• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

८ मार्चको सन्दर्भमा केही कुरा


  •   बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
  • विष्णु शर्मा ##

    Advertisement

    अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसलाई संसारभरिका महिलाले समानता र नैसर्गिक अधिकारको पक्षमा तथा मुक्तिको दिनको रूपमा मनाउँदै आएका छन् । यस दिन सङ्घर्षको थालनी र न्यूनतम रूपमा मुक्ति दिलाएका प्रमाण इतिहास अध्ययन गर्दा पाउन सकिन्छ ।

    अरू देशको तुलनामा अमेरिकाले सबैभन्दा पहिला पँुजीको विकास गर्‍यो† कलकारखाना खोल्यो, जसले गर्दा घरको भित्ताभित्र बन्धक रहेका महिलाले कारखानामा काममा जाने मौका पाए । त्यहाँ पुरुष र महिलालाई गरिने व्यवहारबारे बुझ्न थाले । १९०९ भन्दा पहिला अमेरिका जस्तो पुँजीको विकास भएको देशमा पनि महिलाहरू मताधिकारबाट वञ्चित थिए । कारखानामा पुरुष र महिलाले एकै किसिमको काम गर्दागर्दै पनि पुरुषको तुलनामा महिलालाई आधा मात्र तलब दिने गरिन्थ्यो । त्यसका साथै बच्चालाई पनि काममा लगाइन्थ्यो । तिनै कम्पनीमा काम गर्ने महिलाले मतदानमा अधिकार, पुरुषसरह महिलालाई तलबमा समानता, बालश्रम अन्त्यको माग राख्दै १९०७ देखि १९०९ को ८ मार्चकै दिन अमेरिकाका विभिन्न सहरमा विशाल आन्दोलन गरेका थिए ।

    सुरुका दिनमा त त्यहाँको शासक कम्पनीका मालिकले ‘तिमीहरू घरमा गएर बालबच्चाका कपडा धोऊ, त्यही तिमीहरूको उपर्युक्त काम हो’ भनेको थियोे । आन्दोलनलाई दबाउन कैयौँ किसिमका षड्यन्त्र पनि गर्‍यो तर उत्पीडित महिला र समानता पक्षधर पुरुष दाजुभाइको सशक्त आन्दोलनले शासक र कम्पनीको मालिकलाई घुँडा टेक्न बाध्य बनायो । त्यसको फलस्वरूप मतदानमा अधिकार, तलबमा समानता, बालश्रमको अन्त्य भयो । त्यसैले १९१० मा महिलाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले महिला नेतृ क्लारा जेट्किनको प्रस्तावमा उक्त दिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउनुपर्छ भन्ने प्रस्ताव पास गरेको थियोे । तत्पश्चात् १९११ बाट संसारका कैयौँ देशका महिलाले यस दिनलाई महिलाको चाडको रूपमा मनाउँदै आएको तथ्य छ ।

    हुन त यिनी अधिकारहरू उपरी प्रकारले हेर्दा हाम्रो देशमा स्थापित भइसके जस्तो लाग्छ तर गइराइबाट हेर्दा यी र कैयौँ विषयमा अझै पनि आन्दोलनका ज्वारभाटा उठाउनुपर्ने आवश्यकता छ । जुन विषयको अन्त भएर यो दिनलाई यसरी मनाउन लागेको पनि करिब करिब ११३ वर्ष पुग्न थाल्यो, अझै पनि कतिपय देशमा एकदुई वर्षपहिला मात्र महिलाले मताधिकारमा अधिकार पाए भनेको समाचार आएका थिए । सरकारी कर्मचारी र कतिपय कम्पनीमा बाहेक अहिले पनि महिलालाइ समान रूपले हेरिँदैन । बालश्रम अन्त्य गर्ने भनेर अभियान त चलेको छ तर घरको जटिल आर्थिक अवस्थाले गर्दा बाबाआमाले नै बच्चालाई काममा नपठाएसम्म घरमा चुलो जलाउन नपाइने अबस्था छ । चुनाबका बेला हरेक घरधुरीको एक जनालाई रोजगार दिन्छौँ भनी घोषणापत्र ल्याइन्छ तर चुनाव सकिएसँगै ती कागजमा लेखिएका कुरा पनि सकिएर जान्छन्, जसको फलस्वरूप बालबालिका परदेश धाउनु परेको तितो सत्य हाम्रैअगाडि छ ।

