दुर्गानाथ खरेल ##
आर्थिक जीवनले मानिसलाई जीवविज्ञानका अन्य शाखामा पाइने विकासको इतिहाससँग मिल्दोजुल्दो परिघटना प्रस्तुत गर्दछ । विकासको हरेक
चरणको आफ्नो आवादीको नियम हुन्छ । सामाजिक परिस्थिति र नीतिमाथि लागु हुने नियम पनि बदलिँदै जान्छन् ।
द्वन्द्ववादले कुनै चिजलाई आफूमाथि हावी हुन दिँदैन । यो आफ्नो सारतत्त्वमा आलोचनात्मक र क्रान्तिकारी छ ।
मानव समाज जङ्गली अवस्थामा रहँदा उत्पादन गर्ने काम नगरेर फलफूल, कन्दमूल र माछामासु थोरै धेरै जति भए पनि बराबरी बाँडेर खाने चलन थियो । जब पशुपालन र खेतिपाती सुरु भएपछि मानवश्रमको आवश्यकता बढी भएकाले दासलाई बढीभन्दा बढी काम गराउने र बाँच्न सक्ने गरी घटीभन्दा घटी आवश्यकता पूरा गरिदिन आफूहरूले दासको श्रमबाट उत्पादन भएका वस्तुहरू बढी उपयोग गर्ने नियम प्रचलित भयो ।
वर्तमान व्यवस्थामा नाफा कमाउने मुख्य उद्देश्य र नाफाको प्रतिस्पर्धामा विस्थापितहरू श्रम बेचेर बाँच्नुपर्ने यो व्यवस्थाको विशेषता हो । श्रमको चर्को शोषणबाट सुविधा सुरक्षित भएका छन् ।
दासविद्रोह दबाउन नसक्ने अवस्था आएपछि आएको सामन्ती व्यवस्थामा जग्गाजमिन उत्पादनका मुख्य महत्त्व राख्ने भएकाले जमिनको स्वामित्व आफ्नो भएका मालिकले उत्पादन किसानबाट गराउने र निश्चित उत्पादन आफूले लिने गर्दा काम गरेर घटीभन्दा घटी आवश्यकता आफै पूरा गर्ने नियम बदलिएर अहिले जसरी जतिसुकै बाँचे पनि मजदुरहरू आफ्नो श्रममा बाँच्नुपर्ने जग्गा जमिन र उद्योगधन्दा, सुनचाँदी, नगद रुपियाँ सबै नाफाको प्रतिस्पर्धाबाट बढाउने यो व्यवस्थाको विशेषता हो ।
वर्तमान व्यवस्थामा नाफा कमाउने मुख्य उद्देश्य र नाफाको प्रतिस्पर्धामा विस्थापितहरू श्रम बेचेर बाँच्नुपर्ने यो व्यवस्थाको विशेषता हो । श्रमको चर्को शोषणबाट सुविधा सुरक्षित भएका छन् ।
दार्शनिक चेतनाका लागि समाजमाथि सधैँ सैद्धान्तिक विषयका विधि प्रयोगमा ल्याउँदा पनि परिज्ञानको पूर्वशर्तको रूपमा विचार गर्नुपर्छ । प्राणीका निम्न स्तर जातिहरूमा अधिक विकसित रूपका मूल तत्त्वलाई तब बुझ्न सकिन्छ, जब अधिक उन्नत रूप पहिलदेखि नै थाह हुन्छ । वास्तवमा नवीनतम रूपहरूले पहिलेका रूपलाई आफ्नो विकासका अवस्थाको रूपमा मान्दछन् र तिनीहरूलाई सदा एकपक्षीय ढङ्गले ग्रहण गर्दछन् ।
आदिम समाजमा दासव्यवस्था नभएको भए आधुनिक समाजमा समाजवादी व्यवस्था हुने पनि थिएन र कल्पनाको आवश्यकता पर्ने पनि थिएन ।
