• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

मेरो पहिलो साङ्गीतिक अनुभव : “सम्झनामा मुक्तिको गीत” (अडियोसहित)


  •   शनिबार, पुष ३०, २०७९ मा प्रकाशित
  • गिरीप्रसाद बुढा
    २०७९ पुसको ९ र १० गते बुटवलमा रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको बैठक राखिएको थियो । त्यो भन्दा पहिले काठमाडौँमा राष्टिय जनमोर्चाको बैठक निश्चित भइसकेको थियो । त्यसैले घरबाट काठमाडौँसम्म पुग्नलाई बल्लतल्ल खर्च जुटाएको थिएँ । मैले जुटाएको खर्चबाहेक “बाटोमा केही किनेर खानू” भनेर आमाले थप रु दुई हजार दिनुभयो । यसरी सीमित खर्च बोकेर पार्टी सङ्गठनको काममा म घरबाट निस्किएँ ।

    Advertisement

    यात्राको क्रममा सधैँ झैँ अनेक दृष्यहरू आँखामा प्रतिबिम्बित हुनु स्वाभाविकै थियो । बसवालाले भेटेजति यात्रु गाडीमा चढाएको दृष्य, गाडीको डिक्कीमा खसी लुकाएर काठमाडौँ ल्याएको दृष्य, गाडिवालासँग ट्राफिक प्रहरीले खुसुक्क पैसा लिएको दृष्य, घन्टौँ जाममा परेर गाडीहरू लाम लागेको दृष्य, लागेको भाडा तिर्नलाई पनि यात्रुले गाडिवालासँग कचकच गरेको दृष्य—यस्तै केही राम्रा, केही नराम्रा अनेकौँ दृष्यको साक्षी बस्दै काठमाडौँ आइपुगेपछि म राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिको बैठकमा उपस्थित भएँ ।

    यसपालिको बैठक विशेष गरी २०७९ मङ्सिर ४ गते सम्पन्न आम निर्वाचनको समीक्षा गर्न र आगामी सा्गठनिक तथा राजनीतिक कार्ययोजना बनाउनका लागि बसालिएको थियो । मेरो अन्य साङ्गठनिक जिम्मेवारी भएकाले म राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिबाट हट्ने निर्णय भयो । यसरी यो बैठकबाट मैले राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिबाट बिदा लिए ।

    यसैबिचमा पार्टीको कार्यक्रमसँग तालमेल मिलाउने क्रममा पुस ९ र १० गते गर्ने भनिएको रक्तिम सांस्कृतिक अभियानको बैठक एक हप्ता पछि सर्यो । यसबिचमा करिब हप्तादिन मैले खालि बिताउनुपर्ने अवस्था सिर्जना भयो । अब यसबिचमा के गर्ने होला ? काठमाडौँमा त्यत्तिकै बसेर पनि के समय बिताउनु ? मनमा कुरा खेल्न थाल्यो । यो समयमा काठमाडौँमा भएका साथीभाइहरूसँग भेटघाट गर्ने सुर जाग्यो ।

    काठमाडौँको भक्तपुरमा घर बनाएर बसोबास गर्ने रुकुम पश्चिमका मेरा साहित्यिक मित्र पूर्ण ओलीको पहिलो याद आयो । हाल उहाँ पुरातात्त्विक विभागमा लेखा अधिकृतको जागिरे हुनुहुन्थ्यो । मैले उहाँलाई फोन गरेँ ।

    “आज अनिवार्य रूपमा मेरो घरमा आउनुस् है” अरू कुरा नहुँदै उहाँले सुरुमै निम्तो दिइहाल्नुभयो । त्यो पनि अनिवार्य निम्तो । यस्तो अनिवार्य निम्तो किन थियो भने मैले योभन्दा अगाडि कैयौँ चोटी उहाँको निम्तोलाई धोका दिएको थिएँ ।

