समीर सिंह ##
पृष्ठभूमि
धर्मबाट संविधान प्रभावित हुने कि नहुने ? धर्म, आस्था र विश्वासको कुरा हो कि राजनीति गर्ने साधन ? राज्य, कुनै एउटा धर्मको समर्थनमा उभिने या तटस्थ बस्ने ? यस्ता थुप्रै अन्तर्विरोधपूर्ण प्रश्नका आधारमा अहिले विश्व, ध्रुवीकरण हुँदै गइरहेको अवस्था छ । यस प्रकारको ध्रुवीकरणको प्रक्रियामा एकातर्फ धर्म निरपेक्षता तथा अर्कोतर्फ धर्म सापेक्षताले आआफ्नै प्रकारले भूमिका निर्वाह गरिरहेको अवस्था छ ।
धर्म सापेक्षताकै आधारमा पोपको साम्राज्य बढ्दै गइरहेको अवस्था छ । धर्म सापेक्षताका कारण नै रोहिङ्ग्या मुसलमानहरू लखेटिन्छन् । यी सबै घटनालाई हामीले धार्मिक आतङ्कको रूपमा परिभाषित गर्न सक्दछौँ ।
धर्म निरपेक्षताले संविधान, धर्मभन्दा माथि हुने मान्यता राख्दछ । धर्मको नाममा राजनीति गर्न नहुने तथा राज्य, कुनै धर्मको पक्षमा उभिन नहुने तर्क गर्दछ । अर्कोतर्फ, धर्म सापेक्षताले त्यसको विपरीत धारणा राख्दछ । धर्म सापेक्षताको सिद्धान्तको आधारमा नेपाल जस्तो मुलुकमा हिन्दु राज्यको कुरा गरिन्छ । यही सिद्धान्तको आधारमा मुस्लिम देशमा इस्लामिक कट्टरवाद तथा धार्मिक फासिवादले प्रश्रय पाइरहेको अवस्था छ । धर्म सापेक्षताकै आधारमा पोपको साम्राज्य बढ्दै गइरहेको अवस्था छ । धर्म सापेक्षताका कारण नै रोहिङ्ग्या मुसलमानहरू लखेटिन्छन् । यी सबै घटनालाई हामीले धार्मिक आतङ्कको रूपमा परिभाषित गर्न सक्दछौँ । धर्म सापेक्षताका कारण यस प्रकारका सामाजिक अराजकताको स्थिति उत्पन्न हुने गर्दछ ।
धर्म सापेक्षतालाई त्याग गर्दै धर्म निरपेक्षतालाई अवलम्बन गरेको एउटा मुलुक हाम्रो देश हो । २०६२–६३ सालको जनआन्दोलनबाट त्यस प्रकारको उपलब्धि प्राप्त भएको हो । विश्वस्तरमा पनि धर्म निरपेक्षताको पक्षमा थुप्रै आन्दोलन हुँदै आएका छन् ।
धर्मनिरपेक्षताको पक्षमा विश्वव्यापी आन्दोलन
सन् १५१७ तिर मार्टिन लुथरले क्याथोलिक चर्चको सुधारको पक्षमा बोल्दै धर्म निरपेक्षताको मान्यताको बिजारोपण भएको पाइन्छ । सोह्रौँ शताब्दीतिर प्रोटेस्टेट र रोमन क्याथोलिकबिचको ३० बर्से धार्मिक युद्धले पनि थुप्रै नकारात्मक अनुभव प्राप्त भयो । यी सबै अनुभवबाट उदारवादका पिता भनेर चिनिने दार्शनिक जोहन लाक यो निष्कर्षमा पुगे : ‘राज्यसित धर्म जोडिँदा युद्धहरू झनै चर्किने गर्दछ ।’