दासव्यवस्था त्यतिखेरको समाजमा नभई नहुने व्यवस्था थियो । त्यसबिना उत्पादन बढ्न र बढाउन सक्ने अवस्था नै हुने थिएन । दासव्यवस्थामा मालिकहरूलाई त राम्रै र सञ्चै भएको थियो । अन्याय, अत्याचार भएको दासहरूमाथि थियो । त्यसैले दासहरूले मालिकको निर्देशन अवज्ञा गरेर विद्रोह गर्ने समयसम्म मात्र दास व्यवस्था रह्यो । दासहरूले आफूमाथि भएको थिचोमिचो महसुस नगरेर काम गर्दासम्म त व्यवस्था राम्ररी सञ्चालन भएकै त थियो नि ।
अहिलेको व्यवस्थामा पनि सम्पत्तिका मालिकलाई त राम्रै भएको छ । मजदुरहरूलाई ज्याला दिएको र कजाउने क्षमता आफूहरूमा सुरक्षित भएको महसुस गरेर सुविधाको उपभोग गरिरहेकै छन् । अप्ठेरो, असजिलो र अन्याय भएको मजदुर र किसानलाई हो । उनीहरूले व्यवस्थालाई स्वीकार गरेर खुरुखुरु काम गर्ने र असङ्गठित अवस्थामा रहेर शोषण, अन्यायको महसुस गरेर आन्दोलन नगर्दासम्म त व्यवस्था अवश्य रहिरहन्छ । शोषितको आन्दोलनलाई ठेगान लगाउन सक्दासम्म त मालिक वर्गको शासन चलिरहन्छ र चलिरहने पनि छ ।
हरेक सामाजिक संरचनामा उतपादनको एउटा खास शाखा हुन्छ । त्यसले अरू सबैको स्थिति र महत्त्व निर्धारण गर्दछ । त्यसकारण उक्त शाखामा उपस्थित सम्बन्धले अन्य सबै शाखाका सम्बन्धको पनि तदनुसार निर्धारण गर्दछन् । निर्णायक कारण पुँजी भएकामा सामाजिक ऐतिहासिक रूपले विकसित तत्त्वको बोलबाला हुन्छ ।
दासव्यवस्थामा उत्पादनका खास शाखा दासको श्रम थियो । पशुपालन र खेती गर्ने तथा बाँझो जग्गा आवादी गर्ने दासश्रम थियो । उनीहरूमाथि जतिसुकै दमन गर्ने र बढी श्रमको उपयोग गर्ने कामको जिम्मा मालिकसँग सुरक्षित थियो । अरूको श्रम पनि उपयोग हुन्थ्यो तर निर्णायक तत्त्व दासश्रम थियो ।
सामन्ती समाजमा ध्यान जग्गाजमिन आफ्नो बनाउनेमा केन्द्रित थियो । उत्पादनका लागि किसान जिम्मेवार थिए । जमिनबाट उत्पादन गरेर मालिकको र आफ्नो आवश्यकता पूरा गर्नुपर्दथ्यो । त्यसो नगर्दा आफ्नो र आफ्ना परिवार जनको बिचल्ली हुन्थ्यो । अरू सबै कामका शाखा जग्गाजमिनका मातहतमा हुन्थे । किसान जग्गासँग सम्बन्धी रहेर मात्र उत्पादन गर्दथे । जग्गाको स्वामित्व मालिक सामन्तसँग सुरक्षित रहन्थ्यो ।
अहिलेको समाज पुँजीवादी समाज हो । जग्गा, उद्योग, व्यापार सबै पुँजी आर्जन गर्ने तत्त्व हुन् । जसले जति धेरै पुँजी आफ्नो बनाउन सक्छ, उसले उति धेरै मजदुर, किसान र बुद्धिजीवीसमेतको श्रमशक्ति उपयोग गरेर बढी नाफा कमाउन सक्छ । पुँजी आफ्नो नहुने अथवा थोरै पुँजी हुनेहरू धेरै पुँजी हुनेकहाँ गएर आफ्नो श्रमशक्ति खर्च गरेर आवश्यकता पूरा गर्नुपर्छ । वर्गचेतना कमजोर भएकाले भाग्य, अघिल्लो पछिल्लो जुनी, ईश्वर, स्वर्ग, नर्क, राक्षस आदिको विश्वास गरेर सङ्गठित हुन र अन्याय विरुद्ध आन्दोलन गर्न सङ्गठन बनाउन त्यही आस्थाले छेकेको हुन्छ ।
