• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

सन्दर्भ फागुन २४ गतेको पहिलो स्मृति : विष्णु शर्माको सम्झनामा (फोटासहित)


  •   सोमबार, फागुन २२, २०७९ मा प्रकाशित
  • हेमराज पुन ##

    Advertisement

    पृष्ठभूमि
    रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय कोषाध्यक्ष क. विष्णु शर्मालार्ई गुमाएको पनि एक वर्ष पुग्न लाग्यो । यो बिचमा धेरै रात मासिएर दिन उदाए भने कैयौँ दिन मासिएर रात छाए तथापि क. विष्णु शर्माको यादहरू मनमा सजीव रूपमा तरङ्गित भइरहेका छन् ।

    २०७८ कात्तिक २५ गते रक्तिमकै मूर्धन्य स्रष्टा लक्ष्मी गुरुङलार्ई गुमाएका थियौँ । लक्ष्मी गुरुङलार्ई गुमाउँदाको पीडा निको हुन नपाउँदै विष्णु शर्मालाई पनि गुमाउनुपर्दा हामीबिच अर्को असह्य पीडा थपिएको थियो ।

    सङ्गठनको कामको ञसिलसिलामा क. विष्णु शर्मासँग लामो समय सहकार्य गरियो । रक्तिम सांस्कृतिक अभियान काठमाडौँ महानगर, काठमाडौँ जिल्ला र केन्द्रमा रहँदा विष्णु शर्मासँगको लामो यात्रा भए । सोही यात्रामा भएका सहकार्य तथा अन्य विविध पक्ष समेटेर यो लेख प्रस्तुत गरेको छु ।

    परिचय
    विष्णु शर्माको नागरिकता प्रमाणपत्रको आधार हेर्दा उहाँको जन्म २०४८ माघ १० मा भएको देखिन्छ । उहाँ बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१० राङखानीस्थित फलाटे भन्ने ठाउँमा जन्मिनुभएको थियो । उहाँको आमाको नाम भीमादेवी पाध्य र बाबाको नाम नरिश्वर पाध्य हो । उहाँहरूका ६ जना सन्तानहरूमा चार भाइ र दुई बहिनीहरू हुनुहुन्थ्यो, जसमध्ये विष्णु शर्मा कान्छा सन्तान हुनुहुन्थ्यो ।

    उहाँका बाल्यकालका साथीहरूका अनुसार उहाँ सानैदेखि रक्तिम सांस्कृतिक अभियानमा सक्रिय हुनुहुन्थ्यो । गाउँघरमा हुने रक्तिमका विविध सांस्कृतिक कार्यक्रमको दौरान उहाँले सङ्गठन र रक्तिमलाई जान्ने अवसर प्राप्त गर्नुभएको थियो ।

    प्राथमिक तहको पढाइ सकेर उहाँ सानै उमेरमा काठमाडौँस्थित जेठो दाजुको घरमा आई बाँकी पढाइलार्ई निरन्तरता दिनुभयो । २०६४ सालमा गार्डेन बोर्डिङ स्कुल विशालनगर काठमाडौँबाट एसएलसी र २०६७ सालमा बागमती बोर्डिङ स्कुल सुकेधारावाट प्रवीणता तहको पढाइ सक्नुभयो । उहाँले स्नातक तहको पढाइका लागि व्यवस्थापन सङ्कायमा शङ्करदेव क्याम्पस पुतली सडकमा भर्ना हुनु भयो तर पढाइलाई निरन्तरता दिन सक्नुभएन ।

    २०७६ भदौ ६ गते रक्तिमकै कलाकार समीक्षा श्रेष्ठसँग उहाँ वैवाहिक जीवनमा बाँधिनुभएको थियो । सन्तानप्राप्ति भने भइसकेको थिएन ।

    सङ्गठनप्रति अगाढ माया र सक्रियता दर्साउने क. विष्णु शर्मा जीवनको पछिल्लो समय जन्डिस रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँले स्वास्थ्यलाभ गरिरहनु भएको थियो तर अफसोच २०७८ फागुन २४ गते सदाका लागि अस्ताउनुभयो ।

