• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

फुटपरस्त तत्त्वहरूको ‘युटर्न’


  •   शनिबार, पुष ३०, २०७९ मा प्रकाशित
  • रामप्रकाश पुरी ##

    Advertisement

    संसदको चुनाव सम्पन्न भएपछि फुटपरस्त तत्वहरूले आफ्ना प्रकाशनहरूमा जुन प्रकारका विचार प्रकट गरेका छन्, त्यसबाट उनीहरूबारे हामीले गर्दै आएको आलोचना सही सावित भएको छ । उनीहरूले प्रतिगमन–उन्मुख दिशा समातेको कुरा पहिलेदेखि नै बताउँदै आएका थियौँ । आफ्नो त्यस प्रकारको दृष्टिकोणका कारणले उनीहरूले, एकातिर, गणतन्त्रलाई पँुजीवादी र प्रतिक्रियावादी भनेर विरोध गर्दै आएका थिए । उनीहरूले अहिलेको गणतन्त्रलाई पुँजीवादी बताउनु गलत होइन, किनभने, अहिले देशमा कायम भएको गणतन्त्र नयाँ जनवादी गणतन्त्र होइन र त्यो पुँजीवादी सिमाभित्रकै गणतन्त्र हो ।

    तर विद्यमान अवस्थामा जनताले करिब १ सय वर्ष सङ्घर्ष तथा त्याग र वलिदान गरेर ल्याएको गणतन्त्रलाई प्रतिक्रियावादी बताउनु र त्यसलाई खारेज गर्ने विचार प्रकट गर्नु निश्चित रूपले प्रतिगमन–उनमुख सोचाइ नै हो । अहिलेको गणतन्त्र पुँजीवादी प्रकारको भएपनि अहिले त्यसलाई समाप्त गर्न राजावादीहरूले संगठित र योजनावद्ध प्रकारले आन्दोलन चलाइरहेको अवस्थामा त्यसको विरोध गर्नु वा त्यसलाई समाप्त गर्न जोड दिनुको अर्थ प्रतिगामी शक्तिहरूको हातमा खेल्नु नै हो । देशका कतिपय वामपन्थी शक्तिहरूले पनि त्यही प्रकारले गणतन्त्रमाथि हमला गर्ने नीति अपनाएका छन् ।

    अर्कातिर आफ्नो त्यस प्रकारको प्रतिगमन–उन्मुख नीतिका कारणले ओलीको नेतृत्वको प्रतिगमनका विरूद्धको संघर्ष वा प्रतिगमनका विरूद्धका शक्तिहरूले बनाएको गठबन्धन वा उनीहरूको चुनावी तालमेलको पनि विरोध गरिरहेका थिए । उनीहरूको त्यही प्रकारको दृष्टिकोणका कारणले प्रचण्डको पाँच दलीय गठबन्धनसित सम्बन्ध विच्छेद गरेर ओलीसित गठबन्धन गर्न गएको कदमलाई स्वागत गरेका छन् । उनीहरूले त्यसरी बनेको सरकारलाई तुलनात्मक रूपले प्रगतिशिल बताएका छन् । उनीहरूको त्यस प्रकारको अभिव्यक्तिबाट उनीहरूले प्रतिगमन–उन्मुख नीति लिएको भन्ने हाम्रो आलोचना सही सावित भएको छ । वास्तवमा उनीहरूले ओली मात्र होइन, राजावादी, भारतपरस्त र अमेरिकनपरस्त तत्वहरूसमेतसित गठबन्धन गरेर बनेको सरकारलाई स्वागत गरेका छन् । त्यसले उनीहरूको गम्भीर प्रकारको राजनीतिक पतनलाई बताउँछ ।

    जबसम्म प्रचण्डले पाँच दलीय गठबन्धनमा सामेल भएर प्रतिगमनका विरूद्ध सङ्घर्ष गरेका थिए, त्यो बेलासम्म फुटपरस्त तत्वहरूले प्रचण्डको तिव्र विरोध गरेका थिए । तर जब उनी पाँच दलीय गठबन्धनसित सम्बन्ध तोडेर राजावादी, अमेरिकी साम्राज्यवादी र भारतीय साम्राज्यवादी समेतसित गठबन्धन गर्न पुगे, उनीहरूले (फुटपरस्त तत्वहरूले) प्रचण्ड वा उनको नेतृत्वको सरकारको स्वागत गर्न थालेका छन् ।

