• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

नेपालमा बढ्दो अमेरिकी–भारतीय चासो, सोमबार दुवै देशका उच्च अधिकारी आउँदै


  •   शुक्रबार, माघ २७, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेपालमा अमेरिकी र भारतीय चासो बढ्दै गएको छ । अमेरिकी उच्च अधिकारीहरु नेपाल आइरहँदा भारतले पनि नेपालमाथि थप चासो बढाएको छ ।

    Advertisement

    आगामी साता दुवै देशका उच्च अधिकारीहरु नेपाल आउन लागेका छन् । नेपालमा बढ्दो अमेरिकी भ्रमणकाबीच भारतले पनि आफ्ना उच्च अधिकारीलाई नेपाल पठाउन लागेको परराष्ट्र स्रोतले जनाएको छ ।

    अमेरिकी विदेश मन्त्रालय स्टेट डिपार्टमेन्टमा दक्षिण तथा मध्य एसिया ब्युरो हेर्ने उप–सहायकमन्त्री अफ्रिन अख्तर सोमबार  काठमाडौं आउने भएकी छन् ।

    नेपाल भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री विमला राई पौड्याललगायत उच्च सरकारी अधिकारीसँग भेट्ने कार्यक्रम छ।
    हालै अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (यूएसएआईडी) की प्रमुख समान्था पावर नेपाल भ्रमण सकेर बुधबार मात्र फर्केकी थिइन्।

    भारतीय विदेश सचिव क्वात्रा सोमबार आउँदै
    भारतीय विदेश सचिव विनयमोहन क्वात्रा आगामी सोमबार नेपालको औपचारिक भ्रमणमा आउने भएका छन्। क्वात्रा दुईदिने भ्रमणमा काठमाडौँ आउन लागेका हुन्।

    परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा क्वात्रा नेपाल आउने भएका हुन्।

    गत पुसमा प्रचण्ड नेतृत्वमा नयाँ सरकार गठन भएयया नेपाल आउन लागेका क्वात्रा उच्च भारतीय अधिकारी हुन्।

    पौड्याल क्वात्राको निमन्त्रणामा गत सेप्टेम्बर १३ र १४ मा भारत यात्रामा गएका थिए। नेपालमा रहँदा क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई, एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा लगायतसँग भेट्नेछन्।

    क्वात्राको भ्रमणमा प्रधानमन्त्री प्रचण्डको सम्भावित भारत भ्रमणबारे पनि कुरा हुनेछ।

    अमेरिका र युरोपबाट तारन्तार भ्रमण भएपछि नयाँ दिल्ली सशंकित बनेको बताइन्छ।

    अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्‌की एक सदस्यसमेत रहेकी पावरले दुई दिने नेपाल बसाइमा प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेकी थिइन् ।

    पावरको भ्रमणअघि अमेरिकी विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उप–विदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण गरेकी थिइन्। उनले पनि प्रधानमन्त्रीलगायत उच्च अधिकारीसँग भेटेकी थिइन्।

    पुस दोस्रो साता नयाँ सरकार बनेपछि अमेरिकाबाट नेपाल भ्रमण बाक्लिएको छ। विश्वमा अमेरिकाकै रणनीतिक सारथी मानिने युरोपबाट समेत राजनीतिक भ्रमण भइरहेका छन्।

    क्षेत्रीय संगठन युरोपेली संघ (ईयू) की अन्तर्राष्ट्रिय सहकार्य हेर्ने आयुक्त जुटा उर्पिलाइनेन बुधबार एकदिने भ्रमण सकेर फर्किइन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री पौडेल र परराष्ट्रमन्त्री राईसँग भेटेकी थिइन्। उनी ईयूमा मन्त्री दर्जाकी उच्च अधिकारी हुन्।

    यस्तै, मंगलबार नेपाल आएका बेलायतका रक्षा अधिकारीको भ्रमण जारी छ। डिफेन्स पिुपुल, भेटेरान्स र सर्भिस फ्यामिलिज हेर्ने बेलायतका मन्त्री एन्ड्रयू मोरिसनको भ्रमण गोर्खा सैनिकको मुद्दामा केन्द्रित छ।

    सोमबार अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर नेपाल आएकै दिन क्वात्रा पनि काठमाडौँ उत्रनेछन्।

    शुक्रबार, माघ २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • २.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ३.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ४.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ५.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ६.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ७.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ८.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.