    साङ्गठनिक जिम्मेवारी
    क. विष्णु शर्मा इमानदार, लगनशील र जुझारु स्वभावको हुनुहुन्थ्यो । सङ्गठनले दिएको जिम्मेवारी र निर्देशन सोझो रूपमा पूरा र पालन गर्ने उहाँको स्वभावजन्य गुण थियो । काठमाडौँ आएपछि २०६९ सालतिर नेकपा (मसाल) को सांस्कृतिक मोर्चा रक्तिम सांस्कृतिक अभियान काठमाडौँको सचिवकोे जिम्मेवारी प्राप्त गर्नुभयो । त्यसपछि काठमाडौँ महानगर र काठमाडौँ जिल्लाको अध्यक्षसमेत हुनुभयो । रक्तिममा मात्र नभएर विद्यार्थी मोर्चाको जिल्ला तह र युवा मोर्चाको केन्द्रमा समेत काम गर्नुभयो । त्यसपछि २०७५ चैत २६ गते बुटवलमा सम्पन्न रक्तिम सांस्कृतिक अभियानकोे राष्ट्रिय भेलाबाट केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी प्राप्त गर्नुभयो । यसको अलवा उहाँ सङ्गठनका थुप्रै महत्त्वपूर्ण कार्यक्रममा व्यवस्थापकीय तथा स्वयम्सेवकीय भूमिकामा अक्सर देखिनुहुन्थ्यो ।

    कृतित्व
    विष्णु शर्मा रक्तिमका प्रतिभावान कलाकार हुनुहुन्थ्यो । उहाँ विषेशगरी, नृत्य, अभिनय र कोरियोग्राफमा रुचि राख्नुहुन्थ्यो । उहाँले दर्जनौँ रक्तिमका भिडियोहरूमा नृत्य, कोरियोग्राफ र अभिनय गरिसक्नुभएको छ । उहाँले पहिलो चोटी सहायक कोरियोग्राफ र नृत्य गरेको गीत हो– ‘आँधीको वेग बनी’, जुन गीत ‘आवाज भाग–१’ को शीर्षगीत थियो । प्रगतिशील सांस्कृतिक फाँटमा सो गीत रुचाइएको गीतहरूको सूचीमा पर्दछ । उक्त गीत २०७१ सालमा छायाङ्कन भएको थियो, जसमा मुख्य कोरियोग्राफ पियारी थापाको रहेको थियो ।

    त्यस्तै, ‘हामी नेपाली’ मा मुख्य कोरियोग्राफ र नृत्य गर्नुभएको थियो । यसबाहेक ‘ए युग तिमी’, ‘नाकाबन्दीले’, ‘चाहे चुँडियोस्’, ‘सबै वाम’, ‘शिशिर चिर्ने’, ‘काठमाडौँको सिंहदरबार’, ‘तिहार आयो राजै’, ‘चट्टानको झिल्को’, ‘तिहार सोरठी’, ‘सुतेर नबस जनता’, ‘बैनी, तिमी एउटा रोज’, ‘लौ उठ नारी’, ‘जात फरक के भो’ र ‘जनताको घाँटी रेटी’ लगायतका गीतमा उहाँले नृत्य तथा अभिनय गर्नुभएको थियो ।

    विष्णु शर्मा अभिनयमा पनि उत्तिकै क्षमता राख्नुहुन्थ्यो । ऐतिहासिक चलचित्र ‘फागुन–२४’ मा क. जितको भूमिकामा उहाँको सशक्त अभिनय देख्न पाइन्छ । रक्तिम सांस्कृतिक अभियान काठमाडौँ जिल्लाको टिकट सो २०७५ मा मञ्चित नाटक ‘सङ्घीयताको भारी’ र लघुगीतिनाटक ‘तिहारको वेदना’ मा मुख्य भूमिका विष्णु शर्माको रहेको थियो । यसबाहेक धेरै सांस्कृतिक कार्यक्रममा नृत्य तथा अभिनयको साथ उहाँको सहभागिता हुने गर्दथ्यो ।

