• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवस


  •   बुधबार, पुष २७, २०७९ मा प्रकाशित
  • मनोज भट्ट

    Advertisement

    पौष २७ गतेको दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा घोषणा गर्नुपर्ने र त्यस दिन सार्वजनिक बिदा दिइनुपर्ने माग हाम्रो पार्टीले २०६३ सालदेखि गर्दै आएको थियो । २०६३ सालभन्दा अगाडि पौष २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने र त्यस दिन सार्वजनिक बिदा दिने प्रचलन रहि आएको थियो । माओवादीको दबाबमा तत्कालिन गिरिजाप्रसाद कोइरालाको सरकारले आजको दिन अर्थात पौष २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने र सार्वजनीक बिदा दिने पहिले देखि चलि आएको परम्परालाई रोकेका थिए । तर लगातारको दबाबपछि आज सरकारले राष्ट्रिय एकता दिवसको उपल्यक्षमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    तत्कालीन अवस्थामा नेपाल बाइसे र चौबिसे भुरेटाकुरे राज्यसहित ५० वटा ससाना राज्यमा विभाजित थियो । गोरखा भन्दा पश्चिम गण्डक क्षेत्रमा २२, कर्णाली क्षेत्रमा २४, तीनवटा सेनवंशी र काठमाडौं उपत्यका भित्र ३ वटा मल्ल राज्य गरि ५२ वटा स–सना राज्यमा नेपाल विभाजीत थियो । ती विभाजित ससाना राज्य भित्र एकआपसमा काटमार, लुटपाट र आक्रमणको स्थिति थियो । अर्कोतर्फ दक्षिणतर्फ व्यापारिक कम्पनीको रूपमा यस क्षेत्रमा ब्रिटिश इष्ट–इण्डिया कम्पनीले आफ्नो एकछत्र आधिपत्य जमाउन सुरू गरेको थियो । ब्रिटिश इष्ट–इण्डिया कम्पनी भारतमा बेलायती शासनलाई सुदृढ गर्न हिमालयको दक्षिणतर्फका सबै स–साना भूभाग नेपाल, भुटान, तिब्बत, सिक्किमलाई आफूमा गाभ्ने रणनीतिका साथ अगाडि बढिरहेको थियो । उत्तरतर्फ तिब्बतमा समेत चीनको उपस्थिति विस्तारै हावी हुँदै गइरहेको थियो ।

    तत्कालिन अवस्थामा पश्चिमाहरुले तिब्बतमा इसाइकरण गर्नका लागि नेपालमा केन्द्र बनाएर काम गर्न शुरुवात गरिसकेका थिए । तिनीहरुको सम्बन्ध सोझै भारतको इष्ट इण्डिया कम्पनीसँग थियो । विभाजित नेपाललाई गोरखाका राजा पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरूले एकीकृत गर्ने कार्य गरेका थिए । पृथ्वीनारायण शाहको एकिकरण अभियानलाई उनका उत्तराधिकारीहरूले १८ औँ शताब्दीमा नेपालको पूर्वी र पश्चिम भागमा विस्तार गरेर हिमाली श्रृङ्खलाको समानान्तर पश्चिमी सिमाना भारतको गढवालदेखि पूर्वमा सिक्किमसम्म झण्डै १५०० किलोमिटरसम्म पुर्याएका थिए ।

    बेग्ला बेग्लै मुलुकमा विभाजित विभिन्न स–साना राज्यहरुलाई एकीकरण गरेर केन्द्रीय राज्यको रुप दिने काम विभिन्न शक्तिहरुबाट भएको पाइन्छ । कुनै मुलुकको एकीकरण सामन्त, राजा-महाराजा, सेनापतिहरुले गरेका छन् । कुनै मुलुकको एकीकरण औपनिवेशिक शक्तिहरुले गरेका छन् । कुनै मुलुकको एकीकरणमा निश्चित धर्मले महत्वपूर्ण भूमिका खेलेको छ । चीन तथा रुसको एकीकरणमा कम्युनिष्ट पार्टीले महत्वपूर्ण भूमिका खेलेको छ ।