लगानलाई पुँजीबिना बुझ्न सकिन्न तर पुँजीलाई लगानबिना पनि बुझ्न सकिन्छ । पुँजी त्यो आर्थिक शक्ति हो, जुन पुँजीवादी समाजमा हरेक कुरामाथि हावी रहन्छ । पुँजी र भूसम्पत्तिको अलग अलग विश्लेषण गरिसकेपछि प्रस्थानविन्दु र समाप्ति दुवै हुनुपर्छ । त्यसकारण तिनीहरूको अन्तरसम्बन्धको पनि अध्ययनको आवश्यकता पर्दछ ।
लगान जग्गासँग सम्बन्धित छ । त्यो पुँजीको एउटा शाखा हो । त्यो जमिनमा उत्पादन गर्ने विषय हो र किसान र जग्गाधनिबिच लेनदेनसँग सम्बन्धित छ तर पुँजीका अरू धेरै शाखा छन्, जुन नाफा आर्जन गर्ने विषयसँग सम्बन्धित हुन्छन् ।
पुँजीको लगानी नाफा आर्जन गर्न गरिन्छ । श्रम नगरिकन जुनसुकै शाखामा पुँजी लगानी गरे पनि केही हुन सक्दैन । व्यापार, उद्योग, बैङ्क, जहाँ पुँजी लगानी गर्न सकिन्छ अथवा लगानी गरिएको हुन्छ । त्यहाँबाट नाफा हुन्छ । त्यो भनेको ती सबै श्रमको शोषण गर्ने ठाउँ हुन् । नाफा भनेको नै श्रमको अंश हो, जुन श्रमिकको श्रम खर्च गरेर बढी बनाइन्छ । अहिलेको समाजमा धेरै जनाको चाहना बढी नाफा आर्जन गर्ने हुन्छ तर जोसँग धेरै पुँजी छ, त्यही पुँजीको आधारमा नाफा आर्जन र श्रमको शोषण हुन्छ ।
हेगेलले गरेको इतिहासमा विकास हुन्छ तथा अन्तर्निहित सम्बद्धता हुन्छ । यो मूल अवधारणाको मान्यता आज पनि प्रशंसनीय छ । माक्र्सले मात्र हेगेलवादी तर्कशास्त्रबाट द्वन्द्ववादी विधिलाई मात्र सरल रूपमा स्थापित गर्न र अवधारणात्मक विकासमा सही प्रणाली बनाउन सक्नुभयो ।
जतिखेरदेखि उत्पादनको मुख्य साधन जग्गाको अलावा उद्योग, व्यापार भयो, त्यतिखेरदेखि लगानको साथसाथै व्यापार पनि पेसा भयो । व्यापारबाट नाफा बढी कमाउन उत्पादन गर्नुपर्ने अथवा उद्योग स्थापना गर्नुपर्ने भयो । उद्योग, व्यापारबाट धेरै पुँजी आर्जन भए पनि राज्यसत्तामा राजा–महाराजा जस्ता सामन्तको बोलवाला भएकाले राज्यसत्ता आफ्नो हातमा लिएर मात्र नाफा आर्जनको बाटो खुला गर्नुपर्ने भयो । त्यसका लागि मजदुर र किसान आफ्नो पक्षमा बनाएर सामन्त विरुद्ध सशस्त्र सङ्घर्ष गर्नुप¥यो । त्यसरी जित हासिल गरेपछि संसारभरिबाट नाफा कमाउने र कमाउन जाने तथा आफ्नो सामान बेच्ने र उद्योग बढाउने काम भएको हो ।
हेगेलले गरेको इतिहासमा विकास हुन्छ तथा अन्तर्निहित सम्बद्धता हुन्छ । यो मूल अवधारणाको मान्यता आज पनि प्रशंसनीय छ । माक्र्सले मात्र हेगेलवादी तर्कशास्त्रबाट द्वन्द्ववादी विधिलाई मात्र सरल रूपमा स्थापित गर्न र अवधारणात्मक विकासमा सही प्रणाली बनाउन सक्नुभयो ।
अर्थव्यवस्थाको इतिहास पुँजीवादी समाजको इतिहासबिना लेख्न असम्भव हुन्छ । यो कार्य सबै प्रारम्भिक अध्ययनको अभावका कारण धेरै भारी हुन जान्छ । यसकारण दृष्टिकोणको तार्किक विधि नै एक मात्र उपयुक्त विधि थियो ।