    विष्णु शर्मासँगको सहकार्य
    जनप्रिय बहुमुखी क्याम्पस पोखरामा प्रवीणता तहसम्मको पढाइ सकेर २०६४ असार महिनामा म काठमाडौँ प्रवेश गरेको थिएँ । म ताहाचाल क्याम्पसमा स्नातक र ललितकला क्याम्पस भोटाहिटीमा पुन: सङ्गीत विषयमा प्रवीणता तहको पढाइ सुरु गरेँ । पछि काठमाडौँको सङ्गठनसँग नजिकिँदै गर्दा र सङ्गठनको कार्यक्रममा सहभागी हुँदै जाँदा विष्णु शर्मासँग देखाभेट भयो । मलाई उहाँसँगको पहिलो भेटको मितिलगायत अन्य विवरण छर्लङ्ग ज्ञात नभए पनि २०६७/६८ सालतिर हुनुपर्ने मेरो अनुमान छ । त्यस समयदेखि लगातार २०७८ सालसम्म रक्तिमको प्राय: सबै महत्त्वपूर्ण कार्यक्रममा हामी सँगसँगै भयौँ । रक्तिम सांस्कृतिक अभियानमा लागेदेखि सृजनात्मक तथा ऐतिहासिक रूपमा महत्त्वपूर्ण कार्यमा मेरो सहकार्य सबैभन्दा बढी क. विष्णु शर्मासँग नै भए । सायद उहाँको सहकार्य पनि मसँग नै भएको हुनुपर्छ ।

    उहाँसँगको पहिलो भेटको याद धमिलो भए पनि अन्तिम भेट भने २०७८ फागुन ११ गते भएको थियो । काठमाडौेँ नयाँ बानेश्वरस्थित एम.सी.सी. को विरोधमा छ दलका सांस्कृतिक मोर्चाको संयुक्त सांस्कृतिक प्रतिरोध कार्यक्रममा भएको भेट नै क. विष्णु शर्मासँगको अन्तिम भेट हुन पुग्यो ।

    सो कार्यक्रम सकेर सोही दिन म मेरो गाँउ काठेखोला–४ तङ्ग्राम बागलुङमा बन्दै गरेको जिमाक सांस्कृतिक सङ्ग्रहालय भवनको कामको लागि बागलुङतिर लागे । त्यसको १२ दिनपछि फागुन २४ गतेको साँझ म खोलाबाट सङ्ग्रहालय भवनका लागि ढुङ्गा फोडेर आउँदै गर्दा धेरै साथीहरूले मलाई फोन गरेर फेसबुकमा आएको समाचारको बारेमा सोधिरहे । त्यस बेलासम्म म सबै घटनासँग अज्ञात नै थिएँ । पछि सामाजिक सन्जाल हेर्दा सबै श्रद्धाञ्जलीका पोस्टले भरिएका थिए । सङ्गठनमा खबर गर्दा सो दुखद खबरको पुष्टि भयो ।

    क. विष्णु शर्मा मेरो घरमा धेरै चोटी आउनेजाने गर्नुहुन्थ्यो । सो कारण मेरो घर, टोलछिमेक र गाउँका धेरैले उहाँलाई चिन्नुहुन्थ्यो । सबैले सो खबर थाह पाए । हामी सबै स्तब्ध भयौँ । मेरो घरमा आमालगायत अन्य सबै दुखित देखिनुहुन्थ्यो । घरमा पूरै सन्नाटा छायो ।

    दिन बित्दै गए । रक्तिम केन्द्रले शोकवक्तव्य निकाल्यो । रक्तिम सांस्कृतिक अभियान केन्द्रीय सचिवालयको भर्चुअल बैठकपछि चैत ७ गते काठमाडौँमा श्रद्धाञ्जली कार्यक्रम राख्ने निधो गरियो । सोहीबमोजिम हामी काठमाडौँमा भेला भयौँ । मेरो सञ्चालन, रक्तिमका तत्कालीन अध्यक्ष रेम रानाको अध्यक्षता र राजमोका अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु भयो । विष्णु शर्माको अन्तिम संस्कारमा उपस्थित हुन नसके पनि सोही कार्यक्रममा गहभरि आँसु र भारी पीडासहित उहाँको प्रतिमामा अबिर र फूलका गुच्छा अर्पण गरी उहाँलाई अन्तिम बिदाइ गरियो ।

    विष्णु शर्मासँग २०६८ देखि २०७८ सम्म एक दसक लामो स्वर्णीम सहकार्य रह्यो । हामीबिचमा केही विषयमा सानातिना विवाद हुने गर्दथे तर काममा लागेपछि भने हामी एकमन र एकतनले लाग्दथ्यौँ र काम फत्ते गरिहाल्थ्यौँ ।

