दुर्गानाथ खरेल ##
ज्यालादारी मजदुर, पुँजीपति र भूस्वामीले पुँजीबाट उत्पादनमा आधारित आधुनिक समाजको तीन ठुला वर्ग निर्माण गर्दछन् । श्रम, यन्त्र र पुँजीको प्रयोगबाट प्राप्त भएको भूमिको उपज पनि तिनीहरूमा विभाजित हुन्छ । यसबारे माक्र्सको भनाइ थियो : (१) वर्गको अस्तित्व उत्पादको विकासको निश्चित चरणसँग ऐतिहासिक युगबाट जोडिएको छ । (२) वर्गसङ्घर्षले अनिवार्य रूपमा सर्वहारा वर्गको अधिनायकत्वको दिशामा लिएर जान्छ । ३. यो अधिनायकत्व स्वयम् सबै वर्गको उन्मूलन तथा वर्गविहीन समाजमा सङ्क्रमण मात्र हो ।
दास बनाउने समयको शक्तिले आर्थिक परिस्थितिलाई नियन्त्रण गर्नुको बदला उल्टै आर्थिक परिस्थितिको सेवक बन्न गएको थियो । हाम्रो सम्पूर्ण आर्थिक, राजनीतिक र बौद्धिक विकासका लागि आधार दासव्यवस्था आवश्यक र मान्यताप्राप्त थियो । प्राचीन कालमा दासप्रथा नभएको भए आधुनिक कालमा समाजवाद पनि हुँदैनथ्यो ।
आधुनिक पुँजीवादी समाजले वर्गविरोधलाई समाप्त गरेन । सङ्घर्षका पुराना रूपको स्थानमा नयाँ रूप खडा गरिदियो । वर्गविरोधलाई सरल बनाइदियो । पुँजीपति र सर्वहारा दुई विरोधी वर्गमा धेरैभन्दा धेरै विभाजित हुँदै गइरहेको छ । पुँजीपति वर्गले वैयक्तिक मूल्यलाई विनिमय मूल्य बनाइदिएको छ । धार्मिक र राजनीतिक ढोकाका पर्दा पछाडि लुकेको शोषणको ठाउँमा नाङ्गो, निर्लज्ज, प्रत्यक्ष र पाशविक शोषणको स्थापना गरेको छ । वकिल, डाक्टर, पुरोहित, कवि र वैज्ञानिक सबैलाई आफ्ना वेतनजीवी मजदुर बनाइदिएको छ । पारिवारिक सम्बन्धलाई द्रव्यको सम्बन्धमा बदलिदिएको छ ।
प्रत्येक वर्गसङ्घर्ष एक राजनीतिक सङ्घर्ष हुन्छ । पुँजीपति वर्ग स्वयम्ले नै सर्वहारा वर्गलाई आफ्नो राजनीतिक र शिक्षणको तत्त्वबाट सम्पन्न गरिदिन्छ । पुँजीपति वर्गसँग लड्नका लागि हतियार दिन्छ भनेको पनि त्यही हो ।
अनेक राष्ट्रिय र स्थानीय साहित्य एक विश्व साहित्य तथा एक विश्व साहित्य र स्थानीय साहित्यबाट राष्ट्रिय साहित्य उत्पन्न भइरहेको छ । पुँजीपति वर्गले सम्पूर्ण जगत्लाई आफ्नै साँचोमा ढाल्दछ ।
जुन हतियारद्वारा पुँजीपति वर्गले सामन्तवादलाई ध्वस्त पारेको थियो, तिनीहरू नै अब पुँजीपति वर्ग विरुद्ध मोडिन्छन् । आजका मजदुर र आजका सर्वहारा वर्गले पुँजीपति वर्गको हतियार उपयोग गर्ने छन् । उनीहरूको श्रमले पुँजीको वृद्धि गर्दछ । आवादीका सबै वर्गबाट सर्वहारा वर्गको भर्ती हुन्छ । जन्मकालदेखि नै पुँजीपति वर्गसँग उसको सङ्घर्ष सुरु हुन जान्छ । इतिहासका सम्पूर्ण गतिविधिका सूत्रहरू पुँजीपति वर्गको हातमा केन्द्रित रहन्छन् । हरेक विजय पुँजीपति वर्गको विजय हुन्छ । मजदुरको लडाइँको वास्तविक फल तात्कालिक लडाइँको नतिजामा छैन बरु निरन्तर बढ्दो एकतामा छ ।
