खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्वारा संचालित सिटी एरिया ‘बी’ अन्तर्गत रामपुरामा मूल प्रवाहको भेला सम्पन्न भएको छ । भेलाले नौ सदस्यीय टोल समिति गठन गरेको छ ।
Advertisement
कार्यक्रममा मूल प्रवाहका वैकल्पिक केन्द्रीय सदस्य तारा सोमरेले मूल प्रवाहको विधान, घोषणा पत्र लगाएत समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।
समितिको अध्यक्षमा किसन क्षेत्री, सचिव लेखनाथ अधिकारी, कोषाध्यक्ष मनिराम भाट क्षेत्री, सदस्यहरुमा कमला क्षेत्री, लक्ष्मी क्षेत्री, सुरज बेल्बासे, शंकर भाट क्षेत्री, थमन क्षेत्री रहनुभएको छ भने एक स्थान रिक्त राखिएको छ ।
कमला क्षेत्रीको अध्यक्षता तथा कमला बगालेको सञ्चालनमा कार्यक्रममा नवनिर्वाचित समितिलाई क्षेत्रीय महिला विभाग सदस्य चन्द्रा सोमारेले बधाई तथा शुभकामना दिनु भएको थियो ।
