• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

पढ्न उत्साहित हुँदैछन् दलित बालबालिका


  •   बुधबार, पुष २०, २०७९ मा प्रकाशित
  • –टिकाराम सुनार/सुदिप राउत
    लहान । बिहान सबेरै उठ्नु, ०७ देखि ०९ बजेसम्म हुने ‘ट्युसन क्लास’ भ्याउनु, फेरि १० नबज्दै विद्यालय पुग्नु । सिरहाको इँटाटारस्थित तेनुवापटी आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा राधनाकुमारी सदायको दिनचर्या दुई वर्षदेखि यस्तै छ ।

    Advertisement

    केही समय पहिले पढ्न र स्कूल जानुपर्छ भनेपछि झर्को मान्ने छोरी राधनामा आएको परिवर्तन देखेर दङ्ग हुनुहुन्छ उनका बुबा भरोसी र आमा निलमदेवी । राधनाका बुबाआमा मात्रै होइन, पढाइप्रतिको लगाव र विद्यालयमा नियमित आउने उत्साह देखेर दङ्ग हुनुहुन्छ विद्यालयका प्रधानाध्यापक रतनदेव सिंह पनि ।

    यस्तै परिवर्तन आएको छ तेनुवापटी आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत निखलेसकुमार सदाय र विष्णुकुमार सदायमा पनि । उनीहरु दुवै जना स्कूल जान औधि मन गर्छन् अचेल । राधना, निखलेस र विष्णुलाई मात्रै होइन, सिरहाका चारवटा वस्तीका करिब १५३ विद्यार्थीमा यस्तै परिवर्तन आएको छ । तर यस्तो परिवर्तन भने त्यसै आएको होइन ।

    दलित बस्तीका यी बालबालिकालाई रमाइलो मानेर स्कुल जाने र ट्युसन पढ्ने वातावरण बनाई दिएको हो, दलित जनकल्यान युवा क्लब, लहानले । विविध समस्याका कारण विद्यालय जान र पढ्न खासै रुची नगर्ने दलित समुदायका बालबालिकालाई ‘फ्रिडम फण्ड’को आर्थिक सहयोगमा पठनपाठनदेखि आवश्यक शैक्षिक सामग्री सहयोग गर्न थालेपछि परिवर्तन देखिन थालेको क्लबका अध्यक्ष उमेशकुमार बिसङ्केले जानकारी दिनुभयो ।

    कमजोर आर्थिक अवस्थाका कारण आवश्यक शैक्षिक सामग्री र अतिरिक्त कक्षा ट्युसन पढ्न नपाउँदा विद्यालय जान रुची नगर्ने गुनासोपछि क्लबले हरवाचरवा, सुकुम्बासी, भूमिहिन दलित समुदायका बालबालिकालाई स्कूल पोशाक, स्टेशनरी र झेला वितरण गर्न थालेको अध्यक्ष बिसङ्केको भनाइ छ । “विद्यालय बाहिर रहेका, नाम लेखाएर पनि स्कूल नजाने बालबालिकालाई आवश्यक शैक्षिक सामग्री र पठनपाठनमा सहयोग गरी विद्यालयमा पहुँच पुर्‍याउनु हाम्रो मुख्य उद्देश्य थियो”, उहाँले भन्नुभयो, “सानो सहयोग गर्दा पनि अहिले विपन्न दलित बस्तीका बालबालिकामा पढ्न र नियमित विद्यालय जान केही सहयोग पुगेको छ ।”

    विद्यालय बाहिर रहेका दलित बालबालिकालाई विद्यालय भर्ना गराउने, नि:शुल्क ट्युसन कक्षा सञ्चालन गर्ने, अभिभावकलाई बालबालिकाको पढाइप्रति चासो राख्न उत्पे्ररित गर्न शिक्षाको महत्वबारे जानकारी दिने कार्यमा विशेष जोड दिएकाले विद्यार्थी र अभिभावक दुवैमा परिवर्तन देखिन थालेको क्लबका कार्यक्रम संयोजक बहादुर सदायले बताउनुभयो । दलित समुदायका बालबालिका विद्यालय बाहिर रहने, नियमित विद्यालय नजाने, पढ्नमा गुणस्तर नबढ्नेजस्ता कारणबारे अनुसन्धान गर्ने, बालबालिकालाई विद्यालयमा टिकाउन आवश्यक क्रियाकलाप सञ्चालनका लागि समुदाय, शिक्षक तथा सरोकारलासँग छलफल गरी समस्या समाधान गर्ने रणनीति क्लबले अख्तियार गरेको उहाँले जानकारी दिनुभयो ।

    स्कूलमा खेलकुद सामग्रीको उपलब्धता, दिवा खाजा कार्यक्रम, छात्रवृत्तिमा पहुँच, विद्यालय पोशाक, झोला र स्टेशनरीको उपलब्धता तथा बस्तीमा गठन भएका हरवाचरवा महिला समूह एवम् तीनको परिचालनले पनि दलित समुदायका बालबालिकालाई विद्यालय जान आकर्षित गरेको स्थानीय सामाजिक परिचालक सन्तोसकुमार विसङ्के बताउनुहुन्छ ।

