खिमराज चालिसे, नई दिल्ली (भारत) ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपालमा चलिरहेको संघीयताविरुद्धको आन्दोलनप्रति भारतमा पनि ऐक्यवद्धता जनाएको छ ।
‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं,संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित राष्ट्रिय जनमोर्चाले सञ्चालन गरिरहेको विरोध कार्यक्रमलाई मूल प्रवाह नई दिल्ली नगर समितिले पनि विरोध सभाको आयोजना गरी ऐक्यवद्धता जनाएको छ ।
केन्द्रीय उपाध्यक्ष कपिल खनालले ऐक्यवद्धता सभालाई सम्बोधन गर्दै राष्ट्रियता रक्षा गर्न र देशको आर्थिक स्तर सुधार गर्न संघीयता खारेज नगरी नहुने बताउनु भएको थियो । उपाध्यक्ष खनालले विदेश स्थित नेपालीहरु राष्ट्रियता रक्षा र संघीयता खारेजीको आन्दोलनमा एकजुट हुनुपर्ने बताउनु भयो ।
त्यस्तै, मूल प्रवाह केन्द्रीय सदस्य शिव केसी, केन्द्रीय सल्लाहकार बिन बहादुर कुंवर, परिषद सदस्य मुक्ति भुसाल र पहलसिंह परियार, महिला बिभागकी सिता केसी र प्रवासी संघका जीवन शर्मा लगाएतले पाि सम्बोधन गर्नुभएको थियो। साझ कलाकार सम्मान समारोह तथा सांस्कृतिक कार्यक्रम पनि भव्य रुपमा सम्पन्न भएको थियो।
तिलक खनालको अध्यक्षतामा तथा दिनेश पन्थीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत बिष्णु खनालले गर्नु भएको थियो।