खिमराज चालिसे, चंडिगढ ।
भारतको पंजाब राज्यको मोहालीबाट दुई महिनादेखि नेपाली युवती सम्पर्कविहीन भएकी छन् ।
Advertisement
कपिलवस्तु जिल्ला खैरी नगरपालिका–५ चन्द्रौटाका भरत सुनारकी श्रीमती विस्नी सम्पर्कविहीन भएकी हुन् ।
२० वर्षीया विस्नीको खोजतलास गर्न मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले परिवारलाई सहयोग गर्ने जनाएको छ ।
गहुँगोरो वर्ण, करिब ५ फुट उचाई भएकी सुनार पंजाबमा हुनसक्ने उनका श्रीमान भरत सुनारले आशंका गरेका छन्।
उनी भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय वा भरत सुनार +९१–६२८४७४३२८९ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।