धर्म निरपेक्षताका मूल्यमान्यताको विकास हुँदै जाँदा अमेरिकाका पूर्व राष्ट्रपति थोमस जेफरसनले सन् १८०८ मा धर्म निरपेक्षतासम्बन्धी तीनओटा धारणा प्रस्तुत गरे । ती धारणालाई अवलम्बन गर्दै अमेरिकी संविधानमा संशोधन गर्दै कार्यान्वयनतर्फ अगाडि बढे । उनले अगाडि सारेका तीन मान्यता थिए ः १) राज्यबाट धर्म अलग हुनुपर्दछ । २) सबै नागरिक, आआफ्नो धर्म मान्न स्वतन्त्र हुनुपर्दछ तर कसैले आफ्नो धर्मलाई अवलम्बन गर्दा अन्य धर्मलाई चोट पु¥याउँछ भने राज्यले हस्तक्षेप गर्नुपर्दछ । ३) धर्मका आधारमा राज्यले भेदभाव गर्नुहुँदैन । यसरी राष्ट्रपति जेफरसनले स्वतन्त्र समाजको लागि चर्च र राज्यबिचको पर्खाल हुनुपर्ने बताए ।
ब्रिटेनले भारतमा आफ्नो उपनिवेश विस्तार गर्दै जाँदा विभिन्न धार्मिक सम्प्रदायबिच चर्को द्वन्द्वको अवस्था थियो । त्यस प्रकारको धार्मिक द्वन्द्वको उपयोग गर्दै ब्रिटिसलाई आफ्नो साम्राज्य विस्तार गर्न सहज भइरहेको थियो । त्यस प्रकारको चुनौतीपूर्ण अवस्थामा महात्मा गान्धीले ‘सर्व धर्म सम भाव’ को नारा दिए । त्यस्तै, जवाहरलाल नेहरूले ‘धर्म, राज्यसित जोडिने नभएर निजी विषय भएको’ बताए । यसरी त्यो बेलाको चुनौतीपूर्ण परिस्थिति तथा भारतमा स्वतन्त्रताको आन्दोलनलाई सशक्त रूप दिन पनि धर्म निरपेक्षताको विषय अपरिहार्य विषय बन्न गयो ।
फ्रान्समा धर्म निरपेक्षता
धर्म निरपेक्षताका लागि विश्वस्तरमा चलेका विभिन्न आन्दोलनको सन्दर्भमा गौरवमय इतिहास बोकेको एउटा मुलुक फ्रान्स पनि हो । फ्रान्सेली क्रान्तिको समयदेखि नै फ्रान्समा धर्म निरपेक्षताको मान्यता विकास हुँदै आएको हो । राजतन्त्रको अन्त र गणतन्त्रको स्थापनासँगै धर्म निरपेक्षतालाई एउटा महत्त्वपूर्ण सिद्धान्तको रूपमा स्वीकार गरिँदै आइयो ।
कुनै समयमा त्यहाँ रोम क्याथोलिक चर्च र पोपको हालीमुहाली हुने गर्दथ्यो । कसैले धर्मको विरोध ग¥यो भने सिधै फाँसी तथा विभिन्न चरम यातनाहरू
दिइने गरिन्थ्यो । कोपर्निकस जस्ता खगोलशास्त्रीले ‘पृथ्वीले सूर्यको परिक्रमा गर्दछ’ भन्नु ठुलो दार्शनिक क्रान्ति थियो । न्युटनले गुरुत्वाकर्षणको नियम पत्ता लगाउनु, चाल्र्स डार्बिनले जीवविज्ञानको सिद्धान्त पत्ता लगाउनुले त्यहाँको परम्परागत धार्मिक मूल्यमान्यतालाई ठुला चुनौती दियो । आर्थिक क्षेत्रमा भइरहेको परिवर्तन, राजनीतिक अन्तर्विरोधलगायतका भौतिक परिस्थितिले पनि मानिसको दार्शनिक चिन्तनमा गुणात्मक परिवर्तन आउँदै गयो । सन् १९०५ मा कानुन बनाएर नै धर्म निरपेक्षताको सिद्धान्तलाई अझ बलियो बनाइएको थियो ।
धर्म निरपेक्षता र धर्म सापेक्षताबिचको चर्कँदो अन्तर्विरोधको परिणाम थियो । फ्रान्समा धर्म निरपेक्षताले सशक्त रूप लिँदै जाँदा त्यसको फरक मत राख्नेहरू आक्रोशित हुँदै गइरहेको अवस्था छ ।