    एशियामा बढ्दो ब्रिटिश प्रभावबाट पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरू दक्षिणको शासक ब्रिटिश साम्राज्यबाट निकै सशङ्कित थिए । व्यापार फैलाउने नाममा ब्रिटिशले जसरी भारतलाई आफ्नो उपनिवेश बनायो ठीक त्यसै प्रकारले नेपालमा समेत आफ्नो प्रभाव र शक्ति बढाएर नेपालको राष्ट्रियता खतम गर्नेछ भन्ने कुरामा राजा पृथ्वीनारायण शाह प्रष्ट थिए । त्यस बेलाको स्थितिलाई ध्यान दिने हो भने यदि पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियान नचलाएको भए र ब्रिटिशसँग पृथक रहने नीति अवलम्बन नगरेको भए नेपाल समेत ब्रिटिशले कब्जा गर्दथ्यो र पछि गएर सम्भवतः स्वाधीन भारतको अङ्ग बन्दथ्यो । त्यसरी नेपालको स्वतन्त्र हैसियत अहिलेको विश्वमानचित्रमा नरहन पनि सक्दथ्यो ।

    विभिन्न स–साना ५२ वटा राज्यमा विभाजित राजा रजौटाहरुसँग आ–आफ्ना सेना थिए। कतिपय राज्यको सम्बन्ध सोझै ब्रिटिससँग वा जेसुइट पादरीहरुमार्फत ब्रिटिसहरुसँग थियो। कतिपयको मुस्लिम आक्रमणकारीहरुसँग पनि सम्बन्ध रहेको थियो । राजा बन्ने प्रतिस्पर्धाका कारण उपत्यकाका तीन वटा मल्ल राज्यमा विभाजित भएको थियो । यस्तो स्थितीमा विभाजित नेपाललाई एउटै प्रशासनिक केन्द्रमा ल्याउन युद्ध वा लडाइँ गर्नुको विकल्प थिए । स्वभाविक रुपले युद्धले विभिन्न मानवीय तथा भौतिक क्षति निम्त्याउँछ । एकीकरण अभियानमा भएका लडाइँहरुमा क्षति भयो, तर त्यसबाट नेपालको एकीकरणमा सफलता प्राप्त भयो । युद्धमा क्षति भएका कारण एकीकरण कार्यलाई गलत भन्न मिल्दैन । त्यस दौरान विभिन्न जनजातीय राज्य पनि एकीकरणका कारण एकीकृत नेपालको अंग बन्न पुगे ।

    एकीकरण कार्य पृथ्वीनारायणले अगाडि नबढाएको भए ब्रिटिसहरुले नेपालमाथि आक्रमण गरेर यहाँका भुरे टाकुरे राज्यहरुलाई आफ्नो उपनिवेश बनाउँथे । आज कतिपयले पृथ्वीनाराण शाहले एकीकरणका लागि युद्ध गरेका कारण त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिलाई देखाएर एकीकरणलाई गलत सावित गर्ने प्रयत्न गर्दैछन् । नेपालको एकीकरणका दौरान पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरूले ब्रिटिश भारतसँग पृथक रहने नीति अपनाएका थिए । त्यो नीतिले झण्डै १०४ वर्षसम्म निरन्तरता पाएको देखिन्छ ।

    पृथ्वीनारयाण शाह वर्गीय रुपले कुन वर्गका प्रतिनिधि हुन् भन्न्भन्दा पनि भुरे टाकुरे राज्य, लुटपाट, काटमार र एक अर्कामाथि आक्रमण र अराजकताको स्थितिलाई अन्त्य गर्न ब्रिटिसहरुको बढ्दो प्रभाव, त्यसबाट नेपाल नै ब्रिटिसको उपनिवेश हुने खतरा, उत्तरतर्फ बढ्दो तिब्बतको प्रभावको पृष्ठभूमिमा गरिएको नेपालको एकीकरण तात्कालिन अवस्थामा प्रगतिशील कार्य हो ।