प्रत्येक वर्गसङ्घर्ष एक राजनीतिक सङ्घर्ष हुन्छ । पुँजीपति वर्ग स्वयम्ले नै सर्वहारा वर्गलाई आफ्नो राजनीतिक र शिक्षणको तत्त्वबाट सम्पन्न गरिदिन्छ । पुँजीपति वर्गसँग लड्नका लागि हतियार दिन्छ भनेको पनि त्यही हो ।
सर्वहारा वर्गको हातमा भविष्य भएकाले पुँजीपति वर्गको इतिहासको गतिलाई सैद्धान्तिक रूपमा बुझ्न सक्ने स्तरमा उठाएको एक भाग सर्वहारा वर्गसँग आएर मिल्दछ ।
पुँजीवादी व्यवस्थाका अन्य सबै वर्गभन्दा वास्तवमा सर्वहारा वर्ग मात्र मौलिक विशिष्ट उपज हो । निम्नमध्यम वर्गका मानिसले आफ्नो वर्तमान होइन, भविष्यको हितरक्षा गरेर सर्वहारा वर्गको विश्व दृष्टिकोण अपनाउँछन् । लम्पट सर्वहारा वर्गलाई प्रतिकृयावादी षड्यन्त्रको भाडाको टट्टुको काम गर्नका लागि बढी योग्य बनाइदिन्छ । वर्गमा वर्गचेतनाको विकास अनिवार्य हुन्छ ।
पुँजीको आधुनिक जुवाले सर्वहारा वर्गको राष्ट्रिय चरित्रमा सम्पूर्ण चिह्नको अन्त गरिदिएको छ । कानुन, नैतिकता, धर्म उसका लागि पुँजीवादी आडम्बर मात्र हुन् । तिनीहरूको आडमा घातक पुँजीवादी हित लुकेका छन् ।
पुँजीपति वर्ग अहिले मात्रै अस्तित्वमा आएको वर्ग होइन । ऊ प्रगतिशील चरित्रसँगै सामन्तसँगको लामो सङ्घर्षमा खारिएको वर्ग हो । उसले नाफा बढाउने प्रयत्नमा धेरै समय पास गरिसकेको छ । पुँजीपति वर्ग सुरुदेखि नै मजदुरको शोषणमा जन्मिएर हुर्किएको वर्ग हो । पुँजीपति वर्गलाई जन्माउने, हुर्काउने, पालनपोषण गर्ने सबै मजदुरले नै गरेका हुन् ।
सत्ता पल्टाउनेभन्दा सत्ता सम्हाल्ने काम अझ बढी महत्त्वको काम हो । सङ्ठन, सङ्घर्ष र आन्दोलनबाट खारिएर स्पात नभइकन आफ्नो वर्गको सत्ता सञ्चालनको आशा गर्नु दुस्वप्न मात्रै हो ।
पुँजीवाद औद्योगिक प्रतिस्पर्धात्मक पुँजीवाद र एकाधिकारी पुँजीवाद गर्दै उसको विकासको अन्तिम र मरणासन्न अवस्थामा अस्तित्व धानेर रहेको छ । मजदुरको राजनैतिक चेतनास्तर उच्च हुन र वर्गीय चेतनास्तर उच्च भई समाजवादी विश्व दृष्टिकोणका साथ सङ्गठित शक्ति प्रदर्शन गर्ने र अरू शोषित–पीडित श्रमजीवी जनताको सहयोग र समर्थनमा आन्दोलनमा खारिएर विकास गरेको अवस्थाबेगर यो वर्ग जतिसुकै प्रतिकृयावादी र प्रतिगामी भए पनि सत्ताच्यूत हुन्न ।
सत्ता पल्टाउनेभन्दा सत्ता सम्हाल्ने काम अझ बढी महत्त्वको काम हो । सङ्ठन, सङ्घर्ष र आन्दोलनबाट खारिएर स्पात नभइकन आफ्नो वर्गको सत्ता सञ्चालनको आशा गर्नु दुस्वप्न मात्रै हो ।