    आज भने उहाँको निम्तो मेरा लागि ढुङ्गा खोज्दा देउता मिल्यो भने झैँ भयो । म दायाबाया केही पनि नसोची कपनस्थित हाम्रो पार्टी कार्यालयवाट निस्किएर भक्तपुर जाने गाडी चढेँ । उहाँले फोनमार्फत जानकारी गराएको लोकेसन पछ्याउँदै दुवाकोट चोकमा उत्रिए । साँझको झिसमिसे अँध्यारो भइसकेको थियो । उहाँले मलाई चोकमै लिन आउनुभयो । एकै क्षणमा गफ गर्दै हामी उहाँको घरमा पुग्यौँ । घरमा पूर्ण सरकी जीवनसाथी देवकुमारी ओली र उहाँहरूका छोरा परिक्षित ओलीसँग पनि भेट भयो । अत्यन्तै संस्कारी र मृदुभाषी परिवारको घरमा पाहुना हुन पाउँदा मनमनै खुसी भइरहेको थिएँ । घरमा मिठो खाना पाकिसकेको रहेछ । देवकुमारी म्याडमले पस्केको स्वादिष्ट खाना, पूर्ण सरले मिलाइदिएको न्यानो बिस्ताराले साँच्चिकै आनन्दानुभूति भयो ।

    साँझ सुत्नुअघि पूर्ण सर र मेराबिचमा लामो भलाकुसारी भयो । कला, साहित्य भनेपछि हुरुक्कै हुने पूर्ण सरले “मुसी” नाटकको प्रसङ्ग निकाल्नुभयो । उहाँको लेखन तथा निर्देशनमा केही समयपहिले रुकुमेली स्रष्टाहरूले मिलेर “मुसी” नाटक निर्माण गर्ने प्रयास गरेका थियौँ तर अनुभवको कमी, आर्थिक अभाव, कुशल कलाकारको अभाव आदि कारणले गर्दा नाटकलाई खासै स्तरीय बनाउन सकेका थिएनौँ । अहिले उहाँले विगतका कमजोरीलाई सच्चाउँदै र समृद्ध बनाउँदै थप परिमार्जनसहित त्यो नाटकलाई पुनर्लेखन गर्नुभएको रहेछ । अब अलि राम्रो लगानीसहित यो ऐतिहासिक नाटकलाई निर्माण गर्न सक्ने हो भने रुकुमेली समाजको पहिचानले विश्वमा नै विशेष स्थान बनाउने कुरा निश्चित देखिन्छ ।

    अर्काे दिन बिहानको भोजन गरेर भक्तपुरबाट काठमाडौँस्थित पुरातात्त्विक विभागको कार्यालयसम्म पूर्ण सर र म सँगै आयौँ । हिजोदेखि चलेको हाम्रो गन्थनमन्थन अझै सकिएको थिएन । म उहाँको पछि पछि हिँड्दै उहाँले काम गर्ने कार्यकक्षभित्रै पुगेँ । उहाँको कार्यकक्षमा बसेर कुरा गर्दै गर्दा उहाँ र मेराबिचमा एउटा नयाँ विचार जन्मियो ।

    “काठमाडौँमा छरिएर रहेका कला तथा साहित्यप्रेमी साथीहरूको बिचमा एउटा सम्पर्क मञ्च जस्तो बनाएर अगाडि बढ्न सके साह्रै राम्रो हुने थियो है सर” सुरुमा मैले च्वास्स कुरा निकालेँ ।

    “साह्रै महत्त्वपूर्ण कुरा ल्याउनुभयो । यसबारेमा आजैदेखि साथीहरूसँग सल्लाह गरिहालौँ” पूर्ण सरले भन्नुभयो ।

    एक क्षणपछि सम्झनाका लागि पूर्ण सरसँगै फोटोसेसन ग¥यौ । त्यसपछि म त्यहाँबाट बिदा भएर बाहिर सडकमा आइपुगेँ ।

