• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

दुई दिनदेखि थामिएको छैन मदनकाजीको आँसु


  •   सोमबार, माघ ०२, २०७९ मा प्रकाशित
  • लेखनाथ । परिवारलाई सान्त्वना दिन आज दिउँसो स्थानीयवासीको भीड थियो पोखराको गणेशटोलस्थित मदनकाजी श्रेष्ठको घरमा ।

    Advertisement

    बैठक कोठाको ‘लोबेड’ मा सुतिरहनुभएका श्रेष्ठको आँखाबाट आँसु बगिरहेको देखिन्थ्यो । छिनछिनमा गम्छाले आँसु पुछिरहेको दृश्यले त्यहाँ पुग्ने आधिकाशंको आँखा पनि रसाइरहेको थियो । त्यही समयमा सान्त्वना दिनकै लागि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले उहाँको मोबाइलमा फोन गर्नुभयो तर पहिलो पटक श्रेष्ठको फोन उठेन, पुनः अर्को पटक फोन गर्नुभयो, श्रेष्ठले दोस्रो पटकको फोन उठाउनुभयो तर श्रेष्ठको वाक्य स्पष्ट हुनै सकेन ।

    उहाँ छिनछिनमा नाति, छोरा र बुहारीलाई सम्झिएर भक्कानिनु हुन्थ्यो । विभिन्न रोगसँग लड्दै आउनुभएका श्रेष्ठलाई आइतबार पोखरामा भएको जहाज दुर्घटनाबाट परिवारमा परेको बज्रपातले झनै कमजोर बनाएको छ । उहाँका कान्छा छोरा, बुहारी र १५ महिने नातिको पोखराको सेती खोँचमा भएको जहाज दुर्घटनामा परेर निधन भएको छ ।

    परिवारसँग बसेर खुसीसाथ माघे संक्रान्ति मनाउने सपना बोकेर काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको एटिआर दुर्घटनाले मदनकाजीका कान्छा छोरा ३८ वर्षीय डा सुशील श्रेष्ठ, बुहारी डा सोना श्रेष्ठ र १५ महिने नाबालक नातिको सपना अधुरै बन्यो ।

    आँखामा राखे पनि नबिझाउने, अनुशासित डा सुशील र उहाँकी पत्नी र छोराको निधनले गाउँ नै शोकमा डुबेको छिमेकी कृष्णमान पालिखेले बताउनुभयो । ‘सबैलाई सम्मान र अनुशासित व्यक्तिको निधनले समाज र गाउँलाई नै टुहुरो बनाउँदो रहेछ’, उहाँले भन्नुभयो, ‘भुल्छु भन्दा पनि उनीहरूले आफूप्रति गरेको माया र सम्मानलाई भुल्नै सक्दिनँ ।’

    एकीकृत समाजवादीका नेता मदनकाजी पनि सामाजिक सेवामा दिनरात खटिने र छोरा सुशील पनि सरल स्वभावका थिए तर दुर्घटनाले परिवार नै समाप्त पारिदियो । सुशीलकी आमा पनि अर्धचेत अवस्थामा हुनुहुन्छ, घरिघरि छोरा बुहारी र भरभराउने नातिको सम्झना आइरहन्छ उहाँलाई ।

    उनीहरू तीन जनाकै शव फेला परिसकेको छ तर शवहरू क्षतविक्षत अवस्थामा छन् । दुई वर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरमा अर्थोपेडिक सर्जनका रूपमा कार्यरत थिए श्रेष्ठ । डा सोना पनि एमडी गर्दै हुनुहुन्थ्यो । डा सुशीलले काठमाडौँ मेडिकल कलेजबाट एमबिबिएस पढेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गर्नुभएको छ ।

    तीनै जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको छ । मङ्गलबार मात्र शव बुझाउने तयारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको छ । आज मृतकका आफन्तहरू दिनभर शव प्राप्त गर्ने प्रतीक्षामा अस्पतालमा बसेको भए पनि शव प्राप्त गर्न नसक्दा निराश भएर फर्किएका छन् । शल्य परीक्षण ढिला हुँदा मृतकका आफन्तले आज शव बुझ्न सकेका छैनन् ।रासस

    सोमबार, माघ ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’
    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    भर्खरै

    • १.
      साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

    • २.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • ३.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ४.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ५.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ६.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ७.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ८.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.