुको अधिकारको रक्षा हुन नसक्ने धारणा राख्नु भएको थियो।

    समारोहमा बोल्ने अन्य वक्ताहरुमा मूल प्रवाहमन केन्द्रीय सदस्य तिलक पौड्याल, केन्द्रीय सदस्य एव नेपाली समाचारका संयोजक खिमराज चालिसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय सल्लाहकार महिला नेतृ जुना चालिसे, परिषद सदस्य थमन थापा, नगर अध्यक्ष मान बहादुर केसी, रक्तिम विभागका बिनु नेपाली हुनुहुन्थ्यो ।

    यस्तै, विद्यार्थी संघका केन्द्रीय सदस्य विष्णु बेलबासे, समता विभागका दुर्गा विक, खेल विभागका पुरन थापा, महिला नगरकी बिष्णु अर्याल, मधु सुवेदी, क्षेत्रीय सदस्य सीमा खड्का, नगर विभागकी जीवा गुरुङ, मन्जु विक, विमला खनाल, तारा ज्ञवाली, जमुना पान्डे, पार्वता एमसी, लक्ष्मी क्षेत्री, माया नेपाली, लगाएतले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो ।

    रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुको जोडदार प्रस्तुती रहेको सो कार्यक्रमको अध्यक्षता माया आचार्य र सञ्चालन जमुना खनालले गर्नु भएको थियो भने कुमारी थापाले स्वागत गर्नु भएको थियो ।

    मध्य दक्षिण भारत
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय महिला विभागको आयोजनामा ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सेकेन्दराबादमा मनाइएको छ ।

    कार्यक्रममा प्रमुख अतिथी वामपन्थी युवानेता आनन्द शर्माले सम्बोधन गर्दै ८ मार्च श्रमिक महिलाहरुको लागि अधिकार प्राप्त गर्न हजारौं लाखौं महिलाहरुले आफ्नो आहुती दिएर स्थापित गरिएको दिन भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘त्यतिबेलाको समाजमा महिलाहरुलाई नागरिकको हैसियत नै नभएको, मौलिक, नैसर्गिक अधिकारबाट बन्चित हुनुपर्ने अवस्था थियो भने अर्कोतर्फ पुरुषले बराबरको काम गराउने तर ज्याला पुरुषहरूलाई भन्दा कम दिने गरिन्थ्यो । त्यस्तो परिस्थितिमा प्रथम अन्तर्राष्ट्रियमा महिला हक अधिकारका लागि आवाज उठाइयो । दोस्रो अन्तर्राष्ट्रियमा शसक्त रुपमा उठाउने काम भयो । जताततै युरोप र अमेरिका का उद्योगहरूमा महिलाहरुले आन्दोलन गरे । क्लराजेट्किनले सोही ८ मार्चलाई अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउनु पर्ने प्रस्ताव राखेपछि सन् १९१० मा सो प्रस्ताव पास गरियो र मनाउँदै आएको हो ।’

    उहाँले अहिलेको अबस्थामा महिलाहरुको स्थितीमा कतिपय सुधार भएको भएपनि आमूल परिवर्तन नभएसम्म समग्र महिला मुक्ति सम्भव छैन भन्नुभो ।जसको लागि नेपालमा अखिल नेपाल महिला संघ र प्रवासमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत महिला विभागले महिलाहरूलाई प्रशिक्षित गर्दै आइरहेको बताउनुभयो ।

    पुँजीवादी राज्य व्यवस्थाले पुँजीवादी बजार बलियो बनाउनको लागि महिलाहरूलाई ‘वस्तु’को रुपमा लिन्छ र सुन्दरी प्रतियोगिता जस्ता महिलाहरुको अस्मितामाथि खलल पुर्याउने कामहरु गर्दै आइरहेको बताउनुभयो । यस्ता समाजमा विकृती फैलाउने कामहरु लाई रोक्नका लागि पनि सम्पूर्ण शोषित पीडित महिलाहरु एकजुट भै आन्दोलनमा लाग्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

    देशमा साम्राज्यवाद र विदेशी प्रतिक्रियावादीहरुका जाल्झेल र षडयन्त्र भित्र देशलाई प्रतिगमनतिर धकेल्न प्रयासहरु हुँदै आइरहेका छन् भन्दै राष्ट्रिय जनमोर्चाले मात्रै खबरदारी गर्दै र जनतालाई सचेत बनाउँदै आइरहेको बताउनुभयो ।

    कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले महिलाहरु आफ्नो हक अधिकार को लागि आफैं जुरमुराएर जुरुक्क उठ्नुपर्ने र अनुशाशित रुपमा निरन्तर लाग्नुपर्ने बताउनु भयो ।

    यस्तै कार्यक्रमलाई अतिथिको रुपबाटै केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, केन्द्रीय सदस्य फुलबिना पौडेल, क्षेत्रीय सचिव तिलक रानाले शुभकामना दिनुभएको थियो । कार्यक्रममा गंगा कडायत, सबिता पौडेल, हिरा पौडेल, सीता थापा, कमला पौडेल, सम्झना दुलाल, थान बहादुर क्षेत्री, राजु दुलाल, मोहनलाल शर्मा, जिवनाथ शर्मा लगायतका वक्ताहरुले सम्बोधन गर्नुभएको थियो ।

    क्षेत्रीय विभागकी संयोजक पुष्पा पौडेलको अध्यक्षता, माया थापाको सन्चालन र स्वागत गोमा रानाले गर्नुभएको थियो ।

    जयपुर


    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जयपुर महिला विभाग उत्तर एवं दक्षिणको संयुक्त आयोजनामा ११३ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भएको छ ।

    कार्यक्रमलाई मूल प्रवाहका केन्द्रीय परिषद सदस्य दीपा थापा, मूल प्रवाह क्षेत्रीय सम्मेलन तयारी समितिका नारायण ज्ञवाली, केन्द्रीय जनजाती विभागका ओम थापा, मूल प्रवाह जयपुर दक्षिणका अध्यक्ष रिम राना लगायत वक्ताहरुले शुभकामना दिनु भएको थियो ।

    लक्ष्मी केसीको अध्यक्षता र हुमा रजालीको सञ्चालनमा अघि बढेको कार्यक्रमको सञ्चालन माया थापाले गर्नुभएको थियो ।

    बिहिबार, फागुन २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.