१६ अक्टोबर २०२० का दिन पैगम्बर मोहम्मदको व्यङ्ग्यचित्र देखाएकै कारण १८ वर्षीय मुस्लिम युवकले एक जना शिक्षक सेमुयल पेटीको हत्या गरिदिए । ‘अभिव्यक्तिको स्वतन्त्रता’ को बारेमा पढाउँदै गर्दा साप्ताहिक पत्रिका साली एब्दोमा प्रकाशित मुस्लिम धर्मगुरुको कार्टुन देखाउँदा उनीप्रति यस प्रकारको अमानवीय व्यवहार गरियो । त्यसको विरोधमा फ्रान्सभरि नै प्रदर्शन भयो ।
फ्रान्सको एउटा स्कुलको इतिहास विषयको शिक्षकको हत्याको घटना, व्यक्तिगत घटना मात्र थिएन । धर्म निरपेक्षता र धर्म सापेक्षताबिचको चर्कँदो अन्तर्विरोधको परिणाम थियो । फ्रान्समा धर्म निरपेक्षताले सशक्त रूप लिँदै जाँदा त्यसको फरक मत राख्नेहरू आक्रोशित हुँदै गइरहेको अवस्था छ । त्यसको परिणामस्वरूप नै त्यो घटना भयो । त्यो घटनाले राष्ट्रियस्तरको विषय मात्र नभएर अन्तर्राष्ट्रिय स्वरूप ग्रहण गर्याे ।
लेसिते (धर्म निरपेक्षतालाई फ्रान्समा लेसिते भन्ने गरिन्छ) लाई स्वीकार गर्ने कि इस्लाम कट्टरवादलाई मान्ने ? त्यहाँ बहसको विषय बन्दै आएको छ । लेसितेले अन्तरआत्माको स्वतन्त्रताको ग्यारेन्टी गर्दछ । यो प्रणालीले ‘आफ्नो धर्मलाई आफ्नै प्रकारले पालन गर्ने’ अनुमति दिन्छ तर धर्म, संविधानको अन्तर्गत हुनुपर्दछ । धर्मको सन्दर्भमा राज्य तटस्थ हुनुपर्दछ । आस्तिक तथा नास्तिक दुवैलाई लेसिते प्रणालीअन्तरगत आफ्नो अभिव्यक्तिको स्वतन्त्रता हुन्छ ।
फ्रान्समा दक्षिणपन्थी तथा वामपन्थी दुवैले यो मान्यता स्वीकार गर्दै आएको विषय हो तर इसाई धर्मावलम्बीपछि दोस्रो ठुलो सङ्ख्यामा रहेका मुस्लिम समुदायका केही कट्टरपन्थी सोचाइ राख्नेहरू लेसितेलाई अझ सशक्त बनाउँदै जाने सरकारको नीतिप्रति सशङ्कित हुँदै गएका छन् । लेसितेमार्फत इस्लाम धर्ममाथि आक्रमण गरिरहेको उनीहरूको आरोप छ ।
इस्लामिक मुलुकहरू लेसितेलाई अझ बलियो पार्दै जाने फ्रान्सेली सरकारको रुझानले फ्रान्स र त्यहाँका सामानहरू बहिष्कार गर्ने चर्चा पनि चल्यो ।
इस्लाम धर्मले महिलालाई बुर्का (हिजाब) भित्र कैद गर्ने गर्दछ तर यस प्रकारको कट्टरता लेसितेसँग मिल्दो नभएको फ्रान्सले बताउँदै आएको छ ।
गणतान्त्रिक मूल्यमान्यतासँग यस प्रकारको हिजाबको कट्टरता सुहाउँदो नभएको उसको तर्क छ । मुस्लिम महिलाहरू इस्लाम धर्मको कारण शोषणमा परेका छन् । त्यसैले उनीहरूलाई यस प्रकारको दबाबबाट मुक्त गर्नुपर्ने फ्रान्सको मान्यता छ । त्यसका लागि कानुन बनाएर नै धर्म निरपेक्षतालाई अझ बलियो बनाउने फ्रान्सको उद्देश्य छ ।
इस्लामिक मुलुकहरू लेसितेलाई अझ बलियो पार्दै जाने फ्रान्सेली सरकारको रुझानले फ्रान्स र त्यहाँका सामानहरू बहिष्कार गर्ने चर्चा पनि चल्यो ।
