दुर्गानाथ खरेल ##
मान्छेको पोषणका लागि आवश्यक साधनको उत्पादन र पछि उत्पादित वस्तुको विनिमय नै प्रत्येक सामाजिक व्यवस्थाको आधार हो ।
सबै सामाजिक परिवर्तन र राजनीतिक क्रान्तिलाई वर्तमान उत्पादन व्यवस्थाको ठोस तथ्यमा नै पाउन सकिन्छ ।
आधुनिक समाजवाद वर्तमान वस्तुगत विरोधका विचारगत प्रतिबिम्ब हो । यो विरोधलाई प्रत्यक्ष रूपले झेलिरहेका मजदुर वर्गको मष्तिस्कमा अङ्कित हुन्छ ।
उत्पादन पनि व्यक्तिगत क्रियाको एउटा क्रमको स्थानमा सामाजिक क्रियाको एउटा क्रम बन्न गयो । माल उत्पादनको एउटा नयाँ रूपमा नै सामाजिक उत्पादनको जन्म भयो । सामाजिक उत्पादन प्रणालीले व्यक्तिगत अधिकरण (हस्तगतकरण) लाई नष्ट गरे पनि सामाजिक उत्पादन प्रणालीलाई व्यक्तिगत अधिकरण व्यवस्थाको अधिनमा राखिन्छ । यही सङ्गति आजका सारा सामाजिक विरोधका जड रहेको छ ।
सामाजिक उत्पादनको क्षेत्रमा अराजकताको शासन हुन्छ । उत्पादनले उत्पादकमाथि शासन गर्छ ।
श्रमको क्षेत्र रणक्षेत्र बन्न गयो । मेसिन मजदुर वर्गको विरुद्ध पुँजीको लडाइँमा सबैभन्दा बलियो हतियार बन्दछ । श्रमको साधनले सधैँ मजदुरको हातबाट उसकै गास खोस्दछ ।
पुँजीवादमा उत्पादकलाई उत्पादनका साधनबाट बिच्छेद गरिन्छ । मजदुरलाई जीवनभर ज्यालादारी श्रम गर्ने बाध्यता हुन्छ । त्यसले गर्दा सर्वहारा र पुँजीपति वर्गबिच विरोध उत्पन्न हुन्छ ।
मजदुरको उपज नै उसको दासत्वको एउटा अस्त्र बन्दछ । उत्पादन प्रणालीले विनिमय प्रणालीको विरुद्ध विद्रोह गर्दछ । उत्पादन तथा परिवहनका ठुला ठुला संस्था ज्वाइन्ट स्टक कम्पनी, ट्रस्ट सबै राज्यको सम्पत्तिमा गएपछि पुँजीपतिका सबै सामाजिक कर्तव्य वेतनभोगी कर्मचारीद्वारा सम्पन्न हुन्छन् । पहिले मजदुरलाई बेकार बनाए जस्तै पुँजीपतिलाई पनि बेकार बनाइदिन्छ ।
आधुनिक राज्यको सङ्गठनलाई पुँजीवादी समाजले ग्रहण गर्दछ । सम्पूर्ण राष्ट्रको आदर्श पुँजीपति हो । उत्पादक शक्तिमाथि राज्यको अधिकार भएपछि पनि प्राविधिक अवस्थाले गर्दा साधनका तत्त्व मात्र बन्दछन् । समाजले उत्पादक शक्तिलाई आफ्नो हातमा लिएपछि उत्पादकले उत्पादनका साधन र उपजको सामाजिक स्वरूप उपयोग गर्ने छन् । तिनीहरूले त्यो काम प्रकृतिको पूर्ण ज्ञानका साथ गर्न लागेपछि उत्पादनको सबैभन्दा शक्तिशाली उत्तोलक बन्न जाने छन् । उत्पादनको सामाजिक अराजकताको स्थानमा समाजका प्रत्येक व्यक्तिका आवश्यकताअनुसार एउटा निश्चित आधारमा उत्पादनको सामाजिक नियन्त्रण आवश्यक हुन्छ ।