    विद्यार्थी निखलेसकुमार सदाय पनि घरमा ट्युशन र विद्यालयमा पठनपाठनसँगै अतिरिक्त क्रियाकलापसमेत हुने गरेकाले आफूलाई नियमित स्कूल जान सहज भएको धारणा राख्छन् । पहिले पारिवारिक समस्याका कारण आवश्यक शैक्षिक सामग्री नपाउँदा विद्यालय जान मनै नलाग्ने गरेकोमा त्यो समस्या समाधान भएपछि आफूलाई विद्यालय जाउँजाउँ लाग्न थालेको निखलेसको भनाइ छ । कक्षा ६ मा अध्ययनरत विष्णुकुमार सदायलाई पनि त्यस्तै लाग्दछ । “म अचेल सकेसम्म कुनै दिन स्कूल जान छोड्दिन । त्यहाँ गएर पढ्न अनि खेल्नलाई रमाइलो लाग्छ” उनले भने,“मलाई फुटबल खेल्न मन लाग्छ । सधैँ ‘टिफिन टाइम’मा खेल्ने गर्दछु ।”

    उनीहरुका अभिभावकले पनि ट्युशन पढ्न र विद्यालय जान आवश्यक सहयोग प्राप्त भएकाले आफूहरुलाई सहज भएको बताउनुभएको छ । दैनिक गुजाराको लागि ज्यालामजदुरी गर्नुपर्ने बाध्यताका कारण छोराछोरीको पठनपाठनमा लगानी गर्न समस्या हुने गरेको उहाँहरुको दुखेसो छ । राधनाका बुबा भरोसी सदायले आफूले नपढेर दु:ख पाएकाले अब छोराछोरीले पढेर आफ्नो सपना पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । “हामीलाई कालो अक्षर भैँसी बराबर छ । उहिले पढ्न पाइन, अहिले आएर दु:ख पाइएको छ”, उहाँले भन्नुभयो,“अबको पिँढीले यस्तो दु:ख नपाउँन् ।” राधनाले पनि पढेर भविष्यमा ठूलो मान्छे बन्ने सपना रहेको बताइन् । उनी भन्छिन्, “धेरै पढेर डाक्टर बन्छु, अनि आमा बाबु सबैैको उपचार गर्छु ।”

    प्राय:जसो दलित बस्तीमा अशिक्षा र चेतानाको कमीले कुलतमा फस्ने र चाँडै विवाह गर्ने समस्या छ । अहिले सहयोगी संस्था र प्रदेश सरकारसमेतले बालबालिकाको पठनपाठनमा सहयोग गरिरहेकामा खुशी हुनुहुन्छ अभिभावक ककुलदेवी सदाय । उहाँका चारजना सन्तानमध्ये अहिले तीन जना पढिरहेका छन् । जेठी छोरीको कक्षा ९ को पठाई नसक्दै विवाह भइसकेको छ । बाँकी तीन सन्तानलाई नियमित स्कूल पढाइरहेको र क्लबबाट सहयोग प्राप्त हुँदा आफूलाई सहज भएको उहाँले बताउनुभयो ।

    विद्यार्थी र अभिभावक मात्रै होइन, शिक्षक तथा प्रधानाध्यापकले पनि पहिलेको तुलनामा नियमित विद्यालय आउने दलित बालबालिकाको सङ्ख्या र पढाइमा लगाव बढिरहेको बताउनुभयो । प्रधानाध्यापक सिंहले दलित समुदायका बालबाललिका सकेसम्म स्कूल नआउने र आए पनि बीचमै कक्षा छोड्ने समस्या रहेकामा अहिले धेरै सुधार भएको बताउनुभयो । “करिब ५० प्रतिशत दलित विद्यार्थी बीचमै कक्षा छोड्थे ”, उहाँ भन्नुहुन्छ, “अहिले क्लबले सहयोग गरेका कारण नियमित विद्यालय आउने सङ्ख्या बढेको छ ।”

    अभिभावकले नै विद्यालय जानभन्दा गरिबीका कारण ज्याला मजदूरीको लागि भारत जान प्रोत्साहन गर्ने गरेको तीतो विगत स्मरण गर्नुहुँदै प्रधानाध्यापक सिंहले अहिले भने त्यो प्रवृतिमा पनि सुधार हुन थालेको धारणा राख्नुभयो । उहाँका अनुसार अहिले सो विद्यालयमा कक्षा १ देखि ७ सम्म कूल दुई सय ९९ विद्यार्थीमध्ये दलित विद्यार्थीको सङ्ख्या एक सय २३ रहेको छ । इँटाटाराको दलित बस्तीबाट अहिलेसम्म दुई जनाले मात्र १२ कक्षासम्म अध्ययन गरेका छन् ।