थुप्रै मुस्लिम बाहुल्य देशमा राष्ट्रपति म्याक्रोनको विरोधमा प्रदर्शन भए । मुस्लिम बाहुल्य मुलुकहरू कतार, जोर्डेन, कुवेत, पाकिस्तान, इरान, बङ्गलादेश, तुर्कीलगायतका देशमा फ्रान्सको विरोधमा प्रदर्शन तथा त्यहाँको सरकारको सामान बहिष्कार गरे । भारतका केही राज्यहरू भोपाल, मुम्बई, अलिगढका मुस्लिम समुदायका मानिस तथा बङ्गलादेशमा हजारौँको सङ्ख्यामा जनता, सडकमा उत्रेर फ्रान्सेली राष्ट्रपतिको पुतला दहन गरे ।
तुर्कीका राष्ट्रपति अर्दवानले ‘फ्रान्सका राष्ट्रपतिको दिमाग खुस्किएको’ सम्म भन्न चुकेनन् । मलेसियाका पूर्व राष्ट्रपतिले ‘मुस्लिम धर्मको विरोध गर्ने फ्रान्सेलीको ठुलो सङ्ख्यामा हत्या गर्नुपर्ने’ जस्ता अराजक विचारसमेत व्यक्त गरे ।
फ्रान्सेली राष्ट्रपति कडा प्रतिवाद गर्दै भने : ‘हामी आतङ्कवादको अगाडि समर्पण गर्ने छैनौँ ।’ फ्रान्स तथा फ्रान्सेली राष्ट्रपतिको पक्षमा विश्वका विभिन्न देशले समर्थन गरिरहेको सन्दर्भमा पनि धर्म निरपेक्षताको मोर्चा तथा त्यसको पक्षमा आन्दोलन तथा प्रभाव बढ्दै जाने प्रष्ट छ ।
फ्रान्सले विशेष गरेर हवाईजहाजका तथा परिवहनका पुर्जा, कृषि तथा फेसनसम्बन्धी सामान निर्यात गर्दछ । मुस्लिम देशहरूबाट सामान बहिष्कार गरेपछि फ्रान्सको आर्थिक प्रणाली केही न केही प्रभावित भयो । फ्रान्सेली राष्ट्रपति कडा प्रतिवाद गर्दै भने : ‘हामी आतङ्कवादको अगाडि समर्पण गर्ने छैनौँ ।’ फ्रान्स तथा फ्रान्सेली राष्ट्रपतिको पक्षमा विश्वका विभिन्न देशले समर्थन गरिरहेको सन्दर्भमा पनि धर्म निरपेक्षताको मोर्चा तथा त्यसको पक्षमा आन्दोलन तथा प्रभाव बढ्दै जाने प्रष्ट छ ।
हिंसात्मक आतङ्कवादी क्रियाकलाप बढ्दै जाँदा २९ अक्टोबर २०२० का दिन निस सहरको एउटा चर्चनजिकै तीन जनाको हत्या भयो । हत्या गरिएकामध्ये एक जना ६० बर्से महिलाको घाँटी रेटेर हत्या गरिएको थियो । हत्या गर्ने व्यक्तिले इस्लामको नारा लगाइहेका थिए । त्यस्तै, सोही दिन फ्रान्सेली सहर एभेन्युमा पनि एक जनाको हत्या गरियो । सउदी अरबको वाणिज्य दूतावासको अगाडि एउटा सुरक्षा गार्डमाथि आक्रमण भयो ।
फ्रान्सको कानुनमा अझ परिवर्तन गर्दै इस्लाम धर्मलाई लेसितेको मान्यताअनुरूप परिवर्तन गर्ने राष्ट्रपतिको भूमिका रह्यो । धर्मभन्दा माथि संविधान हुन्छ । लेसिते गणतन्त्रको धर्म हो, त्यसैले सबै फ्रान्सेली नागरिक संविधानअनुसार अगाडि बढ्नुपर्ने फ्रान्स सरकारको मान्यता रहँदै आएको छ ।
अभिव्यक्तिको स्वतन्त्रताकै आधारमा आतङ्क फैलाउन नहुने विषयमा फ्रान्स सरकार दृढ देखिन्छ । त्यसरी आतङ्क फैलाउनेका विरुद्ध कडारुपमा प्रस्तुत हुने पनि प्रष्ट देखिन्छ ।
निष्कर्ष
