खिमराज चालीसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले हिमाञ्चलमा फेला परेको नेपालीको शव दाहसंस्कार गर्न आफन्तलाई मद्दत गरेको छ । मृतक सिन्धुपाल्चोकका ६० वर्षीय पासाङ धावा रहेको जानकारी प्राप्त भएको छ ।
भारतको हिमांचल राज्यको रिकाङपिओमा प्रशासनले वेवारिसे अवस्थामा एक नेपाली श्रमिकको शव फेला पारेको थियो । आफन्तको खोजीपछि शनिबार (१४ जनवरी) मा उनको दाहसंस्कार गरिएको हो ।
मूल प्रवाह रिकाङपिओकोलाई स्थानीय प्रशासनले मृतकको बारेमा दिएको जानकारीको आधारमा खोजतलास गर्दा मृतकाका छोरा हिमाचलमा सम्पर्कमा आएका थिए ।
स्मरण रहोस् हिमांचल राज्यमा वर्षौंदेखि काम गर्दै आइरहेका तर नेपालको स्थायी ठेगाना बताउन नसक्ने नेपाली श्रमिकहरु पनि अत्यधिक छन्।
मृतक पासाङ धावाको दाहसंस्कारका लागि मूल प्रवाह नगर सचिव मिथुन सिंह, सहसचिव रनबहादुर तामाङ, सदस्यहरु तारा चन्द, ओमप्रकाश र रतन लगाएतको पहलमा दाहसंस्कारमा उपस्थित सबै श्रमिक नेपालीहरुले नेरु ८ हजार ८८० रुपैयाँ संकलन गरि मृतक धावाका छोरालाई हस्तान्तरण गरिएको नगर सचिव मिथुन सिंहले जानकारी दिनु भएको छ ।