सङ्ठन निर्माण गर्ने काम सजिलो काम होइन तर सङ्ठन निर्माण गर्नेभन्दा हजारौँ गुणा अप्ठेरो काम त्यो सङ्ठन सञ्चालनमा निरन्तरता दिने काम हो । अवसरवादीले त्यो अप्ठेरो काम नगरेर आन्दोलन सबै चिज हो र अन्तिम उद्देश्य केही पनि होइन भन्ने गर्दछन् । आन्दोलनको उद्देश्य जस्तो सबैभन्दा महत्त्वपूर्ण पक्षलाई उनीहरूले बेवास्ता गर्न पुग्छन् तर क्रान्तिकारीले आन्दोलनको भविष्यलाई ध्यान दिएर काम गर्छन् ।
सर्वहारा वर्गले पहिले र अहिलेसम्मका सबै अधिकरण प्रणालीको अन्त्य नगरिकन समाजमा उत्पादक शक्तिको स्वामी बन्न सक्दैन । ऊसँग जोड्न र सुरक्षित राख्नका लागि आफ्नो केही पनि छैन । उसको जीवनको लक्ष्य निजी सम्पत्तिका पुराना सवै ग्यारेन्टी र जमानतलाई नष्ट गरिदिनु हो ।
सर्वहारा आन्दोलन बहुमतको फाइदाका लागि हुने सचेत तथा स्वतन्त्र आन्दोलन हो । हरेक देशका सर्वहारा वर्गले पहिले आफ्नै पुँजीपतिसँग लड्नुपर्ने छ ।
उद्योगको प्रगतिसँगै मजदुर आफ्नो वर्गको अस्तित्वका लागि आवश्यक अवस्थाभन्दा तल गिर्दै जान्छ । उसको गरिब आवादी र सम्पत्तिभन्दा पनि बढी तीव्रतापूर्वक बढ्दा पुँजीपति वर्ग आफ्नो दासलाई दासत्वको अवस्थामा जीवित रहने ग्यारेन्टी दिन असमर्थ छ किनभने मजदुरको जीवनस्तरमा आइपर्ने गिरावट रोक्न सकिँदैन ।
समाज पुँजीपति वर्गको मातहतमा अब रहन सक्दैन । पुँजीपति वर्गको अस्तित्व अब समाजसँग मेल खाँदैन । पुँजीपति वर्गको अस्तित्व र प्रभुत्वको अनिवार्य शर्त पुँजीको निर्माण र वृद्धि हो । पुँजीको शर्त ज्यालादारी श्रम हो । त्यो मजदुरको आपसी प्रतिस्पर्धामाथि निर्भर रहन्छ । प्रतिस्पर्धाबाट अलगावको स्थानमा उनीहरूको ससर्गले अन्य क्रान्तिकारीसँग एकता कायम गरिदिन्छ ।
विश्व इतिहासले सिकाएको र माक्र्सले निकालेको निष्कर्ष वर्गसङ्घर्षलाई व्यवहारमा लागु गर्ने हो । व्यवहारमा लागु गर्न तीनओटा आवश्यक शर्त हुन्छन् : पहिलो– सङ्गठित शक्ति, दोस्रो– सिद्धान्तको अध्ययन र तेस्रो– व्यवहारमा प्रयोग । सिद्धान्त मुख्य हो तर व्यवहारमा लागु गर्नकै लागि हो ।
पुँजीपति वर्गले सर्वोपरी आफ्नो चिहान खन्नेलाई जन्म दिन्छ । उसको पतन र सर्वहारा वर्गको विजय दुवै समान रूपले अनिवार्य छन् ।
सङ्घर्षका रूपमा राजनैतिक सङ्घर्ष सबैभन्दा मुख्य सङ्घर्ष हो । यसले राजनैतिक आन्दोलनको बलमा आमूल परिवर्तनको उद्देश्यसहित काम गर्छ । सहयोगी रूप आर्थिक र वैचारिक रूप हुन् । यिनीहरू राजनैतिक सङ्घर्ष उठान गर्न, राजनीतिक सङ्घर्षको अवधिभर व्यवस्थित गर्न र सत्ताप्राप्तिपछि औचित्यता सावित गर्न पनि आवश्यक हुन्छन् ।
