दुर्गानाथ खरेल @#
भौतिक जीवनको उत्पादन पद्धतिले सामाजिक, राजनैतिक र बौद्धिक जीवनको आम प्रकृयालाई प्रभावित गर्दछ । आफ्नो इच्छाबाट स्वतन्त्र रूपमा भौतिक विकासको निश्चित चरणको अनरूप उत्पादन सम्बन्धनमा आबद्ध हुन्छन् । समाजको त्यो आर्थिक संरचनको आधारमाथि कानुनी र राजनीतिक उच्च संरचना खडा हुन्छ । त्यसको अनुरूप सामाजिक चेतनाको निश्चित रूपहरू हुन्छन् । मानिसको सामाजिक अस्तित्वले उनीहरूको चेतनालाई निर्धारित गर्दछ ।
सम्पत्ति सम्बन्धहरू उत्पादक शक्तिको बन्धन बन्न गएपछि सामाजिक क्रान्तिको युग सुरु हुन्छ । उत्पादनका आर्थिक परिस्थितिको भौतिक रूपान्तरणलाई प्रकृति विज्ञानको निर्धारणमा र कानुनी राजनीतिक, धार्मिक कलात्मक अथवा दार्शनिक र विचारधारात्मक रूपहरूको बिच हुने टकरावप्रति सचेत हुन्छन् । यस टकरावमाथि विजय प्राप्त गर्नका लागि भेद गरिनुपर्छ ।
भौतिक जीवनका अन्तरविरोधको आधारमा चेतनाको व्याख्या गर्दा उत्पादनका सामाजिक शक्ति र उत्पादन सम्बन्धका बिचको टकराव पनि ख्याल गरिनुपर्छ । समाजमा प्रचलित व्यवस्थाको अन्तका लागि सबै उत्पादक शक्तिको पर्याप्त विकास भएको हुनुपर्दछ । उत्पादक शक्,ित जसको मुक्तिका लागि आमूल परिवर्तन गर्नुपर्ने हो, उही सचेत र सङ्गठित नभएको अवस्थामा छिट्टै प्रतिक्रान्ति हुन्छ ।
आफ्नो अस्तित्वका भौतिक परिस्थिति परिपक्व भएर पुरानो सम्बन्धको स्थान लिन सक्ने अवस्था नभएसम्म नयाँ उत्पादक शक्तिले पुरानो ठाउँ कब्जा गर्न सक्दैन । यही कारणले हो कि प्रचलित समाज व्यवस्थाको सजिलै अन्त हुँदैन ।
सामाजिक अन्तरविरोध चर्कदै गएर समस्या समाधानको भौतिक परिस्थिति विद्यमान भएको अवस्था अथवा भौतिक परिस्थितिको आधार निर्माण भई गतिशील रहेको अवस्थामा मात्रव्वयक्ति वा पार्टीले अनिवार्य कर्तव्य निर्धारण गर्न सक्दछ । व्यक्तिगत विरोधको अर्थमा विरोधले मात्र समस्याको समाधान गर्दैन । त्यसको अतिरिक्त व्यक्तिहरूको जीवनका सामाजिक स्थितिबाट उत्पन्न विरोधको अर्थमा हेर्दा पुँजीवादी समाजभित्र विकसित उत्पादक शक्तिहरूले विरोध समाधानका भौतिक परिस्थिति पनि निर्माण गर्छन्, तब मात्रै सामाजिक संरचनासँगै मानव समाजको प्राक्इतिहास समाप्त हुन जान्छ ।
आफ्नो ऐतिहासिक सामग्री अवलोकन गर्न र क्रमबद्ध गर्न त्यस युगका मान्छेहरूको वास्तविक जीवन प्रकयाको अवस्था र उनीहरूको कृयाकलाप दुवैको अध्ययनले मात्र वास्तविकतामा प्रकाश हाल्न सक्दछ ।
