धर्मराज शर्मा, कोट्टयाम ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत कोट्टयाम महिला नगर विभागले तेस्रो भेला सम्पन्न भएको छ।
भेलामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य चोबनाथ शर्माको प्रमुख अतित्थ्यता रहेको थियो । भेलाको उद्घाटन मन्तव्य राख्दै शर्माले प्रवासी नेपालीहरु संगठित नभएसम्म श्रमजीवि नेपालीहरुका न्यायपूर्ण माग पुरा नहुने भन्दै भारतस्थित सम्पूर्ण श्रमजीवि नेपालीहरु मूल प्रवाहको झण्डामुनी गोलबन्द हुन आव्हान गर्नु भयो ।
भेलाले खिरमाया थापाको संयोजकमा ३९ सदस्यीय महिला नगर विभाग गठन गरेको छ । समितिको सदस्यहरुमा धनकुमारी केसी, बालिका देवि शर्मा, देवी रिजाल अधिकारी, कुमारी थापा, लक्ष्मी पौडेल, खुमादेवी शर्मा, सम्झना श्रीस थापा, पुष्पा देवी शर्मा, दुर्गा शर्मा, मिना सापकोटा, सरिता नेपाली, सपना मगर, पर्मिला पाठक, रुपा पौडेल, सरस्वती ओझा, पुष्पा देवी शर्मा, राधिका गौतम, रमा शर्मा, जीवन पाण्डे, शर्मिला खनाल पौडेल, सुनिता चालिसे, जुना कार्की, देवी कार्की, मिना कार्की, अम्बिकादेवी सुवेदी, धना दराई, विष्णुदेवी रेग्मी, निर्मला जैसी, सुनिता नेपाली, सशिकला जिसी, नर्वदा घिमिरे, लक्ष्मी रिमाल, कौशिलादेवी परियार, नन्दा गुरुङ, जुना नेपाली, रिमा सापकोटा र तारा पुन रहनु भएको छ ।
देवी रिजाल अधिकारीको सञ्चालन र खिरमायाँ थापाको अध्यक्षताबाट अगाडि बडेको सो भेलामा मूल प्रवाह दक्षिण भारत क्षेत्रीय सहसचिव तथा नग अध्यक्ष धर्मराज शर्मा, क्षेत्रीय सदस्य धनकुमारी केसी, क्षेत्रीय महिला विभागकी सदस्य बालिका देवी शर्मा, रक्तिम विभागकी सम्झना श्रीस थापा, नगर सदस्य लाल चन्द्र पौडेल, विद्यार्थी विभाग नगर सदस्य मनोज पौडेलको अतित्थ्यता गर्नुभएको थियो । ज्ञात अज्ञात सहिदहरुप्रति मौनधारण पश्चात कार्यक्रममा सहभागीहरुलाई खुमादेवी शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो ।
लक्ष्मी पौडेल, कुमारी थापा, प्रमिला पाठक, सरिता नेपाली, सपना मगरले भेला सफलताको शुभकामना दिनुभएको थियो ।
मूल प्रवाहका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा दक्षिण भारत क्षेत्रीय पूर्वअध्यक्ष मेघराज आचार्यको असामयिक निधनप्रति सभामा एक मिनट मौनधारण गरी मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो ।