• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

भूकम्पमा परी टर्की र सिरियामा सयौंको मृत्यु


  •   सोमबार, माघ २३, २०७९ मा प्रकाशित
  • तस्बिर : Getty Image/CNN

    Advertisement

    इस्तानबुल । टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान एएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण सयौँ व्यक्तिले ज्यान गुमाएका छन् ।

    सोमबार विहान सुतेकै अवस्थामा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको र उक्त भूकम्पका कारण टर्की र सिरियामा गरी पाँच सयभन्दा बढीको मृत्यु भएको थियो ।

    सिरियामा जारी गृहयुद्ध र अन्य द्वन्द्वका कारण लाखौं मानिसले भरिएको यस क्षेत्रका प्रमुख शहरहरूको पूरै क्षेत्रलाई कम्पन गर्नेगरी करिब एक शताब्दीयताकै सबैभन्दा शक्तिशाली भूकम्प ग्एको हो ।

    सिरियाको राष्ट्रिय भूकम्प केन्द्रका प्रमुख राएद अहमदले सरकारी रेडियोसँग भन्नुभयो, ‘केन्द्रको स्थापनापछि रेकर्ड गरिएको यो सबैभन्दा ठूलो भूकम्प हो ।’

    स्वास्थ्य मन्त्रालय र स्थानीय अस्पतालका अनुसार सरकार नियन्त्रित सिरियाका साथै टर्की समर्थक समूहको कब्जामा रहेको उत्तरी क्षेत्रमा कम्तीमा २४५ जनाको मृत्यु भएको छ ।

    टर्कीका उपराष्ट्रपति फुआत ओक्टेले सोमबार टर्कीमा कम्तीमा २८४ जनाको मृत्यु भएको र दुई हजार ३०० भन्दा बढी व्यक्ति घाइते भएको र केही प्रमुख शहरमा खोजी तथा उद्धार कार्य जारी रहेको बताउनुभएको छ ।

    मुख्य सडकहरू हिउँले ढाक्नेगरी आएको हिउँदे हिमआँधीका कारण उद्धारमा बाधा पुगेको टर्कीका उद्धारकर्मीहरूले बताएका छन् ।

    टर्कीका मानिसहरू हिउँमा पाइजामा लगाएर उभिएर उद्धारकर्ताहरूले क्षतिग्रस्त घरहरूको भग्नावशेष खनेको टेलिभिजनद्वारा प्रशारित भिडियो तथा तस्वीरहरूमा देखाइएको छ ।

    अमेरिकी भौगर्भिक सर्भेका अनुसार टर्की र सिरियाको सिमा क्षेत्रमा रहेको गाजियान्टेप शहर नजिकै स्थानीय समयानुसार बिहान ४ बजेर १७ मिनेट जाँदा भूकम्प गएको थियो ।

    टर्कीको एएफएडी आपतकालीन सेवा केन्द्रले ७.४ म्याग्निच्यूडको पहिलो भूकम्प गएको र त्यसपछि ४० भन्दा बढी पराकम्प गएको जनाएको छ ।

    टर्कीको टेलिभिजनमा सार्वजनिक भएका तस्बिरमा उद्धारकर्मीहरूले कहरमानमारस र छिमेकी गाजियान्टेप शहरमा समतल भवनहरूको भग्नावशेष खनेको देखिएको छ ।

    कहरमनमारसको एउटा चित्रमा आगोले रातको आकाशलाई उज्यालो बनायो, यद्यपि यसको उत्पत्ति अस्पष्ट थियो।

    अदियामान, मालत्या र दियारबकिर शहरमा पनि भवनहरू भत्किएका छन्, जहाँ एएफपीका पत्रकारहरूले आत्तिएका मानिसहरू सडकमा दौडिरहेको देखेका थिए।

    कहरमनमारसका गभर्नर ओमेर फारुक कोस्कुनले धेरै भवनहरु ध्वस्त भएका कारण मृतकको सङ्ख्या अनुमान गर्न हतार हुने बताउनुभएको छ ।

    कोस्कुनले भन्नुभयो, ‘यति धेरै भवनहरु ध्वस्त भएका कारण मृतक र घाइतेको संख्या अहिले नै बताउन सम्भव छैन । क्षति गम्भीर छ ।’

    माल्टा प्रान्तमा १३ औं शताब्दीमा निर्मित एक प्रसिद्ध मस्जिद आंशिक रूपमा भत्किएको थियो, जहाँ २८ अपार्टमेन्टहरू भएको १४ तले भवन पनि भत्किएको छ ।

    अन्य शहरहरूमा पनि उद्धारकर्ताहरूले भग्नावशेषमा फसेका जीवित व्यक्तिहरूसम्म पुग्न संघर्ष गरिरहेका छन् ।

    दियारबकिर शहरको एक समतल भवनअगाडि एनटिभी टेलिभिजनमा एक उद्धारकर्ताले भने, ‘हामी भग्नावशेषभित्र जता पनि आवाज सुन्छौं । भग्नावशेषमुनि २०० जना मानिस रहेको हुन सक्ने बताइएको छ ।’

    सिरियाली स्वास्थ्य मन्त्रालयले अलेप्पो, लाटाकिया, हामा र टार्टस प्रान्तमा क्षति पुगेको जनाएको छ ।

    उत्तरी सिरियास्थित एएफपीका संवाददाताका अनुसार जमिनको भयङ्कर कम्पनपछि आत्तिएका बासिन्दा घरबाट भागेका थिए ।

    टर्की विश्वकै सबैभन्दा सक्रिय भूकम्प प्रभावित क्षेत्रमध्ये एक हो ।

    टर्कीको डुज्से क्षेत्रमा सन् १९९९ मा ७.४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।उक्त भूकम्पमा इस्तानबुलमा करिब एक हजारसहित देशभर १७ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

    विशेषज्ञहरूले लामो समयदेखि इस्तानबुलमा ठूलो भूकम्पले तहसनहस पार्न सक्ने चेतावनी दिँदै आएका छन् । यहाँ सुरक्षा सावधानी बिना ठूला भवन निर्माण गर्न अनुमति दिइएको छैन ।

    त्यस्तै सन् २०२० को जनवरीमा एलाजिगमा गएको ६.८ म्याग्नीच्यूडको भूकम्पमा परी ४० जनाभन्दा बढीको मृत्यु भएको थियो । सोही वर्ष अक्टोबरमा टर्कीको एजियन तटमा गएको ७.० म्याग्निच्यूडको भूकम्पमा परी ११४ जनाको मृत्यु हुनुका साथै एक हजारभन्दा बढी घाइते भएका थिए । (रासस/एएफपी)

    सोमबार, माघ २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’
    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    भर्खरै

    • १.
      साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

    • २.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • ३.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ४.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ५.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ६.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ७.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ८.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.