सम्पूर्ण मानव इतिहासको पहिलो आधार विद्यमान अवस्थाको जीवित मानव हो । इतिहासको लेखनकार्य प्राकृतिक आधारबाट इतिहासको प्रवाहको क्रमा मानव कृयाकलापको माध्यमबाट दुवैमा हुने परिवर्तनबाट आरम्भ गरिनुपर्छ । व्यक्तिले जसरी आफ्नो जीवन प्रकृया अभिव्यक्त गर्छ, त्यस्तै उनीहरू हुन्छन् । व्यक्तिहरूको प्रकृति ती भौतिक अवस्थामा निर्भर हुन्छ, जसले उनीहरूको उत्पादनलाई निर्धारित गर्दछन् ।
उत्पादन प्रकृया अहिले पनि सामूहिक छ तर उत्पादकको श्रमशोषण गरेर व्यक्तिले नाफा बढाउने काम गरिरहने एकातिर र श्रमजीवी वर्गका व्यक्तिलाई सचेत र सङ्गठित भई आन्दोलन उठाउन अवरोध खडा गरेर एक्लाएक्लै र शक्तिहीन भएको महसुस गराउने अर्काेतिर—यी दुवै कारणले पुँजीपति वर्गले एकाधिकारी भई व्यवस्थाको आयु बढाउन सफल भएका छन् ।
अलग अलग मामिलामा अनुभवको आधारमा रहस्यमयीकरण र कल्पनाबिना उत्पादनसँग सामाजिक र राजनीतिक ढाँचाको सम्बन्धलाई अगाडि बढाएको हुनुपर्दछ ।
मनुष्यको अस्तित्व उनीहरूको वास्तविक जीवन प्रक्रिया हुन्छ । विचारको अथवा चेतनाको प्रारम्भ मानिसहरूको भौतिक क्रियाकलाप र भौतिक सम्बन्ध वास्तविक जीवनको भाषाद्वारा प्रत्यक्ष रूपमा गुथिएको हुन्छ । परिकल्पना, चिन्तन तथा मानसिक सम्बन्ध पनि उस्तै हुन्छ । जनताको राजनीति, कानुन, नैतिकता, धर्म, दर्शन आदिको भाषामा अभिव्यक्त भएअनुसार मानसिक सिर्जनामाथि भौतिक आचरण प्रत्यक्ष परिणामको रूपमा प्रकट हुन्छन् ।
मूल्याङ्कनको प्रस्थानविन्दु निरीक्षण हो । दोस्रो विधिमा सजीव व्यक्तिको रूपमा चेतनालाई मान्ने गरिन्छ । वास्तविक जीवनअनुसारको मूल्याङ्कन गर्दा सजीव मनुष्यपछि मात्र उनीहरूको चेतनाको गणना गरिन्छ । निरीक्षणको विधि पूर्वाधारबाट बञ्चित छैन । निश्चित अवस्थामा हुने अनुभवलाई प्रयोग गर्ने हो भने पनि अनुभवसमेत विकासको प्रकृयामा नै हुन्छ । त्यसकारण पूर्वाधारको रूपमा वास्तविक मनुष्य र उसका अनुभवलाई ध्यान दिन त पर्छ नै । उसको वैचारिक विकास पनि आवश्यक हुन्छ ।
अनुभववादीहरूमा इतिहास निर्जीव तथ्यको सङ्ग्रहको रूपमा हुन्छ । सकृय जीवन प्रकयाको वर्णनमा भाववादीहरूले कल्पनामा आधारित भएर खोक्रा कुराको स्थान ग्रहण गर्दछन् । त्यसैले इतिहास तत्कालीन भौतिक परिस्थितिमा आधारित भएर नयाँ र पुरानो, उदाइरहेको र अस्ताइरहेको अथवा प्रगतिशील र प्रतिगामी पक्षविपक्षबिचको अन्तरविरोधको रूपमा अर्थ लगाइएको वास्तविकता हो ।