    नेपालको विदेश नीतिका विज्ञ तथा नेपालको विदेश नीति शीर्षकमा बिद्यावारिधि (पीएचडी) गरेका भारतीय विद्धान एस.डी. मुनीले आफ्नो शोधग्रन्थ ‘नेपालको विदेश नीति’ [Foreign Police Of Nepal] मा उल्लेख गरेका छन् कि भारतसँग तत्कालीन अवस्थामा नेपालले पृथक रहने नीतिले नेपाल–भारत सम्बन्धलाई निर्देशित गरेको थियो । पृथ्वीनारायण शाहले ब्रिटिस भारतसँग पृथक रहने नीति अपनाउनाको पछाडि नेपालको राष्ट्रियताको रक्षासँग सम्बन्धित रहेको छ ।

    भारतमा र विस्तारै एसियामा समेत आफ्नो प्रभाव र शक्ति विस्तार गर्न सफल ब्रिटिश साम्राज्यवाद तत्कालीन अवस्थामा एउटा यस्तो शक्ति थियो त्यसलाई नजरअन्दाज गर्नु वा कम आँक्न मिल्दैन्थ्यो । सुरूमा ब्रिटिश साम्राज्यवादले जसरी भारतलाई आफ्नो उपनिवेश बनायो, ठीक त्यसै प्रकारले नेपाललाई आफ्नो उपनिवेश बनाउने योजना थिएन । तर नेपालको बाटो प्रयोग गरी चीनको बजारसम्म पुग्ने लक्ष्य बनाए पनि अन्ततः उसले नेपाललाई आफ्नो उपनिवेश बनाउन पछि पर्दैन्थ्यो ।

    पृथ्वीनारायण शाह सामन्त भएको हुनाले उनले एकीकरणका लागि गरेको युद्धलाई सामन्ती आक्रमण वा सामन्ती राज्य विस्तार तथा विभिन्न जनजातीमाथि दमनको रुपमा परिभाषित गर्ने गरिएको पनि पाइन्छ । पश्चिमा इतिहासविद र लेखकहरुले पनि पृथ्वीनारायणलाई क्रुर शासकको रुपमा प्रस्तुत गर्दै आएका छन् । बेग्ला बेग्लै मुलुकमा विभाजित विभिन्न स–साना राज्यहरुलाई एकीकरण गरेर केन्द्रीय राज्यको रुप दिने काम विभिन्न शक्तिहरुबाट भएको पाइन्छ । कुनै मुलुकको एकीकरण सामन्त, राजा-महाराजा, सेनापतिहरुले गरेका छन् । कुनै मुलुकको एकीकरण औपनिवेशिक शक्तिहरुले गरेका छन् । कुनै मुलुकको एकीकरणमा निश्चित धर्मले महत्वपूर्ण भूमिका खेलेको छ । चीन तथा रुसको एकीकरणमा कम्युनिष्ट पार्टीले महत्वपूर्ण भूमिका खेलेको छ ।

    एकीकरणका लागि भूमिका खेल्ने सामन्त राजा महाराजा, धर्म वा औपनिवेशिक शक्ति वर्गीय रुपमा प्रतिक्रियावादी भएपनि वा उत्पिडक राष्ट्र भएपनि तात्कालिन अवस्थामा उनीहरुले प्रगतिशील भूमिका खेलेको कुरालाई अस्वीकार गर्न सकिँदैन । त्यसैले पृथ्वीनारयाण शाह वर्गीय रुपले कुन वर्गका प्रतिनिधि हुन् भन्न्भन्दा पनि भुरे टाकुरे राज्य, लुटपाट, काटमार र एक अर्कामाथि आक्रमण र अराजकताको स्थितिलाई अन्त्य गर्न ब्रिटिसहरुको बढ्दो प्रभाव, त्यसबाट नेपाल नै ब्रिटिसको उपनिवेश हुने खतरा, उत्तरतर्फ बढ्दो तिब्बतको प्रभावको पृष्ठभूमिमा गरिएको नेपालको एकीकरण तात्कालिन अवस्थामा प्रगतिशील कार्य हो । इतिहासको यो अकाट्य सत्यलाई स्वीकार गरिनुपर्दछ । नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले पुर्याएको योगदानको उचित मूल्यांकन हुनुपर्दछ ।

    बुधबार, पुष २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.