    यसपटक करिब हप्तादिन म गन्तव्यविहीन बनेको थिएँ । अब कहाँ जाने होला ? बाहिर सडकमा आएर एक क्षण उभिएँ । काठमाडौँ बसाइलाई कसरी उपलब्धिमूलक र सिर्जनशील बनाउने होला ? यही कुरा सोच्दै थिएँ । ठ्याक्कै यसै बेला कामरेड हेमराज आश्रमको चित्र मेरो मानसपटलमा प्रतिबिम्बित हुन पुग्यो । उहाँ रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्षका साथै सङ्गीतको क्षेत्रमा एक अनुभवी व्यक्तित्व पनि हुनुहुन्थ्यो । सोचेँ, एकपटक उहाँलाई भेटेर केही साङ्गठनिक सरसल्लाह गर्नुप¥यो । त्यसपछि पुराताŒिवक विभाग अगाडिको व्यस्त सडकमा पैदल हिड्दै का. हेमराज आश्रमलाई फोन लगाए ।

    “हेलो कामरेड ! आज तपाईंलाई भेट्न आउने भनेको छु ।”

    “ल हुन्छ । तपाईं सिधै सीतापाइला चोकमा आएर फोन गर्नुहोला । म तपाईलाई लिन आउँछु ।”

    नभन्दै सीतापाइला चोकमा पुगेर फोन गर्नेबित्तिकै बाइक लिएर हेमराजजीले मलाई लिन आइपुग्नुभयो । एकै क्षणमा एउटा भव्य महलको गेटअगाडि लगेर बाइक रोक्नुभयो । महल निकै आधुनिक र सुविधासम्पन्न देखिन्थ्यो । गेटभिबाटत्र एउटा कुकुर भुक्यो

    “तपाईंको घर आइपुग्यौँ कामरेड ?” मैले हेमजीलाई सोधे ।

    “हो । आइपुग्यौँ । अब झर्नुस्” हेमजीले मलाई बाइकबाट झराउनुभयो ।

    म बाइकबाट झरेर नजिकै उभिएँ । उहाँले गेटको कुनामा राखेको बाइक छोप्ने कभरले बाइकलाई छोपछाप पार्नुभयो । अनि, त्यो भव्य महलको कोखामा रहेको एकतले टिनले छाएको सानो घरलाई देखाउँदै भन्नुभयो– “ल हेर्नुस् गिरीजी । यही हो मेरो घर । बाइक घरमा लैजान अफ्ठ्यारो भएकाले यतै राख्ने गर्दछु ।”

    “ए काठमाडौँ जस्तो ठाउँमा यत्तिको हुनु भनेको राम्रै व्यवस्था हो । घरचाहिँ चिटिक्क बनाउनुभएको रहेछ” हेमराजजीले देखाउनुभएको घरलाई हेर्दै मैले भनेँ ।

    हामी त्यहाँ पुग्दा कामरेड सुप्रभा (पियारी) थापाले सामान मिलाउँदै हुनुहुन्थ्यो । कामरेड सुप्रभा हेमराज आश्रमजीका जीवनसाथी हुनुका साथै रक्तिमका वरिष्ठ कलाकारसमेत हुनुहुन्यो । त्यति मात्रै होइन, उहाँ २०७४ सालको निर्वाचनमा गण्डकी प्रदेशसभामा सबैभन्दा कम उमेरकी राष्ट्रिय जनमोर्चाको तर्फबाट समानुपातिक सांसद भएकी व्यक्तित्व पनि हुनुहुन्थ्यो । यसपटक पनि पार्टीले उहाँलाई नै समानुपातिक सांसदको लागि छनौट गरेको थियो । अपशोच ! थोरै मत नपुगेपछि उहाँ सांसद हुन सक्नुभएन ।

    कामरेड हेमराजजीको घरमा उहाँको छोरा सुहेम, उहाँको साख्खै साली देवी, देवीजीको सानो छोरा गोरे, अनि त्यहाँ पढ्न बसेका विश्व भाइ सबैसँग मेरो परिचय भयो ।

    कामरेड हेमजीको घरमा जम्मा चारओटा कोठा रहेछन् । ती चारओटा कोठाहरूमध्ये एउटा भान्साकोठा, दुइैओटा सुत्ने कोठा बनाइएको रहेछ भने एउटा कोठा पूरै म्युजिक सामग्रीले भरिभराउ थियो । त्यही म्युजिक सामग्रीहरू देखाएर कामरेड हेमजीले भन्नुभयो– “मेरो जीवनको कमाइ भने पनि, सम्पत्ति भने पनि यिनै हुन् गिरीजी !”

