प्युठान । अखिल (छैठौं) झिमरुक बहुमुखी क्याम्पस प्युठानको भेला सम्पन्न भएको छ । सोमबार भएको भेलाले समीक्षा थापाको अध्यक्षतामा १७ सदस्यीय मुल इकाइ समिति गठन गरेको छ ।
Advertisement
समितिको उपाध्यक्षमा मुकेश सुनार, सचिवमा रेखा गिरी, सहसचिवमा सिर्जना पछाँई र कोषाध्यक्षमा प्रतीक्षा बस्नेत चयन हुनुभएको छ । सदस्यहरुमा निमा गुरुङ, सम्झना नेपाली, सुनिता केसी, पुजा डिएम, विजया योगी, निर्मला पुन लगाएत रहनु भएको छ ।
भेलामा अखिल (छैठौं) का महासचिव सुवाश जिसीले विद्यार्थी राजनीती, शिक्षा र राष्ट्रियताबारे प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल युवक संघ प्युठानका अध्यक्ष कमल पौडेलको पनि सहभागिता रहेको थियो ।