इतिहासमा विकास नहुने भए दासव्यवस्था समाप्त हुने थिएन मात्रै होइन, सतिप्रथा र छुवाछुत प्रथा पनि समाप्त हुने थिएनन् । त्यस्तो हुनाको कारण त्यो प्रथाबाट उत्पीडनमा पर्ने पक्ष सचेत, सङ्गठित र आन्दोलित हुँदा उत्पीडक पक्षले आफ्नो स्वार्थअनुकूल उपयोग गर्न नसक्ने अवस्था आएपछि ती प्रथा खारेज गर्न बाध्य हुनुपरेको हो । व्यवस्था पनि त्यसरी नै अन्त्य नगरी नहुने अवस्था आएपछि अन्त्य भएको धेरै उदाहरण छन् ।
कुतर्क तथा द्वन्द्ववादबिच अन्तर छ । त्यो वस्तुपरक द्वन्द्ववादमा आधारित हुन्छ । ती दुवैबिच सापेक्ष तथा निरपेक्ष सत्यको अन्तर स्वयम् सापेक्ष हुन्छ । त्यसका लागि सापेक्षअन्तर्गत निरपेक्ष हुन्छ । विषयनिष्ठ सत्यको दर्शन र कुतर्कका लागि सापेक्ष केवल सापेक्ष मात्र हो । निरपेक्षका लागि त्यसमा कुनै स्थान हुन्न ।
हाम्रै देशमा महिला अधिकारका कुरा गरौँ । अखिल नेपाल महिला सङ्घले वि.सं. २०६० को दसकमा देशव्यापी रूपमा छोरीले पनि अंश पाउनुपर्छ भनेर आन्दोलन गरे । एकैपटक छोरा र छोरीले समान रूपले अंश पाउनुपर्छ भन्ने नियम पास भएर छोराछोरीको अंशमा समान अधिकार त पास भयो तर अहिलेसम्म पनि छोरीको अधिकार प्रयोगमा आउन सकेको छैन । ती उत्पीडित छोरीहरू सचेत, सङ्गठित र आन्दोलित नभएसम्म छोराहरूले निर्विवाद रूपमा बाबुको अंशको अधिकार उपयोग गरेका छन् तर छोरीको हकमा अझै पनि बाधा–अडचन खडा भइरहेका छन् । छुवाछुत प्रथाको अवस्था पनि आन्दोलनबाटै अन्त्य हुने छ ।
कुतर्क तथा द्वन्द्ववादबिच अन्तर छ । त्यो वस्तुपरक द्वन्द्ववादमा आधारित हुन्छ । ती दुवैबिच सापेक्ष तथा निरपेक्ष सत्यको अन्तर स्वयम् सापेक्ष हुन्छ । त्यसका लागि सापेक्षअन्तर्गत निरपेक्ष हुन्छ । विषयनिष्ठ सत्यको दर्शन र कुतर्कका लागि सापेक्ष केवल सापेक्ष मात्र हो । निरपेक्षका लागि त्यसमा कुनै स्थान हुन्न ।
द्वन्द्ववाद सामान्य रूपमा सम्पूर्ण मानवज्ञानको गुण हो । प्रकृति विज्ञानले हामीलाई तिनै गुणका साथ वस्तुगत प्रकृतिलाई देखाउँछ ।
द्वन्द्ववाद माक्र्सवादको ज्ञानसिद्धान्त हो । यो सजीव र बहुपक्षीय ज्ञान हो । तर्कका लागि तर्क गर्ने र वैज्ञानिक तरिकाले पुष्टि गर्न सक्ने तथा पुष्टि हुन सक्ने विषय एउटै होइनन् । तर्क गर्दा वस्तुगत जगत् र द्वन्द्ववाद दुवैको ख्याल गर्नुपर्छ । जोरजबर्जस्ती तर्कको बलले छलफल गर्न नसक्ने बनाउने कुतर्कले मानव ज्ञानको भण्डार बढाउन सक्दैन ।