    उनीहरूले ओलीलाई समर्थन गर्ने वा प्रतिगमनका विरूद्ध बनेको गठबन्धनलाई विरोध गर्दा सबैभन्दा बढी उठाउने गरेको तर्क नेका समेतसित एकता गर्नु नै थियो । त्यसो गर्दा उनीहरूले संयुक्त मोर्चा सम्बन्धी माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई सामान्य रूपले पनि बुझ्न नसकेको कुरा स्पष्ट हुन्छ । उनीहरूले संयुक्त मोर्चा सम्बन्धी त्यो सिद्धान्तलाई बुझेका नै छैनन् भन्न त मुस्किल पर्छ । तर आफ्नो प्रतिगमन–उन्मुख दृष्टिकोणका कारणले संयुक्त मोर्चा सम्बन्धी सिद्धान्तलाई बुझेर पनि बुझ पचाएको कुरा नै प्रष्ट छ ।

    उनीहरूले बारम्बार हाम्रो पार्टीको आठौँ महाधिवेशनले नेकालाई वर्गीय दृष्टिकोणले दुश्मन शक्ति बताएको कुरा उठाउँदै त्योसँग कार्यगत एकता वा सहकार्य गरेको कुरालाई आठौँ महाधिवेशनको निर्णयका विरूद्ध गएको बताएका छन् । तर माक्र्सवादी–लेनिनवादीहरूले संसारभरमा अपनाएका संयुक्त मोर्चा सम्बन्धी नीतिबाट कुनै विशिष्ट राजनीतिक परिस्थितिमा दुश्मन शक्तिहरूसित पनि कार्यगत एकता वा सहकार्य गर्नु पर्दछ भन्ने कुराप्रति आँखा चिम्लेको देखिन्छ । त्यस प्रकारको नीतिका कारणले नै संयुक्त मोर्चा सम्बन्धी नीतिका कारणले नै हामीले २०४६ सालमा निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थालाई समाप्त गर्न र २०६२/०६३ को संयुक्त आन्दोलनबाट राजतन्त्रलाई समाप्त गरेर गणतन्त्रको स्थापना गर्न सफल भएका थियौँ ।

    तर अहिले उनीहरूको जोड गणतन्त्रलाई समाप्त गर्नेतिर नै केन्द्रित छ । त्यसकारण संयुक्त मोर्चा सम्बन्धी हामीले गतकालमा अपनाएको नीति वा द्धितीय विश्वयुद्धको कालमा स्तालिनले साम्राज्यवादी शक्तिहरूसित र चीनमा माओले चाङ्काइसेकसित अपनाएको कार्यगत एकता वा सहकार्यको नीतिको औचित्यतालाई बुझ्न सकिरहेका छैनन् वा त्यसबारे बुझ पचाउने प्रयत्न गरिरहेका छन् । उनीहरूले त्यस्तो यस कारणले गरेका छन कि उनीहरू झन् पछि झन् नाङ्गो प्रकारले प्रतिगमनको सेवामा गइरहेका छन् ।

    भारतीय साम्राज्यवादप्रति पनि उनीहरूले पहिले नै सम्झौतापरस्त दृष्टिकोण अपनाएका थिए । अब संसद र सरकारमा समेत अमेरिकी साम्राज्यवादको प्रभाव बढ्दै गइरहेको छ । अब उनीहरूले त्यसप्रति पनि सम्झौतापरस्त दृष्टिकोण अपनाउन थालेको देखिन्छ । त्यसैले उनीहरूले प्रचण्डको नेतृत्वमा अमेरिकी साम्राज्यवादपरस्त र भारतीय साम्राज्यवादपरस्त समेतको गठबन्धनबाट बनेको सरकारलाई प्रगतिशील बताउन पुगेका छन् ।

    जबसम्म प्रचण्डले पाँच दलीय गठबन्धनमा सामेल भएर प्रतिगमनका विरूद्ध सङ्घर्ष गरेका थिए, त्यो बेलासम्म फुटपरस्त तत्वहरूले प्रचण्डको तिव्र विरोध गरेका थिए । तर जब उनी पाँच दलीय गठबन्धनसित सम्बन्ध तोडेर राजावादी, अमेरिकी साम्राज्यवादी र भारतीय साम्राज्यवादी समेतसित गठबन्धन गर्न पुगे, उनीहरूले (फुटपरस्त तत्वहरूले) प्रचण्ड वा उनको नेतृत्वको सरकारको स्वागत गर्न थालेका छन् । उनीहरूको नीतिमा भएको त्यस प्रकारको ‘युटर्न’ परिवर्तनले उनीहरूलाई कुन दिशामा लैजाने छ ? हेर्न बाँकी छ ।

     

     

    शनिबार, पुष ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.