    बरियापट्टी गाउँपालिका–३ स्थित जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक वीरबल यादवले पछिल्लो समय विभिन्न संस्था र सरकारले सहयोग गरेका कारण केही परिवर्तन भए पनि मुसहर बस्तीबाट नियमित विद्यालय नआउने र बीचमै पठाइ छोड्ने समस्या कायमै रहेको बताउनुभयो । उहाँले दलित विद्यार्थीलाई लक्षित गरी ‘किशोरी शिक्षा’ र ‘नि:शुल्क ट्युसन कक्षा’ सञ्चालन गर्दा पनि अपेक्षित सुधार हुन नसकेको बताउनुभयो । “दलित बालबालिका विद्यालयमा भर्ना हुने तर ४/५ कक्षा नपुग्दै छोडने प्रवृत्ति रहेको छ”, यादवले भन्नुभयो । यस वर्षको एसइईमा यस विद्यालयबाट एक जना मात्र दलित विद्यार्थी उत्तीर्ण भएका थिए ।

    सामाजिक परिचालक विसङ्खेले पनि प्रदेश सरकार, दातृ निकाय र स्थानीय क्लबले सहयोग गर्दा पनि अझै करिब १० प्रतिशत बालबालिकालाई अभिभावकले स्कूल पठाउने नगरेको बताउनुभयो । बालबालिकाको सुन्दर भविष्यका लागि विद्यालय, सहयोगी संस्था र अभिभावक गरी सरोकारवाला पक्ष गम्भीर भएर लाग्नुपर्ने उहाँको भनाइ छ ।

    प्राध्यापक डा विजयप्रसाद मिश्र पनि गरिब दलित बस्तीका बालबालिकामा विद्यालय जानुपर्छ भन्ने भावना विकास हुँदै गए पनि अझै धेरै समस्या विद्यमान रहेको बताउनुहुन्छ । यो समस्यालाई समाधान गर्न दलित, गरिब, हरवाचरवा, सुकुम्बासी, भूमिहिन समुदायका अभिभावकमा बालबालिकालाई पढाउने इच्छा जागृत गराउने उपायको खोजी गरिनुपर्ने उहाँको मत छ । प्राडा मिश्र भन्नुहुन्छ, “दलित बस्तीमा गएर कुराकानी गर्दा पढेर के हुन्छ र ! जति पढे पनि जागीर पाइँदैन भन्ने मानसिकता छ । यसलाई चिर्नका लागि उहाँहरुमा भरोसा दिलाउने र स्वरोजगारमूलक शिक्षण गतिविधि हुनु आवश्यक छ ।” गरिब बस्तीमा परिवारको दैनिक गुजारा टार्ने आधार नबन्दासम्म शिक्षाको लक्ष्य पूरा गर्न कठिन हुने भएकाले यसतर्फ ध्यान दिन सरकार र सरोकारवालालाई उहाँको आग्रह छ ।

    मधेश प्रदेशका धेरै बस्तीमा बालबालिकाको पढाइमा धेरै समस्या छन् । यस्ता समस्याको पहिचान गरी समाधानको प्रयास गर्न सके लहानका यी बालबालिकामा आएको परिवर्तन जस्तै अरु ठाउँमा पनि आउँनसक्छ । यस्तै समस्यालाई मध्यनजर गर्दै दलित जनकल्यान यूवा क्लब, लहानले ‘फ्रिडम फण्ड’को आर्थिक सहयोगमा सिरहाका चारवटा दलित बस्तीका बालबालिकालाई लक्षित गरी सहयोग कार्यक्रम गर्दै आएको छ । क्लबका अध्यक्ष विसङकेका अनुसार जिल्लाको औरही गाउँपालिका–४ स्थित इटाटारको दलित बस्तीमा ४२ बालबालिका, बरियापट्टी गाउँपालिका–३ बरियापट्टीमा ३६ जना, धनगढीमाई नगरपालिका–१ बाखरमा ४० जना र लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर पिपरामा ३५ दलित बालबालिकाका लागि सन् २०२१ देखि सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ ।

    सन् २०२४ सम्म सञ्चालन हुने यस कार्यक्रमबाट दलित बस्तीमा पढ्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको उहाँको भनाइ छ । तर यो कार्यक्रम सकिएपछि के गर्ने भन्ने अन्योल भने कायम छ । “हामीले दलित बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउन भूमिका निर्वाह गर्‍याँै । यसबाट दलित बस्तीका बालबालिका र अभिभावक उत्साहित हुनुहुन्छ”, विसङ्खेले भन्नुभयो, “अब यस कार्यक्रमको समयाबधि सकिएपछि स्थानीय सरकारले सहयोग गर्ने हाम्रो अपेक्षा छ ।” औरही गाउँपालिका–४ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद यादव वडा तथा गाउँपालिकाले कार्यक्रमलाई निरन्तरता दिने गरी छलफल भइरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “वडाबाट दुई लाख बजेट पनि छुट्याएको छ । (रासस)

    बुधबार, पुष २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.