पुँजीवादी उत्पादन प्रणालीले बढीभन्दा बढी सर्वहारा बनाएपछि कि क्रान्ति सम्पन्न गर्ने कि मेटिएर जाने विकल्प रहन्छ । क्रान्ति सम्पन्न भएमा पहिलेदेखि सामाजिक रूपमा भएका उत्पादनका ठुला साधनलाई धेरैभन्दा धेरै राज्यको सम्पत्तिमा बदलिदिन्छ । यसले सामूहिकताको क्रान्तिलाई पूरा गर्ने मार्गदर्शन पनि गर्दछ । सर्वहारा वर्गले राजनीतिक सत्तामाथि अधिकार कायम गर्दछ र उत्पादनका साधनलाई राज्यको सम्पत्तिमा बदलिदिन्छ । आफ्नो अधिनायकत्वसहित राज्यसत्ता कब्जा गरेपछि सर्वहारा वर्गको रूपमा आफ्नो अस्तित््रवलाई पनि समाप्त गरिदिन्छ । राज्यको रूपमा राज्यलाई पनि समाप्त गरिदिन्छ ।
अहिलेसम्म समाजमा वर्गविरोध भएकोे राज्यसत्ताको आवश्यकता थियो । उत्पादनका बाह्य परिस्थितिलाई काबुमा राख्न शक्ति प्रयोग गर्न सक्ने गरी राज्यसत्ता कायम थियो । वास्तवमै सर्वहारा वर्ग पूरै समाजको प्रतिनिधि भएपछि राज्यसत्ताको आवश्यकता समाप्त भएको हो । उत्पादनका साधनमाथि समान अधिकार कायम भएपछि कसैले पनि अधिनायकत्व प्रयोग गर्नुपर्दैन ।
माल उत्पादनले उत्पादकमाथि उपजको प्रभुत्व अन्त भएपछि व्यक्तिगत जीवनको लागि सङ्घर्ष गायब हुन जान्छ । जुन बाह्य वस्तुगत शक्तिहरूले अहिलेसम्म इतिहासमा शासन गरेका थिए, अब तिनीहरू मनुष्यको नियन्त्रणमा आउँछन् । यो मनुष्यको बाध्यताको संसारबाट स्वतन्त्रताको संसारमा छलाङ हो ।
मध्ययुगिन समाजमा सानो आकारको व्यक्तिगत उत्पादन थियो । उत्पादन सिधै उपयोगका लागि हुन्थ्यो । अतिरिक्त उपज बिक्रीको लागि दिइन्थ्यो र विनिमयमा त्यसको प्रवेश हुन्थ्यो । त्यतिखेरदेखि नै अराजकताको बिउ रोपिएको थियो ।
पुँजीपति धेरै मजदुरको शोषण गर्ने व्यक्ति हो । एउटा पुँजीपतिले सधैँ धेरै पुँजीपतिको हत्या गर्छ । उत्पादनका साधनको केन्द्रीकरण र श्रमको सामाजिकीकरण पुँजीवादी खोलभित्र रहन सक्दैन । सम्पत्तिहरण हुन जान्छ । यो निधेषको निषेध हो ।
पुँजीवादमा उत्पादकलाई उत्पादनका साधनबाट बिच्छेद गरिन्छ । मजदुरलाई जीवनभर ज्यालादारी श्रम गर्ने बाध्यता हुन्छ । त्यसले गर्दा सर्वहारा र पुँजीपति वर्गबिच विरोध उत्पन्न हुन्छ । त्यस क्रममा अनियन्त्रित होड हुन्छ । अलग अलग कारखानामा उत्पादनको सामाजिक सङ्गठन हुन्छ । मेसिनको विकाससँगै मजदुरहरू बढ्दो सङ्ख्यामा निरन्तर विस्थापित हुन्छन् । सामाजिक समृद्धिका यी दुई उत्तोलकले एकसाथ काम गर्न पाउँदैनन् । उत्पादन प्रणालीले विनिमयको रूपको विरुद्ध विद्रोह गर्दछ । पुँजीपति वर्ग सामाजिक उत्पादक शक्तिको प्रबन्ध गर्न अयोग्य ठहरिन जान्छ । सबै सामाजिक कर्तव्य बेतनभोगी कर्मचारीद्वारा सम्पादित हुन्छन् । सर्वहारा क्रान्तिबाट मात्र विरोधको समाधान हुन्छ । त्यसपछि सर्वहारा वर्गले राजनैतिक सत्ता खोस्छ । पूर्व निश्चित योजनाअनुसार सामाजिक उत्पादन सम्भव हुन जान्छ । मान्छे सामाजिक सङ्गठनको आफ्नो पद्धतिको स्वामी बनेर प्रकृतिको शासक र आफ्नो पनि स्वामी बनेर स्वतन्त्र हुन्छ । सर्वव्यापी मुक्तिको कार्यलाई पूरा गर्नु आधुनिक सर्वहारा वर्गको ऐतिहासिक कर्तव्य हो । यो कार्यको महत्त्व र यसका अवस्थाको पूर्ण ज्ञान दिनु सैद्धान्तिक अभिव्यक्ति हो । वैज्ञानिक समाजवादको कर्तव्य पनि त्यही हो ।