आफ्नो ऐतिहासिक सामग्री अवलोकन गर्न र क्रमबद्ध गर्न त्यस युगका मान्छेहरूको वास्तविक जीवन प्रकयाको अवस्था र उनीहरूको कृयाकलाप दुवैको अध्ययनले मात्र वास्तविकतामा प्रकाश हाल्न सक्दछ । हामीले आकर्षणलाई छान्ने छौँ र ऐतिहासिक प्रमाणद्वारा स्पष्ट गर्ने छौँ । इतिहास अलग अलग पिँढीहरूको शृङ्खलाबाहेक केही होइन ।
क्रान्तिकारीहरूले युगौँयुगका कसमलबाट छुटकारा पाउन सक्छन् र समाजलाई नयाँ ढङ्गबाट स्थापित गर्नका लािग योग्य बन्न सक्छन् । परिस्थितिले मनुष्यलाई बनाउँछ । ठिक त्यसैगरी जसरी मुनष्यले परिस्थितिलाई बनाउँछन् ।
व्यक्तिको वास्तविक बौद्धिक शक्ति पूर्णतया उसको वास्तविक सम्बन्धको सम्पदामाथि हुन्छ । व्यक्तिमा अवश्य पनि शारीरिक तथा मानसिक दुवै रूपले एकअर्काको रचना गर्दछन् तर पनि दुवैमा अर्थहीन भाव र निर्मित मनुष्यको रूप हुन्न । मान्छे भोतिक परिस्थितिको मातहतमा रहेका हुन्छ । उसको चेतना स्तर राजनैतिक पार्टीको उद्देश्यलाई ध्यान दिएर समाज परिवर्तन र रूपान्तरण गर्ने काममा लाग्दछ ।
समाजमा निरन्तर परिवर्तन र विकास भइरहेको हुन्छ । मात्रामा हुने परिवर्तनले आमूल परिवर्तनको स्तरसम्म विकास गर्दछ । समाज विकासको क्रममा क्रान्तिकारी परिस्थिति मात्रात्मक विकासमा अवश्य पनि भर पर्दछ तर पानी तताउँदै ९९ डिग्री सेन्टिग्रेडसम्म पानी रहने र १०० डिग्री पुग्दासाथ गुणात्मक परिवर्तन भई बाफमा रूपान्तरण हुने अवस्था समाजमा बढेको राजनैतिक चेतनास्तरको ठिक मूल्याङ्कन गर्न सकिने र क्रान्ति भई आमूल परिवर्तन हुने मापदण्ड निश्चित हुन्न । आन्तरिक र बाह्य परिस्थिति, अन्तर्राष्ट्रिय परिस्थिति र आन्दोलनको नेतृत्व गरिरहेको राजनीतिक पार्टीको आन्तरिक अवस्था आदि धेरै कारणले गर्दा दुई वर्षभित्र क्रान्ति सम्पन्न हुन सक्ने अथवा दुई सय वर्षसम्म पनि लाग्न सक्ने दुवै परिस्थिति हुन सक्छ । त्यसको सामना गर्नैपर्छ ।
विद्यमान सम्बन्धको अन्तर्गत समाजमा परस्पर विरोधी वर्गमध्ये समाजका लाभको उपभोग नगरिकन बोझ मात्र ब्यहोर्नुपर्ने वर्ग उत्पन्न हुन्छन् । त्यस्तो हुनुमा विद्यमान सम्बन्धअन्तर्गत यन्त्र र मुद्राबाट सङ्कट मात्र पैदा हुन सक्दछन् । व्यवस्थाअन्तर्गत नाफाको लागि उद्योग, खेती जस्ता उत्पादनका क्षेत्रमा, व्यापारको क्षेत्रमा, सेवाका क्षेत्रमा सबैका कारण यस्तो हुन सक्छ ।
