• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

कोरोनाभाइरसः संक्रमण भएपछि मानिसको शरीरमा के हुन्छ ?


  •   सोमबार, माघ २०, २०७६ मा प्रकाशित
  • काठमाडौं । नयाँ कोरोनाभाइरसविरुद्धको संघर्ष चिकित्सकहरूका लागि अनिश्चिततातर्फको यात्रा भइरहेको छ। यो भाइरसले शरीरमा कसरी आक्रमण गर्छ ? यसका लक्षणहरू के हुन् ? सबैभन्दा गम्भीर रूपमा बिरामी पर्ने वा ज्यान नै गुमाउन सक्ने जोखिममा को हुन्छ ? यसको उपचार कसरी हुन्छ ?

    Advertisement

    महामारीको सबैभन्दा ठूलो मार झेलिरहेको चीनको वुहानस्थित एउटा अस्पतालले यसबारे उत्तर दिन थालेको छ । त्यहाँ उपचार गरिएका सुरुका ९९ बिरामीको विस्तृत समीक्षा लान्सिट मेडिकल जर्नलमा प्रकाशित भएको छ ।

    फोक्सोमा आक्रमण
    ती सबै ९९ बिरामीलाई अस्पताल लगिँदा निमोनियाको सङ्क्रमण देखिएको थियो ।
    अन्य लक्षण यस्ता थिए
    ८२ जनालाई ज्वरो आएको थियो
    ८१ जनालाई रुघाखोकी लागेको थियो
    ३१ जनाको श्वासप्रश्वासमा समस्या भएको थियो
    ११ जनालाई मांसपेशी दुस्ख्ने समस्या थियो
    ९ जनामा मिश्रित समस्या देखिएको थियो
    ८ जनालाई टाउको दुस्खेको थियो
    ५ जनाको घाँटीमा सङ्क्रमण भएको थियो

    प्रारम्भिक मृत्यु
    ज्यान गुमाउने प्रथम दुई बिरामी लामो समयदेखि धूमपान गर्ने व्यक्ति भए पनि झट्ट हेर्दा सामान्य देखिन्थे। तर चुरोटले उनीहरूको फोक्सो कमजोर बनाएको हुन सक्छ। तीमध्ये ६१ वर्षीय पुरुषलाई अस्पताल ल्याइँदा गम्भीर अवस्थाको निमोनिया भएको थियो । उनको फोक्सोले शरीरमा पर्याप्त अक्सिजन प्रवाह गर्न सकेको थिएन । भेन्टिलेटरमा राख्दा पनि उनको फोक्सोले काम गर्न सकेन र उनले सास फेर्न छाडे । अस्पताल भर्ना भएको ११ दिनपछि उनको मृत्यु भयो ।

    अर्का बिरामी ६९ वर्षीय पुरुष थिए। उनलाई सास फेर्न गाह्रो भएको थियो । उनलाई एउटा कृत्रिम फोक्सोको सहायतामा राखियो । गम्भीर निमोनिया र शरीरभरि सङ्क्रमण फैलिएपछि रक्तचाप ह्वात्तै घट्यो र उनको मृत्यु भयो ।

    ज्यानुअरी २५ सम्ममा ती ९९ बिरामीमध्ये ५७ जना अझै अस्पतालमा छन् । ३१ जना घर फर्केका छन् । ११ जनाको मृत्यु भएको छ ।
    त्यसको अर्थ यस रोगको मृत्युदर ११ प्रतिशत हो भन्ने चाहिँ होइन ।

    अस्पतालमा भएका केहीको अझै ज्यान जान सक्छ भने सामान्य लक्षण देखिएका धेरै मानिस अस्पताल नै नआएका पनि हुन सक्छन् ।

    बजारसँग सम्बन्ध
    यो नयाँ भाइरसलाई २०१९ एन सीओभी नामकरण गरिएको छ । ह्वानेनस्थित एउटा समुद्री खाद्यपदार्थ बजारमा जिउँदै बेच्न राखिएका जीवबाट उक्त भाइरस फैलिएको अनुमान छ । सङ्क्रमण भएको पहिला पुष्टि भएका ९९ जनामध्ये ४९ जनाको उक्त बजारसँग प्रत्यक्ष सम्बन्ध थियो ।

    दुई जना सामान किन्न गएका ग्राहक थिए भने ४७ जना त्यहीँ काम गर्थे । उनीहरूको औसत आयु ५६ थियो र ६७ जना पुरुष थिए। यद्यपि द चाइना सेन्ट्रर्स फर डीजिज कन्ट्रोल एन्ड प्रिभेन्शनले प्रकाशित गरेको एउटा विवरणले १।२ पुरुष प्रभावित हुँदा १ महिला प्रभावित हुने देखाएको छ ।

    यसले दिने सन्देश यस्ता हुन सक्छन्ः
    पुरुषहरू सबैभन्दा बढी प्रभावित हुन सक्छन्। त्यसैले उनीहरूलाई अस्पतालमा उपचार गरिनुपर्छ । सामाजिक र सांस्कृतिक कारणले गर्दा प्रकोपको आरम्भमा पुरुषहरू भाइरसको सङ्क्रमणमा धेरै परेका हुन सक्छन् ।

    पुराना बिरामी
    ती ९९ जनामध्ये धेरै जना पहिले नै अन्य केही रोगबाट पीडित थिए। त्यसैले कमजोर प्रतिरक्षा प्रणालीका भएको हुनाले भाइरसको सङ्क्रमण भएको हुन सक्छ । ४० जनाको मुटु कमजोर थियो वा रक्तनलीहरू बिग्रिएका थिए। उनीहरू हृदयरोग र स्ट्रोकजस्ता समस्याबाट पीडित थिए । १२ जनामा मधुमेह थियो । बीबीसी

    सोमबार, माघ २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.