पुँजीको ऐतिहासिक उत्पत्तिको केवल रूपको मात्रै परिवर्तन हुँदैन, प्रत्यक्ष उत्पादकको सम्पत्तिहरणलाई समाप्त गरिदिन्छ । अलग अलग रूपका दुई चरम अवस्थाबिचका अवस्थाअनुरुप हुन्छन् । आफ्नो श्रमले कमाएको, पुँजीवादी श्रमले कमाएको निजी सम्पत्तिको स्थान दुवै पुँजीवादी निजी सम्पत्तिले लिन्छ । अरू नाम मात्रका लागि स्वतन्त्र मजदुरीमा आधारित हुन्छ ।
पुँजीपति धेरै मजदुरको शोषण गर्ने व्यक्ति हो । एउटा पुँजीपतिले सधैँ धेरै पुँजीपतिको हत्या गर्छ । उत्पादनका साधनको केन्द्रीकरण र श्रमको सामाजिकीकरण पुँजीवादी खोलभित्र रहन सक्दैन । सम्पत्तिहरण हुन जान्छ । यो निधेषको निषेध हो ।
उत्पादनका लागि निजी सम्पत्तिको पुनस्र्थापनाका साधनको सामूहिक स्वामित्वमा आधारित व्यक्तिगत सम्पत्ति प्राप्त हुन्छ । पहिलो प्रक्रियामा जबर्जस्ती अधिकार गर्ने थोरै व्यक्तिले आम जनताको सम्पत्ति हरण गरेका थिए । दोस्रो प्रक्रियामा आम जनताले जबर्जस्ती अधिकार गर्ने थोरै व्यक्तिको सम्पत्तिहरण गर्दछन् ।
जङ्गलीयुगमा मूल निवासस्थान उष्ण वा उपोष्ण मेखलाका ज·ल थिए । यो अवस्थाको सबैभन्दा ठुलो उपलब्धि मानिसहरूले बोल्न सिकेका थिए । फलफूल र कन्दमुल भोजन भएको यो बेला आंशिक रूपमा रुखमाथि बस्दथे । निम्न अवस्थाबाट मध्यम अवस्थामा जाँदा माछा खान र आगो बाल्न जान्ने भएका थिए । यी दुई कुराले जलवायु र स्थानका बन्धनबाट मुक्त गरिदिएका थिए । उच्च अवस्था धनुवाणबाट सुरु हुन्छ । जङ्गली पशुको सिकार सामान्य बन्न गयो । माछाभन्दा ज·ली जनावरको सिकार अप्ठेरो र अनिश्चित पनि हुने गर्दथ्यो ।
बर्बर युगको अवस्थामा माटोका भाडा बनाउने काम सुरु भयो । यो अवस्थासम्म सबै महाद्वीपमा एउटै संस्कृति रहे पनि अब ठुला महाद्वीप प्राकृतिक देनका अन्तरले पशुपालन, पशु प्रजनन् र कृषि—यो अवस्थाका मुख्य काम थिए । मध्यम अवस्था पूर्वमा पशुपालनबाट र पश्चिममा सिँचाइको र घर बनाउने कच्चा इँटाको प्रयोगबाट सुरु हुन्छ । आर्य र सामीसँग भोजनका लागि मासु र दुधको प्रचुरता भएकाले अन्यभन्दा बढी यी दुईको राम्रो उपलब्धता भयो ।
बाहिरबाट ल्याएर समाजमाथि लादिएको शक्ति राज्यसत्ता होइन । नैतिक विचार र विवेकको वास्तविक र मूर्त रूप पनि होइन बरु निश्चित अवस्थामा उत्पन्न भएको समाज विकासको उपज हो । यो समाधान नहुने अन्तरविरोधमा फस्न गएको छ ।
फलामका खनिजलाई पगाल्ने कार्यबाट उच्च अवस्था सुरु हुन्छ । पाल्तु पशुहरूले तान्ने हलोको उपयोग यसै अवस्थामा भएको पाइन्छ । उद्योग र कलाको उच्च ज्ञान सभ्ययुगमा गरियो । पशुधनले मुद्राको कार्य ग्रहण गर्यो । यो विशेष माल या मुद्राको माग तीव्र रूपमा बढ्यो ।
