चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको चेन्नईमा एरिया भेला सम्पन्न भएको छ । एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नाई उत्तर नगर समितिबाट सञ्चालित माउन्टरोड एरिया समितिको आइतबार १७औं वार्षिक सम्मेलन पछिको प्रथम भेला सम्पन्न भएको हो ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय परिषद सदस्य तथा दक्षिण भारत क्षेत्रीय सदस्य कोटी प्रसाद पोख्रेलले मूल प्रवाहले प्रवासी नेपालीहरूको बिचमा खेलेको भूमिकाबारे स्पष्ट पार्दै भारतमा रहेका प्रवासी नेपालीको समस्यासँग संघर्ष गर्ने यही एउटा सच्चा संगठन भएको बताउनु भयो ।
उहाँले मूल प्रवाहलाई समाप्त पार्न हिँडेका कतिपय व्यक्तिवादी सोच भएका व्यक्तिहरु अहिले तिलमिलाउन थालेको भन्दै सबै नेपालीहरुलाई मूल प्रवाहको झण्डामुनि गोलबन्द हुन आह्वान गर्नु भयो । उहाँले अवसरवादीहरु मूल प्रवाहको अगाडि कुनै हालतमा सफल हुन र टिक्न नसक्ने भन्दै यस्ता खाले तत्वसँग सावधानन रहन आग्रह समेत गर्नुभयो।
कार्यक्रमलाई केन्द्रीय परिषद तथा क्षेत्रीय समितिका सदस्य काशीराम शर्मा , केन्द्रीय परिषद सदस्य तथा पूर्व नगर समितिका अध्यक्ष लक्षुमण चालिसे, पश्चिम नगर समितिका सदस्य राज कुमार सुनार र उत्तर नगर महिला विभाग सदस्य देवी थापा क्षेत्रीले पनि सम्बोधन गर्नुभएको थियो ।
नेता काशीराम शर्माले नवनिर्वाचित कार्यसमितिको नामावली पेस गर्नुभएको थियो । समितिको अध्यक्षमा तिल बहादुर विक, उपाध्यक्ष गंगाराम परियार, सचिव धर्मराज शर्मा, सहसचिव गोपाल विक र कोषाध्यक्षमा भवानी प्रसाद गोराथोकी चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यहरुहरुमा तेजेन्द्र पुन, राम बहादुर सुनार र वैकल्पिक सदस्यहरुमा पदम बहादुर विक सोम बहादुर खड्का रहनुभएको छ । सल्लाहकारमा नरिस्वर शर्मा र मोहन विक हुनुहुन्छ । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष तिलक विकले समितिको तर्फबाट सपथ लिनु भएको थियो।
धर्मराज शर्माको अध्यक्षता र तिल बहादुर विकको सञ्चालनबाट अगाडि बढेको कार्यक्रममा भवानी प्रसाद गोराथिकीले स्वागत गर्नु भएको थियो भने एरिया समितिको तर्फबाट गोपाल विकले धन्यवाद दिनु भएको थियो ।