    महिलाले मताधिकारमा अधिकार पाएर पनि प्राय:जसोमा नपाएसरी नै छ । मतदाता नामावलीमा उनको नाममा छ तर त्यो अमूल्य मत कसलाई दिने ? आफ्नो नेता कसतो खालको व्यक्तिलाई चुन्ने भन्ने अधिकार आज पनि उनको हातमा छैन । समाज अहिले पनि पुरुषप्रधान नै छ । संविधानमा पैतृक सम्पत्तिमा सन्तानलाई बराबर अधिकार दिनुपर्छ भनेर मौलिक हकको रूपमा लेखिए पनि व्यवहारमा लागु भएको छैन, जसले गर्दा कहिँ न कहिँ उनीहरू पुरुषमाथि परनिर्भर नै हुनुपरेको छ । त्यसले गर्दा एकातिर, यस्ता किसिमका संवेदनशील विषयमा प्राय:जसो महिलाले गम्भीर रूपमा नलिँदा र अर्कातिर, पुरुषलाई प्रधान बनाएर उभ्याएको समाजले गर्दा हातमा हतियार भएर पनि नभएसरी हुनुपरेका कैयौं उदाहरण छन् ।

    अर्कातिर, आज पनि समाजमा ढोगभेटको नाम दिएर दाइजोप्रथा झनै मौलाएर गएको छ । चेलीहरू दाइजोका कारण मारिएका छन् । कैयौँले नारकीय जीवन जिउन बाध्य छन् । बाबाआमाको घरबास उठेको छ । फेरि पनि छोराको घरबार हुन्छ भन्ने विषयमा ढुक्क हुन पाएका छैनन् । अहिले पनि बच्चादेखि वृद्धसम्मका महिलाहरू दैनिकजसो बलात्कार र हत्याको सिकार भइरहेका छन् । विकट ठाउँमा छाउपडी प्रथाले महिला पीडित छन् । चिसो गोठमा बस्दा सानैमा रोग लाग्ने, सर्पले टोकेर मृत्युसम्म हुने र बलात्कारमा पर्ने गरेका घटना सधैँ जस्तो आइरहन्छन् । बहुविवाह सामाजिक कुसंस्कारलगायत घरेलु हिंसाको चपेटामा महिला परिरहेका छन् । घरको आर्थिक विपन्नता र देशमा रोजगार नहँुदा रोजगारीको नाउँमा कैयौँ महिला दिनहँु बेचिएका छन् ।

    महिला र पुरुषलाई हेर्ने दृष्टिकोणमा आज पनि समाजमा आकास र जमिनको फरक छ । पतिको देहान्तपश्चात् पत्नीले उनको “स्वर्गवास” का निम्ति कैयौँ पितृकार्य गर्नुपर्ने तर पत्नीको देहान्त भयो भने पतिले केही पनि गर्नुनपर्ने एकपक्षीय शास्त्र छन् । बाचुन्जेली मात्र होइन, मरिसकेपछि पनि महिला पुरुषमा भेद छ । पतिको देहावसानपश्चात् पत्नीले आफ्नो मनलाई विस्तारै समालेर शोकमा डुबेको मनलाई शक्तिमा परिणत गरी हिम्मतका साथ घरव्यवहार र छोराछोरीलाई समालिन भने त्यो महिलालाई पतिको कुनै पिरचिन्ता नै छैन भन्ने जस्ता तर्क प्रशस्त सुन्नमा आउँछ तर पतिको देहावसान पछि वर्षदिन नपुग्दै पतिले अर्को विवाह गर्दा पनि उक्त विषयलाई स्वाभाविक र सामान्य रूपमा लिइन्छ । एकल महिला कुनै कामविशेषले कुनै परपुरुष दाजुभाइसँग बोलचाल गरिन् भने उनैसँग नाम जोडेर चरित्रहत्या गरिन्छ । एकल भएकै कारण बोक्सीको आरोप लगाएर विभिन्न किसिमका मानसिक यातना दिइन्छ । महिला र पुरुषको बिचमा भएका विभेद हरेक पाइला पाइलामा छन् । यो त एउटा मात्र उदाहरण हो ।