मानिसको शोषण गर्ने क्रममा पहिलो श्रम विभाजन दासमालिक र दास थिए । ज·ली योद्धा र सिकारी नारीलाई प्रमुख स्थान दिएर आफू गौण स्थानबाटै सन्तुष्ट थियो । भद्र गोठालाले आफ्नो सम्पत्तिको बलले मुख्य स्थानमा स्वयम् अधिकार जमायो । नारीलाई गौण स्थानमा धकेलिदियो । पति र पत्नीबिच सम्पत्तिको विभाजन परिवारमा श्रम विभाजनद्वारा नियमित हुन्थ्यो । अब पुरुषको काम सर्वस्व र महिलाको काम महत्त्वहीन योगदान मात्र रहन गयो । घरको निजी कामकाजलाई पनि सार्वजनिक उद्योग बनाएर महिलालाई सार्वजनिक रूपमा काममा सहभागी बनाउने आवश्यकता भएको छ । एकनिष्ठ परिवार एउटा शक्ति बनेर गोत्रको अस्तित्व सङ्कटमा परेको थियो ।
सन् १०६६ सम्म पनि लडाइँमा ढु·ाको बञ्चरो प्रयोग भएको इतिहास छ । उत्पादनका खेती र शिल्पकारी दुवैबाट दासको उपयोग र सामानको विनिमय दुवै बढ्यो । धनी र गरिबको भेद पनि त्यसैसँग जोडिएको थियो । पूर्णतया निजी स्वामित्वमा सङ्क्रमण विस्तार विस्तार भयो ।
निजी स्वामित्वमा सङ्क्रमण युग्यविवाहको एकनिष्ठ विवाहमा सङ्क्रमण सँगसँगै भयो । अब परिवार समाजको आर्थिक एकाइ बन्न पुग्यो । पहिले एकै परिवारबाट सेनानायक र उपसेनानायक आदि उत्तराधिकारी चुनिने प्रथा थियो । पितृसत्ता कायम भएपछि वंशगत उत्तराधिकारीको नियममा परिवर्तन भयो । वंशगत बादशाही र वंशगत अभिजात वर्गको जग बस्यो । आफ्ना जनतामाथि शासन गर्ने र अत्याचार गर्ने स्वतन्त्र निकाय बन्न गए ।
सभ्यताको युगले तेस्रो श्रमविभाजन गरी उत्पादनको कुनै काम नगर्ने, उपजको विनिमय मात्र गर्ने व्यापारी वर्ग जन्मायो । त्यसले उत्पादनमा भाग नलिइकन सम्पूर्ण प्रबन्धमाथि अधिकार जमाउँछ । उत्पादकलाई आर्थिक दृष्टिले आफ्नो अधिनमा पार्दछ । उसले उत्पादनको मध्यस्तता र ऊबिना काम नचल्ने बनाउने गरी दुवैतिरबाट शोषण बढायो । यसरी उत्पादन नगर्नेले उत्पादक र उनीहरूको उत्पादनमाथि शासन गर्न सक्यो । मुद्राऋण दिने र ब्याज लिने काम सुरु भयो । एकनिष्ठ विवाहसँग वेश्यावृत्ति जोडिए जस्तै निजी सम्पत्तिको जग्गासँग बन्धक प्रथा जोडियो । ससाना वर्गको हातबाट धन केन्द्रित र एकत्रित हुन थाल्यो । गरिब निर्धन र टाट पल्टिएकाको सङ्ख्या तीव्र गतिमा बढ्न थाल्यो । श्रमविभाजन, गोत्रप्रथाको औचित्य समाप्तिको परिणाम वर्ग, समाज र राज्यसत्ता अगाडि आयो ।
बाहिरबाट ल्याएर समाजमाथि लादिएको शक्ति राज्यसत्ता होइन । नैतिक विचार र विवेकको वास्तविक र मूर्त रूप पनि होइन बरु निश्चित अवस्थामा उत्पन्न भएको समाज विकासको उपज हो । यो समाधान नहुने अन्तरविरोधमा फस्न गएको छ । सङ्घर्षलाई कम गर्न सक्ने समाजभन्दा माथि उभिएको व्यवस्थाको सीमाभित्र राख्न सक्ने शक्ति आवश्यक छ ।