    “निकै महत्त्वपूर्ण सम्पत्ति जोड्नुभएको रहेछ । योभन्दा अरू के चाहियो र ?” सङ्गीत सामग्रीहरू हेर्दै मैले भनेँ ।

    यसरी उहाँको सङ्गीत कक्षामा बसेर गफ गर्दै गर्दा जनवादी गीत रेकर्ड गर्ने प्रसङ्ग उठ्यो ।

    “एउटा गीत रेकर्ड गर्नलाई कति जति पैसा लाग्छ हँ ?” प्रसङ्गअनुसार मैले जिज्ञासा राखेँ ।

    “गीत कुन स्तरको बनाउने ? कुन स्टुडियोमा रेकर्ड गर्ने ? अनि, बाजा के के राख्ने ? यी सबै कुराको आधारमा खर्च बढ्दै जान्छ । न्यूनतम पैतिस हजारजति त लागिहाल्छ । रेकर्ड गर्नुछ भने गरिहालौँ” उहाँले भन्नुभयो ।

    “अहो ! यत्रो खर्च लाग्दो रहेछ । अलि कममा निकाल्न सकिँदैन ?” मैले न्यूनतमको पनि न्यूनतम खर्च बुझ्ने प्रयास गरेँ ।

    “म्युजिक एरे्रन्ज मैले निःशुल्क नै गरिदिउँला । अनि सबभन्दा सस्तो स्टुडियोमा रेकर्ड गरम्ला । पैसा जुटाउनुस् । एउटा गीत निकालिहालौँ । के छ विचार ?” हेमजीले मेरो वास्तविक विचार बुझ्न खोज्नुभयो ।

    “गीत रेकर्ड गर्नलाई अहिले मसँग पैसा छैन । पहिला आर्थिक जुट्छ कि जुट्दैन ? हेरौँ । त्यसपछि विचार गरौँला” मैले हेमजीलाई आफ्नो यथार्थ कुरा बताएँ ।

    त्यसपछि फोन, म्यासेन्जर आदि माध्यमबाट धेरै साथीहरूलाई आर्थिक सहयोगका याचना गर्दै सम्पर्क गर्न थालेँ ।

    साँझ मीनराज रानाकी जीवनसाथी कविता चौधरीजीले खाना खाने निम्तो गर्नुभयो । केही समयअगाडि बुटवलमा रक्तिम सांस्कृतिक अभियान केन्द्रीय

    समितिको एउटा प्रशिक्षण कार्यक्रम भएको थियो । कविताजीलाई सबभन्दा पहिले त्यहीँ देखेको थिएँ र चिनेको थिएँ ।

    उहाँको निम्तोलाई सहर्ष स्वीकार गर्दै कामरेड हेमराजजी र म उहाँको कोठामा पुग्यौँ । उहाँ कहाँको ? हामी कहाँको तर वर्गीय नाताले सबैलाई

    नजिक बनाइदिँदो रहेछ । ए आपसमा परिचित हुने मौका दिँदोरहेछ । खाना खाइसकेपछि सुत्नलाई हामी पुनः हेमराजजीको घरमा फर्कियौँ ।

    साँझ अबेरसम्म निद्रा लागेन । जो जो साथिहरूसँग आर्थिक सहयोगको याचना गरेको थिएँ, ती सबै साथीहरू अधिकांशले आफूमा भएको समस्याको चाङ देखाउनुभयो । कैयौँ साथीहरूले यसपटक सहयोग गर्न सकिएन, आगामी दिनमा गरौँला भनेर आश्वासन दिनुभयो । यसरी आर्थिक जुट्ने सम्भावना नदेखेपछि अब गीत ननिकाल्ने निष्कर्षमा पुगेँ म । राती समयले बाह्र बजाउँदै गर्दा म निदाएँ ।