मानिसका ठुला ठुला समूहलाई वर्ग भनिन्छ । उनीहरू सामाजिक प्रणालीको निश्चित ऐतिहासिक क्रममा आआफ्नो स्थानको दृष्टिले फरक हुन्छन् । उत्पादनका साधनसँग कानुनद्वारा सुनिश्चित र प्रतिवादी गरिएका सम्बन्धको हिसाबले फरक हुन्छन् । श्रमको सामाजिक सङ्ठनमा आफ्नो भूमिकाको दृष्टिले र सम्पत्ति प्राप्त गर्ने पद्धति, त्यसको परिमाण तथा मालिकत्वका हिसाबले पनि एकअर्काबाट भिन्न हुन्छन् ।
सामाजिक अर्थव्यवस्थाको निश्चित प्रणालीमा अलग अलग किसिमका स्थान ग्रहण गर्ने हुनाले वर्गहरू मानिसका एकले अर्कोलाई श्रमको शोषण गर्न सक्ने समूह हुन् । पुँजीवादी समाजको उदय भएपछि प्रारम्भिक समाजवाद काल्पनिक समाजवाद थियो । पुँजीवादी समाजको आलोचना गर्ने, निन्दा र भत्र्सना गर्ने गर्दै व्यवस्थाको विनाशको सपना देख्दथ्यो । राम्रो व्यवस्थाको सुखद कल्पना गर्दथ्यो । धनवान् मानिसलाई शोषणको अनैतिकतासँग सहमत गराउने प्रयास गर्दथ्यो । त्यसले न त ज्यालादारी दासताको वास्तविक व्याख्या, न त विकासका नियमलाई पत्ता लगाउने काम, न सामाजिक शक्तितिर सड्ढेत गर्न सक्यो । काल्पनिक समाजवादले समाधान गर्न र नयाँ समाजको रचना दुवै गर्न नसकेको हुनाले कल्पनामा मात्र सीमित भयो । कुरा स्पष्ट हुँदै गयो कि सम्पूर्ण विकासको आधार र त्यसको प्रेरक शक्ति वर्गहरूको सङ्घर्ष हो ।
विश्व इतिहासले सिकाएको र माक्र्सले निकालेको निष्कर्ष वर्गसङ्घर्षलाई व्यवहारमा लागु गर्ने हो । व्यवहारमा लागु गर्न तीनओटा आवश्यक शर्त हुन्छन् : पहिलो– सङ्गठित शक्ति, दोस्रो– सिद्धान्तको अध्ययन र तेस्रो– व्यवहारमा प्रयोग । सिद्धान्त मुख्य हो तर व्यवहारमा लागु गर्नकै लागि हो ।
हामी बसिरहेको समाजमा पुरानो व्यवस्थाका विरुद्ध नयाँ व्यवस्थाका लागि आफ्नो सामाजिक स्थितिको कारण समर्थ हुने शक्तिलाई पत्ता लगाएर उनीहरूको सङ्घर्षका लागि लागि जागृत र सङ्गठित गर्नुपर्दछ । वर्गसङ्घर्ष चलाएर सर्वहारा वर्ग, जागृत र शिक्षित भइरहेको छ ।
पुँजीवादी समाज पूर्वाग्रहबाट मुक्त हुँदै गइरहेको छ । आफ्ना शक्तिलाई स्पातिलो बनाउँदै अदम्य रूपमा विकसित भइरहेको छ । गुणात्मक रूपले भिन्न अन्तरविरोधलाई केवल गुणात्मक रूपले भिन्न तरिकाबाट मात्र हल गर्न सकिन्छ ।
सामाजिक क्रान्ति सर्वथा आवश्यक छ, सर्वथा सम्भव पनि छ । मानवताको सम्पूर्ण इतिहास र बोल्सेभिक पार्टीको विजयले यो वैज्ञानिक सत्यलाई पुष्टि गर्दछ ।