    धमिलो यादअनुसार २०६८ सालमा गोपिकृष्ण हल सुकेधारामा सडक सांस्कृतिक कार्यक्रममा विष्णु शर्मा नाचेको पहिलो पल्ट देखेको थिएँ । त्यो कार्यक्रमको नेतृत्व तत्कालीन रक्तिम सांस्कृतिक अभियनका अध्यक्ष जीवन शर्मा र सचिव दलबहादुर विकले गर्नुभएको थियो । २०७१ सालपूर्व तत्कालीन रक्तिम सांस्कृतिक अभियनका अध्यक्ष जीवन शर्माको नेतृत्वमा केही सडक सांस्कृतिक कार्यक्रम तथा सङ्गठनका अन्य कार्यक्रममा सँगसँगै भयौँ ।

    क. विष्णु शर्मासँग एक दसकसम्म गरिएका महत्त्वपूर्ण सहकार्य निम्न छन् :

    १) रक्तिम सांस्कृतिक अभियान, काठमाडौँको पहिलो टिकट सो : २०७० चैत १, मण्डला थिएटर ।
    २) रक्तिम सांस्कृतिक अभियान, काठमाडौँको दोस्रो टिकट सो : २०७१ जेठ ३१, नाचघर ।
    ३) फागुन २४ चलचित्र निर्माण, २०७३–२०७६ : छायाङ्कनदेखि प्रदर्शनसम्म ।
    ४) सङ्घीयताको विरोधमा जनअभियान, २०७१ : काठमाडौँ उपत्यका ।
    ५) चुनावी अभियान, २०७४, बागलुङ ।
    ६) रक्तिम सांस्कृतिक अभियान, काठमाडौँको तेस्रो टिकट सो : २०७५ माघ २६, नाचघर ।
    ७) २०६८ देखि २०७८ सालसम्म देउसीभैलो कार्यक्रम ।
    ८) रक्तिमका दर्जनौँ भिडियो निर्माण कार्यक्रम ।

    यीबाहेक थुपै्र कार्यक्रममा हामी सँगसँगै भयौँ । लामो दुरीका बाइक, गाडी तथा पैदलयात्रा, सङ्गठनका काममा सँगसँगै हिँड्दा, धेरै ठाउँमा पुग्दा, खाँदा र सुत्दाका याद अहिले पनि ताजै छन् ।

    निस्कर्ष
    क. विष्णु शर्मा भर्खर तिसौँ वसन्तमा लाग्दै हुनुहुन्थ्यो । सङ्गठनमा आबद्ध भएको छोटो समयमै सांस्कृतिक विभागमा उहाँको उल्लेखनीय योगदान रह्यो । धेरै गीतमा कोरियोग्राफ, नृत्य तथा अभिनय गर्नुभएका विष्णु शर्मा अत्यन्तै प्रतिभावान, परिवर्तनकारी तथा जुझारु स्वभावको हुनु हुन्थ्यो ।

    उहाँ पछिल्लो दुई वर्षदेखि जन्डिस रोगबाट छुटकारा पाउने कोसिसमा हुनुहुन्थ्यो तर पारिवारिक स्रोतका अनुसार उहाँले खानपानगत अनुशासन पालन गर्नुभएन । परिणामस्वरूप उहाँले हामीलाई कलिलै उमेरमै छोडेर जानुभयो । उहाँको निधनले हाम्रो सङ्गठनलाई ठुलो क्षति पुग्न गएको छ । सांस्कृतिक मोर्चामा उहाँबाट थप धेरै योगदानको अपेक्षा गरिएको थियो ।

    उहाँले स्वास्थ्य जस्तो संवेदनशील विषयलाई नजरअन्दाज गर्दा सो अप्रिय घटना घट्न गयो । सो दुर्घटनाले हामी सबै कमरेडहरूले स्वास्थ्यप्रति सचेतता अपनाउनुपर्ने कुराको जोडदार माग गर्दछ ।

    अन्त्यमा क. विष्णु शर्माप्रति पुन: एकपटक भावपूर्ण श्रद्धाञ्जली । साथै शोकसन्तप्त परिवार तथा आफन्तजनमा हार्दिक समवेदना ।

     

      

    सोमबार, फागुन २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.