व्यक्तिगत सम्पत्ति बटुल्नमा विज्ञान र कलाका उपलब्धिबिना असम्भव हुने थियो । सभ्यताले प्रगति गर्दै जाँदा त्यसले पैदा गरेका खराबीमाथि अनिवार्य रूपमा प्रेमको पर्दा लगाउनुपर्छ; लेपन गर्नुपर्छ या तिनको अस्तित्वलाई इन्कार गर्नुपर्छ । यदि प्रगतिलाई भूतकालको जस्तै भविष्यत् कालको पनि नियम हुनुछ भने सम्पत्ति बटुल्ने कामको अन्त समाजको विघटनमा हुने छ ।
समाज वर्गमा विभाजित भएपछि आवादीको स्वत: कार्यकारी सशस्त्र सङ्गठन असम्भव हुन जान्छ ।
गोत्र समाजको सानो मुखियालाई कुनै दबाबिना मिलेको सम्मान निर्विवाद रूपमा उच्च थियो । अहिले ठुलाभन्दा ठुला राजनीतिज्ञले त्यसको ईष्र्या गर्न सक्छन् । त्यसको कारण आधुनिक नेता समाजबाहिर पर्दछन् ।
राज्यसत्ता सम्पत्तिवान् वर्गलाई सम्पत्तिहीन वर्गबाट रक्षा गर्ने एउटा सङ्गठन हो ।
साविक मताधिकारको थर्मामिटरले मजदुरमा विष्फोट आउने सूचना दिएपछि पुँजीपति वर्गले जस्तै मजदुर वर्गले पनि आफ्नो योजनाअनुसार काम गर्ने छन् । त्यसपछि राज्यसत्ता प्राचीन वस्तुहरूको सङ्ग्रहालयमा राखिने छ ।
उपज र उत्पादन संयोगको अधिन हुन जान्छन् तर यसको अर्को पक्ष आवश्यकता हो । संयोगको आवरणमा अन्तर्निहित आवश्यकता र नियमितताले काम गर्छन् ।
शोषणका तीन रूप दासप्रथा, भूदासप्रथा र ज्यालादारी श्रमको प्रथा अधिनताका यी महान् रूपहरू सभ्यताका तीन महान् युगका अभिलक्षण थिए । खुला र पछि गुप्तदासता निरन्तर त्यस सँगसँगै चल्दै आएको छ ।
व्यक्तिगत सम्पत्ति बटुल्नमा विज्ञान र कलाका उपलब्धिबिना असम्भव हुने थियो । सभ्यताले प्रगति गर्दै जाँदा त्यसले पैदा गरेका खराबीमाथि अनिवार्य रूपमा प्रेमको पर्दा लगाउनुपर्छ; लेपन गर्नुपर्छ या तिनको अस्तित्वलाई इन्कार गर्नुपर्छ । यदि प्रगतिलाई भूतकालको जस्तै भविष्यत् कालको पनि नियम हुनुछ भने सम्पत्ति बटुल्ने कामको अन्त समाजको विघटनमा हुने छ ।
अतिरिक्त उत्पादनले आफूसँग दरिद्रता ल्याउनुको बदला सबैका आवश्यकता पूरा गर्ने छ । समाजका सामु वस्तुहरू पर्याप्त मात्रामा पेस गर्ने छ । शत्रुतापूर्ण वर्गमा समाजको विभाजन अनावश्यक हुन जाने छ । योग्यताको सर्वतोमुखी विकास भएका मानिसको आवश्यकता पर्दछ । विकासको एकतर्फीपनालाई समाप्त गरिदिने छ ।
कम्युनिस्ट ढङ्गमा सङ्गठित समाज वर्गको अस्तित्वसँग मेल नखाने र समाजको निर्माणले नै वर्गविभेदलाई मेटाउने साधन दिन्छ । वर्ग र तिनका विरोधको पूर्ण उन्मूलन अहिलेसम्मको प्रचलित श्रमविभाजनको उन्मूलन तथा औद्योगिक प्रशिक्षणबाट सबै सम्पदामा सबैको सहभागिता र सवै योग्यताको सर्वतोमुखी विकास गरेर निजी स्वामित्व उन्मूलनको फल चखाइने छ ।