    एकाबिहानै पाँच बजेतिर मेरो मोबाइलको फेसबुक म्यासेन्जरमा भिडियो कल आयो । मोबाइलमा आएको भिडियो कलको आवाजले मेरो निद्रा खुल्यो । भिडियो कल घरबाट मेरी जीवनसाथी आशाले गरेकी रहेछिन् ।

    “एउटा जनवादी गीत रेकर्ड गर्ने हो कि भनेको पैसै जुटाउन सकिएन” कुराकानी गर्दै गर्दा मैले आशासँग आफ्नो पीडा पोखेँ ।

    “कति लाग्छ र गीत निकाल्नलाई ? पाँचछ हजारजति म पठाइदिउँला” आशाले गीत रेकर्डका लागि पैसा पठाइदिने कुरा गरिन् ।

    “हुन्छ हुन्छ पठाइदिनू” मैले खुसी हुँदै भने । जीवनसाथीले पाँचछ हजार पठाइदिने कुरा गरेपछि पुनः गीत रेकर्ड गर्नका लागि मरिसकेको आशा फेरि पलाएर आयो । अरू पनि सहयोगी मनहरू कतै फेला परिहाल्छन् कि भनी अनलाइनमा साथीहरूको नाम खोजी गर्न थालेँ ।

    यसै क्रममा अमेरिकामा रोजगारी गरेर बसिरहेका भानिज टोपप्रकाश पुनलाई भिडियो कल गरेँ । भिडियो कलबाट भानिजसँग दुःखसुखका लामो कुराकानी भयो । उनलाई मैले एउटा जनवादी गीत निकाल्न लागेको तर पैसा नभएर समस्यामा परेको कुरा बताएँ । उनले तत्कालै १६० डलर पठाइदिने कुरा गरे । १६० डलरको नेपाली करिब बिस हजार हुँदो रहेछ । गीत निकाल्नलाई यसरी सहायता गरेकोमा भानिज टोपप्रकाश पुनप्रति आत्मैदेखि कृतज्ञ बनेँ । उनलाई धेरै धेरै धन्यवाद दिएँ ।

    गीत रेकर्डको नाममा मेरो गोजीमा पच्चिस हजार रुपियाँ जम्मा हुन आयो । घरबाट ल्याएको सबै पैसा खर्च भइसकेको थियो । यसपटकको लागि मेरो यात्रा निकै लामो थियो अर्थात तत्कालै सङ्गठनको कामविशेषले सुर्खेत पुग्नु थियो । सुर्खेतबाट बुटवल आउनु थियो । फेरि बुटवलबाट दैलेख जानु थियो । यी सबै यात्रा सफल बनाउनको लागि पच्चिस हजारबाट मैले केही रुपैया बचाउने सोँच बनाएँ । त्यसैले जति सकिन्छ सस्तोमा गीत रेकर्ड गर्नका लागि मैले आफ्नो मानसिकता तयार पारेँ ।

    “पन्ध्र हजारमा एउटा गीत रेकर्ड गर्न सकिएला कि नसकिएला ?” मैले कामरेड हेमराजजीलाई प्रश्न गरे ।

    “हा… हा… हा… पन्ध्र हजारमा त गीत निकाल्न गाह्रो छ” हेमजी ले हाँस्दै भन्नुभयो ।

    “तैपनि एरेन्ज मै आफै गर्ने भएकाले तपाईंलाई एरेन्जको पैसा नलाग्ने भयो । गायकहरूलाई पनि चाहिएन । बाजाहरू कम राख्ने, सस्तो स्टुडियोमा गएर रेकर्ड गर्ने हो भने निकाल्न सकिएला तर गीत त्यति राम्रो बन्दैन” हेमजीले सम्भावना बताउनुभयो ।

    “ल कामरेड । गीत राम्रो बनाउने प्रयास गरौँ । पन्ध्र हजारको बजेट सीमाभित्र रहेर अब आजैदेखि गीतको काम सुरु गरिहालौँ । तीन दिनभित्र हामीले गीत निकाल्ने काम सम्पन्न गर्नुपर्दछ” हेमराजजीले बताएको सम्भावना सुनेपछि तत्कालै मैले हेमजीसँग गीत निकाल्ने सल्लाह गरेँ ।