समाजबाट बहिष्कृत भएर सबभन्दा बढी विरोध गर्नुपर्ने र तिनीहरू नै समाजका बहुसख्यक जनसङ्ख्याले आफूलाई सहयोग र समर्थन हँुदा क्रान्तिकारी चेतना आउन सक्छ । विद्रोही शक्ति अन्य वर्गमा पनि हुन सक्छन् । तिनीहरू सबैको प्रत्यनले क्रान्ति सम्पन्न हुने हो ।
अव्यवस्थाअन्तर्गत निश्चित उत्पादक शक्तिलाई उपयोग गरेर सम्पत्तिद्वारा सामाजिक शक्ति प्राप्त गर्छन् । आफ्नो व्यावहारिक भाववादी अभिव्यक्ति हरेक पटक राज्यको रूपमा मिल्दछ । प्रत्येक क्रान्तिकारी सङ्घर्ष त्यस वर्गको विरुद्ध लक्षित हुन्छ, जुन त्यस बेलासम्म सत्तारूढ हुन्छ ।
अहिलेसम्म अन्य मानिसहरूका बिचमा श्रमको नयाँ वितरणको प्रश्न मात्र थियो तर कम्युनिस्ट क्रान्तिकारी क्रियाकलाप पूर्ववर्ती विधिको विरुद्ध लक्षित हुन्छ । स्वयम्ले वर्गहरूसहित वर्गशासनलाई मेटाइदिन्छ । यो काम समाजमा वर्गको रूपमा गणना नगरिने समाजभित्रका वर्ग र जातिहरू आदिको विघटनको अभिव्यक्ति हुन्छ ।
कम्युनिस्ट चेतनाको विस्तार, सिर्जना तथा लक्ष्यको सफलताका लागि ठुलो परिणाममा मानिसहरूको परिवर्तन आवश्यक हुन्छ । त्यो काम व्यावहारिक आन्दोलन र क्रान्तिमा मात्र सम्भव छ । शासकको ख्ता पल्टाउने वर्ग केवल क्रान्तिबाट मात्र विकसित हुन सक्दछ ।
क्रान्तिकारीहरूले युगौँयुगका कसमलबाट छुटकारा पाउन सक्छन् र समाजलाई नयाँ ढङ्गबाट स्थापित गर्नका लािग योग्य बन्न सक्छन् । परिस्थितिले मनुष्यलाई बनाउँछ । ठिक त्यसैगरी जसरी मुनष्यले परिस्थितिलाई बनाउँछन् । कम्युनिस्टको सिद्धान्तले सिद्ध गर्दछ कि व्यावहारिक विकासका लागि क्रान्तिको विचारलाई पहिल्यै नै सयौँपटक प्रतिपादन गरिसकिएको छ । गतिका सामान्य नियमको पनि खोजी गर्नुपर्छ । तिनीहरूले मानव समाजको इतिहासमा आफूलाई प्रभावशाली रूपमा प्रकट गर्दछन् ।
सामाजिक विकासमा शान्तिको बदला क्रान्तिको ज्वाला प्रज्वलित भएर उठ्छ । यो वर्गीय चेतना भएको सङ्गठित र अनुशासित पार्टीको नेतृत्वमा उठाइएको आन्दोलनबाट समाजमा देखा पर्छ । आन्दोलनको ज्वारभाटा ब्यहोरेर अगाडि बढेको नेतृत्वको खारिएको पार्टीको विश्वासमा शोषित, पीडित श्रमजीवी जनताको सहयोग र समर्थनबाट सम्पन्न हुने क्रान्तिकारी काम हो ।
वास्तवमा सबै व्यक्तिहरूको चेतनागत हिसावले इच्छित लक्ष्यहरूका बाबजुद स्पष्टरूरपले सतहमा आकस्मिताको नै राज देखिन्छ । मानवलाई गतिशील बनाउने हरेक कुरा उसको मस्तिष्कबाट गुज्रनु अनिवार्य छ । त्यो कुराले मानव मस्तिष्कमा कुन स्वरूप ग्रहण गर्ने छ भन्ने कुरा धेरैजसो परिस्थितिमाथि निर्भर हुन्छ ।