प्रजातन्त्रलाई बलियो बनाउने हो भने धर्म निरपेक्षता एउटा अनिवार्य सर्त हो । धर्म निरपेक्षता र प्रजातन्त्रबिच अभिन्न सम्बन्ध रहने गर्दछ । धर्म सापेक्षताले प्रजातन्त्रलाई कमजोर गराउने हुँदा न्यायपूर्ण समाजका लागि धर्म निरपेक्षता नै उत्तम विकल्प हो । प्रजातन्त्र तथा गणतन्त्रलाई बलियो बनाउँदै जाँदा विश्वका विभिन्न मुलुकमा धर्म निरपेक्षतालाई अवलम्बन गर्दै गइरहेको प्रस्ट नै छ । प्रजातन्त्रले सबैलाई समान अधिकारको कुरा गर्दछ भने धर्म निरपेक्षताले धार्मिक समानताको कुरा गर्दछ । त्यसैले न्यायमा आधारित स्वतन्त्र समाजका लागि प्रजातन्त्र र धर्म निरपेक्षता अभिन्न सम्बन्ध हुनुपर्दछ । न्याय र समानताको दिशामा राज्य तथा समाजलाई अगाडि बढाउने हो भने धर्म निरपेक्षता पनि एउटा अनिवार्य सर्त हो ।
लेसितेलाई अझ सशक्त बनाउँदै अगाडि बढिरहेको फ्रान्सेली जनताको भूमिकालाई उपलब्धिमूलक नै मान्नुपर्दछ । अभिव्यक्तिको स्वतन्त्रता, फ्रान्सेली समाजको संस्कृति हो । कसैले कुनै धर्मको विरुद्ध मत प्रकट गर्नु पनि अभिव्यक्तिको स्वतन्त्रता हो । साली एब्दो पत्रिकाले मुस्लिम धर्मगुरुको मात्रै कार्टुन प्रकाशित गर्ने होइन, पोपको पनि त्यसरी नै व्यङ्ग्य कार्टुन प्रकाशित गर्ने गर्दछ । यदि त्यो मन परेन भने पत्रिकाको विरोधमा प्रदर्शन गर्न सकिन्छ । पत्रिकाको बहिष्कार गर्न सकिन्छ तर कुनै विचार व्यक्त तथा तस्बिर प्रकाशित गरेकै आधारमा घाँटी रेटेर मार्नु, विभिन्न आतङ्कको स्थिति सिर्जना गर्नु न्यायोचित कदम हुन सक्दैन ।
मानिसका आधारभूत समस्याप्रति सचेत हुन नदिन हिन्दुत्वको आधारमा राजनीति गर्ने प्रयास गरिन्छ । हिन्दुत्वका आधारमा भोट बैङ्क सुनिश्चित गर्न लक्षित भइन्छ ।
राष्ट्रपतिले म्याक्रोले ‘इस्लाम धर्म सङ्कटमा छ’ भने । वास्तवमा इस्लाम मात्र होइन, हिन्दु धर्म तथा इसाई धर्म पनि सङ्कटमा छ । कट्टर मुस्लिम धर्मको आधारमा बनेको आइएसआइएसले सिया मुसलमानको नरसंहार गरिरहेको अवस्था छ । तालिवानी आतङ्क जारी छ । यस प्रकारका कट्टरवादीको सन्दर्भमा नै ‘इस्लाम धर्म सङ्कटमा छ’ भनिएको हो ।
मानिसका आधारभूत समस्याप्रति सचेत हुन नदिन हिन्दुत्वको आधारमा राजनीति गर्ने प्रयास गरिन्छ । हिन्दुत्वका आधारमा भोट बैङ्क सुनिश्चित गर्न लक्षित भइन्छ । विश्वव्यापी रूपमा इसाईकरणका आधारमा आफ्नो साम्राज्य कायम गर्ने प्रयास गरिँदै छ । यी सन्दर्भमा ‘हिन्दु धर्म तथा इसाई धर्म सङ्कटमा छ’ भन्नुपर्ने नै हुन्छ ।
फेरि पनि धर्म निरपेक्षताको आन्दोलन जारी छ । यो आन्दोलनको पक्षमा विश्वस्तमा चलिरहेका विभिन्न आन्दोलनको सन्दर्भमा फ्रान्सेली जनताको आन्दोलन तथा भूमिकालाई सलाम गर्नुपर्ने हुन्छ । यस प्रकारको आन्दोलनलाई विश्वव्यापी रूपमा अझ सशक्त पार्दै अगाडि बढिरहनुपर्दछ ।

