टुकबहादुर रामदाम, ओमान ।
तमु समाज ओमानले मौलिक पर्व ‘तमु हि ल्होसार’ सांस्कृतिक कार्यक्रमसहित मनाएको छ । ओमानको मस्कट स्थित अल असला हल अल खुदमा भब्य सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाएको हो ।
Advertisement
ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका केन्द्रीय उपाध्यक्ष डि बि क्षेत्रीको आथित्यता रहेको थियो भने ओमानका सकृय नेपाली संघ/संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरु पृथ्वी गुरुङ र तारा श्रीस मगरले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा ओमान नेपाली एकता समाज तथा रक्तिम परिवार ओमानका कलाकारहरुले पनि रक्तिमको ‘सालैजो’ गीतमा आफ्नो प्रस्तुती दिएका थिए।