• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

यसरी चल्दैछ, किसान जागरण अभियान


  •   बुधबार, माघ २२, २०७६ मा प्रकाशित
  • काठमाडौं । अखिल नेपाल किसान महासंघ र तराई–मधेश जनवादी मोर्चाको संयुक्त आयोजनामा सञ्चालन भइरहेको तराई–मधेश किसान जागरण अभियान विभिन्न जिल्लामा अघि बढिरहेको छ । जिल्लास्तरमा बेग्लाबेग्लै टोलीहरू विभाजन गरि अभियान सञ्चालन भइरहेका छन् । टोलीले जिल्लाको तराई–मधेश क्षेत्रमा पुगेर सभा, कोणसभा, कोठेसभा, पर्चा वितरण, समिति गठन/पुनर्गठन, जनभेटघाट, प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    Advertisement

    अभियान सम्पन्न पार्नका लागि अखिल नेपाल किसान महासंघ र तराई–मधेश जनवादी मोर्चाको केन्द्रदेखि स्थानीयस्तरसम्म नेता÷कार्यकर्ता जुटेका छन् । अभियान सफल पार्नका लागि टोली नेता निश्चित गरिएको छ । टोलीको संयोजक नै किटानी गरेर अभियानलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने गरिएको छ । अभियानलाई आयोजक किसान महासङ्घ, तराई–मधेश जनवादी मोर्चाका साथै राष्ट्रिय जनमोर्चासहित सबै भाइचारा संगठनले सघाइरहेका छन् ।

    यसै सिलसिलामा बाँकेबाट प्राप्त समाचारअनुसार खजुरा बढारापुरमा कोणसभा सम्पन्न भएको छ । कोणसभालाई अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य तथा अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष तुल्सी सापकोटाले सम्बोधन गर्नुभएको थियो । सापकोटाले तराई–मधेशको किसानका समस्या अहिले पनि गम्भीर रहेको बताउनुभयो ।

    देशमा लोकतन्त्र पुनर्बहाली भएको यतिका वर्ष बितिसक्दा पनि तराई–मधेशका जनताले जीवनमा आमूल परिवर्तन गर्न नसकेको बताउँदै उहाँले भन्नुभयो– ‘समाजमा आमूल परिवर्तन गर्नका लागि व्यवस्थामा नै आमूल परिवर्तन हुनुपर्दछ । २०६२–६३ सालमा आएको परिवर्तन आमूल परिवर्तन होइन’ सापकोटाले अगाडि भन्नुभयो, ‘नयाँ जनवादी क्रान्तिपछि मात्र नेपाली समाजमा आमूल परिवर्तन आउने छ ।’

    उहाँले नयाँ जनवादी क्रान्ति पनि कृषिक्रान्ति भएको बताउँदै त्यसमा तराई-मधेशका किसानको महत्वपूर्ण भूमिका हुने दाबी गर्नुभयो । सम्बोधनको क्रममा उहाँले संगठनात्मक सुदृढीकरण बिना तराई-मधेशका जनताले सामाजिक उपलब्धि हात पार्न नसक्ने भएकाले नै तराई–मधेश जनवादी मोर्चासितको सहकार्यमा यो अभियान चलाइएको बताउनुभयो ।

    कार्यक्रममा किसान जागरण अभियानका संयोजक जोगप्रसाद भण्डारी, राष्ट्रिय जनमोर्चा बाँके जिल्ला समितिका उपाध्यक्ष जगदीश ढकाल, जातीय समता समाजका केन्द्रीय वैकल्पिक सदस्य मनबहादुर सुनार, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य वेदबहादुर कार्कीले पनि सम्बोधन गर्नुभएको थियो ।

    त्यस्तै, नवलपुरमा माघ १० गते उद्घाटन भएर विशेष किसान जागरण अभियान सञ्चालन भइरहेको छ । अभियानको नवलपुर संयोजक चन्द्र सापकोटाको नेतृत्वमा सो टोलीमा भागिरथ भट्टराई, भीमप्रसाद आचार्य, होमनाथ पराजुलीलगायतको सहभागिता रहेको छ । माघ २० गतेसम्म अभियानको टोलीले गैँडाकोटको गैरी मसालचोकमा उद्घाटन भएर मुकुन्दपुरका विभिन्न ठाउँहरू दलदले, कावासोती, पिठौली, छिपछिपे, अट्ठाइसविघा, वडा नं. १६ का तीनधारे, पिप्रेनी लगायतका टोलीमा अभियान सञ्चालन गरेको थियो ।

    अभियानका संयोजक चन्द्र सापकोटाकाअनुसार सो क्रममा अखिल नेपाल किसान महासङ्घको सदस्यता वितरण, आर्थिक संकलनलगायतका कार्यक्रम सम्पन्न भएका थिए । अभियाननमा स्थानीयस्तरका किसान महासङ्घ र तराई–मधेश जनवादी मोर्चाका कार्यकर्ताहरू परिचालन भएको बताइएको छ । टोलीले माघ २१ गते हुप्सेकोट गाउँपालिकाको वडा नं. १ बेलुवामा सदस्यता अभियान सञ्चालन गरेको थियो ।

    यता, चितवनमा अखिल नेपाल किसान महासङ्घ र तराई–मधेश जनवादी मोर्चाको संयुक्त टोलीले चितवनको टाँडीमा जनभेटघाट गरी सदस्यता वितरणको कार्यक्रम सम्पन्न गरेको छ । अभियानमा अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय सदस्य डम्बर केसी, अखिल नेपाल किसान महासंघ चितवनका जिल्ला सदस्यहरू डम्बर केसी र नैनसिंह कार्की, राष्ट्रिय जनेमार्चा रत्ननगर नगर समितिका अध्यक्ष नारायण आचार्यलगायत स्थानीय नेता÷कार्यकर्ताहरूको सहभागिता थियो । डम्मर केसीले दिनुभएको जानकारीअनुसार माघ २२ गते आज भरतपुरको लंखु, जगतपुर, गीतानगरलगायतका स्थानमा अभियान टोली परिचालन हुने छ ।

    त्यसैगरी, देशैभरि जिल्लास्तरमा व्यापक रूपमा अभियान टोली परिचालन भएको किसान महासङ्घ र तराई–मधेश जनवादी मोर्चाका केन्द्रीय कार्यालयले जानकारी दिएका छन् । कार्यालयका अनुसार अभियानको यी टोलीहरू माघ २९ गतेसम्म नै स्थानीयस्तरसम्म पुगेर संगठन निर्माणका साथै किसान समस्या सङ्कलनको कार्यसमेतमा लाग्ने छन् ।

    यसैबिच, किसान महासंघको केन्द्रीय कार्यालयले माघ २३ गते बुटवलमा विस्तारित बैठकको तयारी पूरा भएको जानकारी दिएको छ । सो बैठकले आगामी चैत्र महिनाभरि सञ्चालन हुने किसान महासंघको विशेष संगठनात्मक अभियानको विस्तृत कार्ययोजना तयार पार्ने बताइएको छ ।

    बुधबार, माघ २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.