    सल्लाहअनुसार हेमराजजीलाई मैले रचना गरेको एउटा “मुक्तिको बाटो” शीर्षकको गीत उपलब्ध गराएँ । यसपछि तुरुन्तै कामरेड हेमराजजीले “मुक्तिको बाटो” गीतको सङ्गीत संयोजन गर्ने काम सुरु गरिहाल्नुभयो । बिच बिचमा उहाँले कस्तो भयो भनेर सोध्नु हुन्थ्यो । मैले राम्रो हुँदै छ भन्थेँ ।
    “यो गीतमा स्वर कसको राख्ने ?” सङ्गीत संयोजनको काम सकेपछि हेमजीले मलाई सोध्नुभयो ।

    “यसको लागि पहिला त हामीले हाम्रो रक्तिम सङ्गठनभित्रकै साथीहरूलाई हेर्नु पर्छ । पुरुषको खासै समस्य भएन । तपाईं नै हुनुहुन्छ । महिलाको स्वरमा मेस्माजीले गाउँदा कस्तो होला ?” मैले “मुक्तिको बाटो” गीतका लागि गायक–गायिकाको नाम प्रस्तावित गरेँ ।

    “ठिकै हुन्छ” हेमजीले मेरो प्रस्तावलाई सजिलै स्वीकार्नुभयो । यसपछि मेस्माजीलाई गीत अभ्यासको लागि सीतापाइला बोलायौँ । उहाँले पनि हाम्रो अनुरोधलाई सहर्ष स्वीकार गर्दै हामीलाई साथ दिन तयार हुनुभयो । यसरी हेमजीको घरैमा बसी हामीले “मुक्तिको बाटो” गीतको सम्पूर्ण तयारीमा लागिरह्यौ ।

    साँझ, बिहान, दिउसो कामरेड सुप्रभा र देवीजीले चियानास्ता र खाना खुवाउनुहुन्थ्यो । राती म विश्वबाबु सुत्ने कोठामा सुत्थेँ । यसरी मुक्तिको बाटो गीतको सङ्गीत संयोजनको काम सकिएपछि गीत रेकर्डका ेलागि हामी काठमाडौँको मुर्चुङ्गा स्टिडियोमा पुग्यौँ ।

    स्टुडियोमा पुगेर हेमजी र मेस्माजीको स्वर रेकर्ड गरायौँ । यसपछि गीतमा सस्तो मूल्यका बाजाहरू राख्ने काम गर्यौं । मादल, गितार, सारङ्गी र बासुरीले मात्रै पनि झन्डै दस हजार रुपैयाँ लगिदिए । मुर्चुङ्गा स्टुडियोले आठ हजार रुपैया माग्यो । केही रुपैयाँ नास्तापानीमा पनि खर्च भयो । यसरी खाना, बस्न, आतेजाते खर्चबाहेक केवल गीत रेकर्डको मात्रै खर्च जोडेर हेर्दा रु पन्ध्र हजारको सीमा नाघिसकेको थियो । जे होस्, सबैभन्दा सस्तोमा एउटा जनवादी गीत रेकर्डको काम सम्पन्न गरेर हामी का. हेमराज आश्रमको घरमा फर्कियौँ । त्यसपछि तुरुन्तै २०७९ पुस ५ गतेका दिन रक्तिम सांस्कृतिक अभियान रुकुम पश्चिमको कोसेलीको रूपमा एउटा नयाँ जनवादी गीत “मुक्तिको बाटो” गीत रिलिज गर्न सफल भयौं ।

    ठुलो धनराशि खर्चेर गीत उत्पादन गरिने पुँजीवादी बजारमा “मुक्तिको बाटो” बोलको यो गीत थोरै लगानीमा अर्थात् सबैभन्दा कम खर्चमा उत्पादन गरिएको गीत हो । यसरी कम लगानीमा उत्पादित यो गीतले कस्तो प्रतिक्रिया प्राप्त गर्ने हो ? त्यो भने हेर्न बाँकी नै छ ।