हुन त नियम, कानुन, नैतिकता, अनुशासनको मातहत बस्न नसक्ने अराजक मान्छेहरू समाजमा हावी भएका धेरै उदाहरण भेटिन्छन् । त्यस्ताले द्वन्द्ववादको नाममा ज्यादती पनि मच्चाउँछन् तर द्वन्द्ववाद विज्ञानको अंश भएको र नियम, कानुन, नैतिकता, अनुशासन, वर्गीय चरित्र सबै त्यसै मातहत सञ्चालन हुने हुनाले अन्यथा मान्न मिल्दैन । द्वन्द्वात्मक विश्व दृष्टिकोण पक्ष र विपक्षको अन्तर छुट्याउने वैचारिक हतियार हो । यो वर्गीय चरित्रमा आधारित हुन्छ ।
लेनिनले भनेका छन् : “आदर्शवाद अवश्य पनि अनुर्वर पुष्प हो तर यो सजीव, उर्वर, असल, सशक्त, सर्वशक्तिसम्पन्न, वस्तुपरक, निरपेक्ष मानव ज्ञानको वृक्षमा फुल्दछ ।”
वर्गमा हुने वर्गीय चरित्र गैरवर्गले मान्यता नदिन सक्छ । गैरवर्गीय तर्क वर्गको कसीमा घोटेर मात्र वर्गीय दर्शन सापेक्षबाट निरपेक्ष सत्यतिर उकालो लाग्ने हो । निरपेक्ष सत्यसम्म पुग्नै नसक्ने कुतर्कको स्थान त्यहीँ मात्र सीमित हुन्छ । त्यो वास्तविकतासँग मेल खान पनि सक्दैन† वर्गचरित्रको अन्तर्गत पनि रहन्न र समाजमा स्थापित हुनसमेत सक्दैन ।
लेनिनले भनेका छन् : “आदर्शवाद अवश्य पनि अनुर्वर पुष्प हो तर यो सजीव, उर्वर, असल, सशक्त, सर्वशक्तिसम्पन्न, वस्तुपरक, निरपेक्ष मानव ज्ञानको वृक्षमा फुल्दछ ।”
आदर्शवादका ज्ञान सिद्धान्तगत जडहरू सरलरेखीय, एकतर्फीपन, काष्ठमयता तथा जडता, विषयनिष्ठवाद तथा विषयनिष्ठ दृष्टिविहीनता आदि हुन् । यिनीहरूलाई पुरोहितवादी रूढिवाद या दार्शनिक आदर्शवाद पनि भन्न सकिन्छ । यी जड आधारहीन छैनन् ।
हाम्रो समाजमा आदर्शवादको व्यापक प्रभाव छ । त्यसमा जनता तल्लीन छन् । ईश्वर र भाग्यमाथि अति नै विश्वास मात्र होइन, पूजाआजा र निष्ठामा छन् । उनीहरू प्रमाण जुटाउन र शङ्का मानेर प्रश्न गर्न तयार छैनन् । बहुमत जनतामा आस्था, विश्वास र निष्ठा भएपछि एकदुई जनाको सङ्ख्याले विरोध गरेर उनीहरूलाई भौतिकवादी बनाउनुभन्दा आफै विस्थापित हुनुपर्ने अवस्था निर्माण हुन्छ । वास्तविकताको विपरीत काल्पनिक विचारले गहिरो गरी विश्वास जितेको छ । हामीले अन्धभक्त नहुन दिने सुझावले काम गर्न सक्दैन । यो एकदुई पुस्ता मात्रै होइन, धेरै पुस्तादेखि मान्छेको मनमा आसन जमाएको रूढिवाद हो । हामीले एक पुस्ताभरिको प्रयत्न पनि फिका हुन्छ । पछिल्लो पुस्ताका लागि आफ्ना कृयाकलापको स्मरण गराउने गरी काम गर्न आवश्यक छ ।
एउटा कम्युनिस्ट पार्टीको सदस्यलाई नेता हुनबाट रोक्ने यही आदर्शवादी दर्शन हो । जनताले यो दर्शन स्वीकार्ने र कम्युनिस्ट पार्टीले भौतिकवादी दर्शनको आधारमा विरोध गर्ने मेल खान्न । एउटा भौतिकवादी व्यक्ति आदर्शवादी जनताको नेता हुनको सट्टा विरोधी भएर अस्तित्व बचाउन सक्यो भने मात्र पनि ठुलो उपलब्धि भएको मान्नैपर्ने वर्तमान अवस्थाको विश्लेषण हो ।