आधुनिक इतिहासमा राज्य, राजनीतिक व्यवस्था गौण हो, नागरिक समाज सम्बन्धको क्षेत्र निर्णायक तŒव हो । समाजमा सङ्घर्षरत वर्गहरू आफ्नो युगका आर्थिक परिस्थितिबाट उत्पन्न भएका हुन् । मनुष्यको अस्तित्वलाई उसको चेतनाको आधारमा मूल्याङ्कन गर्ने र प्रमाणित गर्ने मार्ग खुल्यो । माक्र्सबाट सुरु भएको इतिहासको भौतिकवादी धारणा र अतिरिक्त मूल्यद्वारा पुँजीवादी उत्पादनको रहस्योद्घाटनबाट समाजवाद एउटा विज्ञान बन्यो । भौतिक उत्पादनका शक्तिहरू विकासको एउटा निश्चत चरणसँग मेल खाने सामाजिक उत्पादन सम्बन्धमा आफ्नो इच्छाबाट स्वतन्त्र भई आबद्ध भएका हुन्छन् । श्रमको सङ्गठन उत्पादनका साधनद्वारा निर्धारित हुन्छ ।
विचारको गतिविधि वस्तुको गतिविधिमा निर्भर हुन्छ । यो वैज्ञानिक मनोविज्ञानका लागि एक मात्र उपर्युक्त निष्कर्ष हो । उत्पादका साधनबाट काम लिने मान्छेहरूले आफ्ना उत्पादनको अनुभव र श्रमकौशलद्वारा भौतिक मूल्यको उत्पादन कार्य जारी राख्दछन् । सबै उपकरण मिलेर समाजको उत्पादक शक्ति बन्दछ ।
उत्पादन एउटा सामाजिक कार्य हो । सम्बन्धहरू दासत्व र प्रभुत्वका पनि हुन सक्छन् । उत्पादनको लक्षण सधैँ परवतनन् र विकासको अवस्थामा रहन्छ । त्यसबाट सम्पूर्ण सामाजिक व्यवस्थामा, विचारमा, राजनीतिक धारणामा र राजनीतिक संथामा अनिवार्य विकास र परवर्तन हुन जान्छ । उत्पादन पद्धतिको किसिमअनुसार समाजको व्यक्तिका विचार, सिद्धान्त, राजनीतिक धारणा र राजनीतिक संस्था हुन्छन् ।
समाज विकासको इतिहास उत्पादन सम्बन्धको विकासको इतिहास हो । सामाजिक इतिहासका नियमको सूत्र उत्पादन पद्धतिमा र समाजको आर्थिक जीवनमा खोजिनुपर्छ । उत्पादन सम्बन्ध उत्पादनका भौतिक शक्तिको विकासको एक निश्चित अवस्थाको अनुकूल मात्र हुन्छन् ।
सामाजिक विकासमा शान्तिको बदला क्रान्तिको ज्वाला प्रज्वलित भएर उठ्छ । यो वर्गीय चेतना भएको सङ्गठित र अनुशासित पार्टीको नेतृत्वमा उठाइएको आन्दोलनबाट समाजमा देखा पर्छ । आन्दोलनको ज्वारभाटा ब्यहोरेर अगाडि बढेको नेतृत्वको खारिएको पार्टीको विश्वासमा शोषित, पीडित श्रमजीवी जनताको सहयोग र समर्थनबाट सम्पन्न हुने क्रान्तिकारी काम हो । त्यसका लागि लामो समयदेखि जनतासित प्रत्यक्ष सम्बन्ध राखेर जनताको राजनैतिक चेतना स्तर उठाउने काम गरेको र शक्तिशाली शत्रुको सामना गरेको पार्टीले गर्ने काम हो ।