• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

संसदमा विपक्षी दलको नेता को हुन्छ ?


  •   सोमबार, माघ ०२, २०७९ मा प्रकाशित
  • मनोज भट्ट ##
    १. सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन–२०७३ ले विपक्षी दलको नेता तथा त्यसको छनौटसम्बन्धी व्यवस्था गरेको छ ।

    Advertisement

    २. सङ्घीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को दफा २ को परिभाषा खण्डको (ङ) मा विपक्षी दलको नेतासम्बन्धी परिभाषा गरिएको छ ।

    ३. मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दल विपक्षी दलको परिभाषाभित्र पर्दैन† जस्तै ः उदाहरणका लागि प्रचण्ड नेतृत्वमा सरकारको गठन भएको छ । त्यसैले सरकारको गठन गर्ने दल माओवादीसहितका अहिलेको सत्ता समिकरणभित्रका दलहरू पर्दछन् । सरकारलाई समर्थन गर्ने दल नेपाली काङ्ग्रेससहितका छन् । नेपाली काङ्ग्रेसले मन्त्रिपरिषद् गठन गर्न समर्थन गरेकाले आफू प्रतिपक्षमै बस्ने भनेर दाबी गरे पनि त्यो दाबीको राजनीतिक अर्थ त होला तर कानुनले उसलाई विपक्षी दलको रूपमा चिन्दैन अर्थात् कानुनी दृष्टिकोणले सरकारलाई समर्थन गरेको हुनाले नेपाली काङ्ग्रेस विपक्षी दलभित्र पर्दैन ।

    ४. सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन–२०७३ अनुसार मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दलबाहेक विपक्षी दल हुनका लागि प्रतिनिधि सभा वा राष्ट्रियसभामा १० प्रतिशत वा सोभन्दा बढी सदस्य भएको दल आवश्यक हुने कानुनले व्यवस्था गरेको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा १० प्रतिशत सदस्य भन्नुको तात्पर्य २७.५ सदस्य अर्थात् २८ जना सदस्य हुन आउछन् । २८ जना वा सोभन्दा बढी सदस्य भएको दलले विपक्षी दलको मान्यता पाउने कानुनी व्यवस्था छ ।

    ५. कानुनले संसद्भित्र १० प्रतिशत वा सोभन्दा बढी सदस्य भएका एकभन्दा बढी दलको पनि कल्पना गरेको छ । यदि एकभन्दा बढी दलको बराबर सदस्य सङ्ख्या भएमा त्यस्तो अवस्थामा ती दलले पारस्परिक सहमतिका आधारमा आफूमध्येबाट मान्यता दिएको कुनै दललाई विपक्षी दलको मान्यता दिन सकिने कानुनी व्यवस्था छ ।

    ६. यदि संसद्भित्र १० प्रतिशत वा सोभन्दा बढी सदस्य नभएको स्थितिमा पनि के गर्ने भन्नेबारे पनि कानुनले आवश्यक व्यवस्था गरेको छ । यदि सरकार गठन गर्ने वा त्यो सरकारलाई विश्वासको मत दिने अर्थात् समर्थन गर्ने दलबाहेक प्रतिनिधि सभा वा राष्ट्रियसभामा १० प्रतिशत वा सोभन्दा बढी सदस्यहरू भएको कुनै पनि दल नभएमा प्रतिनिधि सभा वा राष्ट्रिय सभाका लागि सभामुख वा अध्यक्षले तोकिदिएको दलले विपक्षी दलको मान्यता प्राप्त गर्ने कानुनी व्यवस्था रहेको छ ।

    ७. पुस २६ गते प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत लिने बेला संसद्मा २७० जना सांसरूको उपस्थिति रहेको थियो । त्यसमध्ये २६८ जनाले सरकारको पक्षमा तथा राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले विपक्षमा मतदान गरेको थियो । राष्ट्रिय जनमोर्चा र मजदुर किसान पार्टीले संसदमा एक/एक सिट मात्रै विजयी हासिल गरेका छन् । यी दुई पार्टीबाहेक संसदभित्रको १० प्रतिशत वा सोभन्दा बढी सदस्य भएको दल अर्थात् २८ वा त्योभन्दा बढी सिट प्राप्त गरेको दल संसदमा नभएका कारण सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन–२०७३ को दफा २ को परिभाषा खण्ड (ङ) को ४ ले २८ भन्दा थोरै सिट प्राप्त गर्ने दलले पनि विपक्ष दलको मान्यता पाउने बाटो खोलेको छ ।

    सोमबार, माघ ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.