    अहिले शिक्षामा केही विकास भएको छ । छोरीलाई पढाउने विषय केही रूपमा व्यवहारमा लागु भएको छ । पहिलेको तुलनामा संविधानले पनि महिलाका पक्षमा सम्बोधन गरेको छ । फेरि महिलाले पनि तिनै अधिकारलाई गलत रूपमा प्रयोग गरेर कतिपय पुरुष दाजुभाइलाई दु:ख दिने काम भएको छ । रोजगारीको खोजीमा विदेश गएका दाजुभाइको घर फर्कंदा घरबास उठेका उदाहरण पनि कैयौं छन् । त्यहाँ पनि कहिँ न कहिँबाट पुरुष पनि जोडिएको छ । त्यो घरबास उठाउनमा पुरुषले साथ दिएको पाइन्छ भने विदेश गएका दाजुभाइले पनि आवश्यकताभन्दा बढी परिवारको विश्वास गर्दा र महिलाले विदेशमा गएर दु:ख गरेको हाम्रो परिवारका लागि हो; सकेसम्म मैले केही गरेर परिवारको जिम्मेवारी उठाउनुपर्छ; नसके पनि त्यो ९० डिग्रीको घाममा गरेको दु:खको कमाइलाई सही ठाउँमा लगानी गर्नुपर्छ भन्ने चेतना नहुँदा यस्ता किसिमका घटनाले बारम्बार शिक्षा दिइराखेका छन् । त्यसैले अब ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदा यी विषयमा पनि सचेतना अभियान चलाउँदै मिलेका अधिकारको रक्षा र लागु नभएका अधिकारको बलियो मागका साथ लाग्नुपर्छ । त्यसलगायत हामीले हिजोका इतिहास देखेका छौँ ।

    जबसम्म व्यवस्थामा सकारात्मक परिवर्तन आएन, तबसम्म हाम्रा अधिकारले विकास पाएन नेपालमा महिला सङ्घ गठन भएयता विभिन्न किसिमका उतारचढाव आए । पञ्चायती व्यवस्थामा सङ्घका काम र महिला अधिकार खुम्चिन पुगे । सीमित प्रकारको बहुदलीय व्यवस्था आएपछि महिलामुक्ति आन्दोलनले केही रूपमा गति लिन पायो । त्यसै गरेर २०६२–६३ को जनआन्दोलनको प्रतिफल गणतन्त्र आयो । संविधान बन्यो । त्यो संविधानको कागजको खोस्टोमा भए पनि महिलाको पक्षमा कैयौँ अधिकार लेखियो । ती अधिकार व्यवहारमा उतार्न बाँकी छ । फेरि पनि देशको सडकदेखि सदनसम्म महिलाका आवाज गुन्जिएको हामीले सुन्न पाएका छौँ ।

    केही समययता यी आवाजलाई कुण्ठित पार्नका लागि देशीविदेशी शक्तिहरू आफ्नो स्वार्थपूर्ति गर्ने हेतुले कम्मर कसेर लागेका छन् । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतालाई धरापमा पार्ने चाँजोपाँजो सत्ता गठबन्धनबाट नै भइरहेको छ । कैयौँ जनताले यो व्यवस्था ल्याउन आफ्नो ज्यानको आहुति दिनुभएको छ । कैयौँ बाबाआमाका काख रित्ता भएका छन् । कैयौं बालबच्चा टुहुरा भएका छन् । कैयौँ जन अङ्गभङ्ग भएका छन् । यी सबैको त्याग र बलिदानलाई मानसम्मान दिनु भनेको महिलामुक्ति आन्दोलनको साथमा राष्ट्रियता, गणतन्त्रको रक्षा गर्नु हो । त्यसैले ८ मार्चको कार्यक्रमसित यो विषयलाई पनि जोडेर लैजानुपर्दछ ।

    बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.