काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्यमा वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य भने घटाएको छ ।
Advertisement
सोमबार राति १२ बजेदेखि लागू हुनेगरी एलपी ग्यासको मूल्यमा २५ रुपैया थप गरेको हो । पेट्रोल, डिजल र मट्टितेलमा भने १/१ रुपैया मूल्य घटाएको छ । नयाँ मूल्य अनुसार काठमाडौंमा एलपी ग्यासको खुद्रा विक्री मूल्य प्रति सिलिण्डर रु १,३७५ कायम भएको छ ।
पेट्रोलको मूल्य रु ११० तथा डिजल र मट्टितेलको रु ९९ प्रति लिटर कायम गरेको छ ।
हवाई ईन्धनको मूल्य भने हाल यथावत नै राखिएको निगमले जनाएको छ ।