समाजको मूल अन्तरविरोध उत्पादनको सामाजिक स्वरूप र स्वामित्वको व्यक्तिका स्वरूपबिचको अन्तरविरोध हो । यसको अभिव्यक्ति अलग अलग किसिमले उत्पादनका क्षेत्रमा उत्पादनको अस·ठित स्वरूपको बिचको अन्तरविरोधमा हुन्छ । यो अन्तरविरोधको वर्गीय अभिव्यक्ति पुँजीपति वर्ग र सर्वहारा वर्गबिचको अन्तरविरोधमा हुन्छ । मुख्य अन्तरविरोधको अस्तित्व र विकासले अन्य अन्तरविरोधको अस्तित्व र विकासलाई निर्धारित या प्रभावित गर्दछ । मुख्य र गौण अन्तरविरोध पूर्ण पक्षमा एउटा मुख्य र अर्को गौण हुन आवश्यक छ । कुनै वस्तुको गुणको निर्धारण अन्तरविरोधको मुख्य पक्षले गर्दछ । त्यसले प्रमुख स्थान प्राप्त गरेको हुन्छ । कुनै वस्तुमा निहित दुवै अन्तरविरोधपूर्ण पक्षमा केही परिस्थितिका कारणले एक अर्कोमा बदलिने आफ्नो विपरीत स्थितिमा पुग्ने प्रवृत्ति हुन्छ । केही परिस्थितिमा विपरीत तत्त्वको बिचमा समरूपता तथा अन्तरसम्बन्ध नभएको भए शासक शासितमा र शासित शासकमा परिवर्तन हुन असम्भव हुने थियो । मित्रशक्तिवीच सङ्घर्ष गरे पनि एकताको प्रयासका लागि र शत्रुशक्तिमा एकता गरे पनि सङ्घर्षको प्रयासका लागि हुने हुनाले त्यस्तो हुन्छ ।
अन्तरविरोधपूर्ण वर्ग समाजमा लामो समयदेखि सहअस्तित्वको स्थितिमा रहन्छन् र आपसमा सङ्घर्षरत हुन्छन् । दुवै वर्गबिचको अन्तरविरोध जबसम्म विकसित भएर एक निश्चित चरणमा पुग्दैन, दुवै पक्षले यस्तो खुला विरोधको रूपधारण गर्दैनन् । क्रान्तिमा विकसित हुँदैनन् । वर्ग समाजभित्र शान्तिको युद्धमा रूपान्तरण पनि यस्तै हुन्छ । पुराना अन्तरविरोधलाई हल गर्न र नयाँ वस्तलाई उत्पादन गर्नका लागि अन्तमा खुला विरोधको रूपधारण गर्दछन् ।
सामाजिक क्रान्ति सर्वथा आवश्यक छ, सर्वथा सम्भव पनि छ । मानवताको सम्पूर्ण इतिहास र बोल्सेभिक पार्टीको विजयले यो वैज्ञानिक सत्यलाई पुष्टि गर्दछ ।
विश्वमा अहिले विज्ञान र प्रविधिको विकासले गर्दा उत्पादन वृद्धि विकासका केन्द्र, पुँजीपतिका अनुसन्धान केन्द्र र विश्वविद्यालयका अनुसन्धान शाखाबाट मुख्य रूपमा सञ्चालित छन् । जुन देशमा विज्ञान प्रविधि जति धेरै चुस्तदुरुस्त छन्, विकासमा फड्को त्यही देशले गर्न सकेको छ । विज्ञान र प्रविधिका मुख्य वैज्ञानिक र प्राविधिक हुन् ।
तिनीहरू पुँजीपतिका कर्मचारी र पुँजीवादका सेवक र सहयोगी हुँदासम्म आमूल परिवर्तनका लागि अनुकूलता हुँदैन । तिनीहरूमा वर्गीय चेतना र सङ्गठित शक्तिसहित आन्दोलनमा सहभागी बनाएर पुँजीपति वर्गको तख्ता पल्टाउनु आजको आवश्यकता हो । उनीहरूको मिहिनेत र पसिनाले विश्वमा व्यवस्था र उत्पादनको काममा फड्को मारेको एकातिर, उनीहरू पुँजीपति वर्गको विरोधमा उत्रन सक्ने र सक्नुपर्ने कारण अर्कोतिर—दुवैले गर्दा सर्वहारा वर्गको नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न हुने अथवा समाजमा आमूल परिवर्तन भई नयाँ युगको सुरु हुने बलियो सम्भावना छ ।