दैलेख बजार । रक्तिम सांस्कृतिक अभियान दैलेखको आयोजनामा सातदिने जिल्ला प्रशिक्षण भेला सुरु भएको छ ।
केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढाको प्रमुख आतिथ्य तथा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माको विशिष्ट आतिथ्यमा २०७९ फागुन १२ गते शुक्रबारदेखि भगवतिमाई गाउँपालिका अन्तर्गत वडा नं. ६ गोठीगाउँमा सो कार्यक्रम सुरु भएको हो ।
कार्यक्रममा राजमो जिल्ला सचिव कृष्ण केसी र रक्तिम सांस्कृतिक अभियानका लुम्बिनी प्रदेश सदस्य विजय घर्तीको पनि आतिथ्य रहेको थियो ।
कार्यक्रममा अध्यक्षता माथवरसिंह ठकुरीले तथा सञ्चालन अमृता रेग्मीले गर्नुभएको थियो । सहिदहरूको सम्झनामा एक मिनेट मौनधारणपश्चात् सुरु भएको सो कार्यक्रममा राजमोका नरबहादुर सिंहले स्वागत मन्तव्य राख्नुभएको थियो ।
एक हप्तासम्म सञ्चालन हुने यस प्रशिक्षण भेलामा नृत्य प्रशिक्षणको प्रशिक्षक विजय घर्ती हुनुहुन्छ भने राजनैतिक तथा सैद्धान्तिक प्रशिक्षणको लागि राष्ट्रिय जनमोर्चाका जनकराज शर्मा तथा कला, साहित्य तथा संस्कृतिसम्बन्धी प्रशिक्षण गिरीप्रसाद बुढाले दिने कार्यक्रम रहेको छ ।