    यसरी जीवनमा गीत रेकर्डको पहिलो अनुभव प्राप्त भयो । यसपटक मेरो काठमाडौँ बसाइँ करिब हप्तादिनजति भएको थियो । यसबिचमा मौका परेसम्म काठमाडौँमा हुने पार्टीका कार्यक्रममा पनि सहभागी भएँ । साहित्यकार तथा पार्टीप्रवक्ता रामप्रकाश पुरीजीको कोठामा पाहुना बनेर पनि दुई रात बिताएँ । काठमाडौँमा पढ्न बसेकी छोरी समष्टीको कोठामा पनि दुई रात बिताएँ । यसरी साथीभाइ र आफन्तीसँगको भेटघाटका कारण यसपटकको काठमाडौँ बसाइमा खान बस्नका लागि मैले खासै पैसा खर्च गर्नुपरेन ।

    निर्धारित समयावधिमा गीत रेकर्डिङको काम सम्पन्न भइसकेपश्चात अबको मेरो गन्तब्य सुर्खेत तय भइसकेको थियो ।

    “हेलो गिरी सर कता हुनुहुन्छ ? रुकुम जाने भए जाऊँ । गाडीको व्यवस्था छ” काठमाडौँबाट म बाहिरिँदै गर्दा साहित्यकार पूर्ण ओली सरले फोन गर्नुभयो । आजको दिनमा मेरा लागि उहाँको यो फोन आकाशको फल जस्तै भयो किनकि मेरो उहाँसँग रुकुम जानको लागि खासै योग थिएन तर यसपालि पूर्ण ओली सरको एउटा कामले भने मलाई निकै नै खुशी लुल्यायो ।

    केही दिनअघि मात्रै उहाँको कार्यकक्षमा साहित्यिक संस्था निर्माण गर्नेसम्बन्धी जन्मेको नयाँ विचारलाई सार्थक बनाउन उहाँ लागिपर्नु भएछ । कुरा गरेकै दुई दिनभित्रमा रुकुमेली वाङ्मय प्रतिस्ठानको स्थापना हुनुमा उहाँको साहित्यप्रतिको मोह र तत्परता कति रहेछ भन्ने कुरा स्वतः सिद्ध भएको छ । उहाँको घरमा पाहुना भएर जाँदाको पल यसरी साहित्यिक संस्था बनाउने भनेर मैले त खालि कुरा मात्रै गरेको थिएँ तर साहित्यकार पूर्ण ओली सर भने तीव्र गतिमा लाग्नुभएछ । उहाँ त व्यवहारमै पो उत्रिनु भएछ ! उहाँको यो व्यवहारले जन्मिन पुगेको रुकुमेली वाङ्मय प्रतिस्ठान सफल हुने छ र यसले रुकुमेली स्रष्टाहरूलाई राजधानीसँग जोड्न र चिनाउन सक्ने छ । यो रुकुमेली स्रष्टाका लागि ठुलो उपलब्धी हो भन्ने बुझाइ ममा रहेको छ ।

    यति बेला म सुर्खेत जाने गाडीमा बसेको थिएँ । गाडी आफ्नै गतिमा हुइँकिरहेको थियो । मैले एयरफोन लगाएर मोबाइलबाट एउटै गीत सुनिरहेको थिए– “मुक्तिको गीत” । मेरो पहिलो गीत । सङ्गठन र सङ्घर्षको सिलसिलामा सिर्जना गरिएको गीत । प्रत्यक्ष अनुभवबाट तरङ्गित भएर रचिएको गीत । सुर्खेत पुगुञ्जेलीसम्म पनि दोहोर्याई तेहेर्याई पटक पटक यही गीत सुनिरहेँ :

    कहिले हामी हारौँला साथी कहिले जितौँला
    जिन्दगीभरि मुक्तिको बाटो निरन्तर हिँडौला…

    शनिबार, पुष ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.