• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पुसको जाडोमा नेपथ्यको न्यानो माया


  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित
  • काठमाडौं । पुसको जाडोमा नेपालको चर्चित साङ्गीतिक समूह नेपथ्य ब्याण्डले गए राति ८ बजेसम्म भृकुटीमण्डपमा काठमाडौंका दर्शकलाई आफ्नो साङ्गीतिक प्रस्तुतीले ततायो । मानवता प्रवद्र्धनका लागि महिनाव्यापी चलेको ‘नेपथ्य लाइभ कन्सर्ट’अन्तर्गत काठमाडौंको यो यसपालिको अन्तिम वा १०औँ सङ्गीत यात्रा थियो ।

    Advertisement

    देश दौडाहाका क्रममा जिल्लाका नौवटा कार्यक्रम सकेर काठमाडौं भित्रिएको नेपथ्यले भृकुटीमण्डपमा झण्डै पाँच हजार सङ्गीत पारखीलाई मज्जाले झुमायो । नेपथ्यका नायक एवं मुख्य गायक अमृत गुरुङले दर्शकले भरिएको भृकुटीमण्डपमा राष्ट्रिय भावनाले ओतप्रोत तथा सदावहार पुराना र चर्चित लोकपप गीत प्रस्तुत गर्नुभयो । उहाँ सङ्गीतको दुनियाँमा छुट्टै ब्याण्ड लोकपप सङ्गीतका साथ दर्शकसामु ३३ वर्षदेखि सक्रिय हुनुहुन्छ । देश–विदेशमा नेपथ्यको छुट्टै चाम छ ।

    चिसो मौसममा प्रस्तुत उहाँका गीतमा दर्शक धुलो उडाएरै नाचे । त्यसो त गुरुङको आफ्नो प्रस्तुति र हाउभाउ नै जुरुकजुरुक पार्ने खालको हुन्छ । आफ्नै सङ्गीतमा गायक आफैँ चुर्लुम्म डुबेपछि दर्शकले भरपूर साथ दिए । दमदार प्रस्तुति भन्दै दर्शकले तारिफ गरे । दर्शकले गुरुङका हरेक गीत पुनः सुन्न चाहे ।

    नेपथ्य ब्याण्डको प्रसुस्तीको मजा लिन पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायत नेपाल सरकारका सचिव तथा उच्चपदस्थ सरकारी अधिकारी सरिक हुनुहुन्थ्यो । ओली र थापाले त कार्यक्रम अवधिभर साथ दिनुभयो ।

    गायक गुरुङका भेडाको ऊनजस्तो, छेक्यो छेक्यो, उडायो रेलैले, जोमसोमे बजारमा, शिरफूल शिरैमा, यो जिन्दगी, गाउँगाउँबाट उठलगायत गीतमा दर्शकलाई उचाल्यो । जिन्दगानी गाउँमा पृष्ठभूमिमा प्रस्तुत भएको आश्रममा आश्रित बेसहारा तथा असहायको तस्वीरले दर्शकलाई सोच्न बाध्य पा¥यो । शनिबार नै गायक गुरुङको जन्मदिन परेकाले दर्शकदीर्घाबाटै ‘ह्याप्पी बर्थडे’को शुभकामना लगायातर आइरह्यो । गायक गुरुङले शिर निहु¥याएर सबैलाई धन्यवाद दिनुभयो । गीतसङ्गीतको बीच–बीचमा सन्देशमूलक भावना व्यक्त गरी उहाँले सामाजिक सचेतना जगाउने काम पनि गर्नुभयो ।

    कसैले नगरेको काम मानवसेवा आश्रमले गरेकाले आफ्नो तर्फबाट सक्दो सहयोग गरेर पुण्य कमाउन र मानवसेवा आश्रमले निर्माण गरिरहेको भवन (मानवताको मन्दिर) मा सहयोग गर्न गायक गुरुङले मञ्चबाटै आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, ‘मानवसेवाका लागि आश्रमलाई धन हुनेले धन दिउँ, नहुनेले श्रम दिउँ ।’

    त्यसपछि उहाँले जोगले हुन्छ भेट, मैँ नाचे छमछमीपछि रेशम र तालको पानी गाउँमा दर्शकले थप मच्चीमच्ची नाचेर मनोरञ्जन लिए । प्यारापिटमा रहेका पूर्वप्रधानमन्त्रीसहितका अतिथिले तालीले साथ दिनुभयो । गायक गुरुङले बेला–बेलामा गायकी रोकेर उपस्थित राजनीतिज्ञलाई इङ्गित गर्दै अब देश विकासमा एकीकृत भएर लाग्न र विकासको मूल फुटाउन आग्रह गर्नुभयो । उहाँले मुलुकको विकास हामी आफैँले गर्ने हो भन्ने सन्देश पनि बाँड्नुभयो । गायक गुरुङले नेपालमा रोजगारी सिर्जना गरी विदेश जानबाट रोक्नका लागि पनि राजनीतिक नेतृत्वलाई आग्रह गर्नुभयो ।

    मानवता प्रवद्र्धनका लागि गत मङ्सिर १९ गते विराटनगरबाट सुरु भएको नेपथ्य सङ्गीत यात्राले पुस १६ गते शनिबार काठमाडौँमा आएर विट मा¥यो । यसअघि मङ्सिर १९ गते वीरगञ्ज, २२ गते हेटौँडा, २५ गते चितवन, २९ गते नेपालगञ्ज, पुस ३ गते धनगढी, ६ गते सुर्खेत, ९ गते बुटवल र पुस १२ गते पोखरामा नेपथ्य गुञ्जिएको थियो । हरेक कार्यक्रममा कम्तीमा पाँच हजारदेखि आठ हजारसम्म दर्शक सहभागी भएका थिए ।

    कार्यक्रम मानवता प्रवद्र्धनका साथै मानवसेवा आश्रममा आश्रितका लागि खाना, नाना र छाना जुटाउन, देशैभरका निर्माणाधीन भवन सम्पन्न गर्न तथा अक्षयकोष निर्माणका लागि कोसेढुङ्गा हुने आश्रमका अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । एक दशकअघि २०६९ सालमा स्थापना भएको उक्त आश्रममा हाल एक हजार छ सय सडकआश्रित व्यक्ति संरक्षित छन् । देशका १९ जिल्लामा २३ शाखामार्फत सेवा गर्दै आएको आश्रमले आगामी २०८२ सालसम्ममा मुलुकका सडकपेटीमा बेवारिसे व्यक्ति नरहने अवस्था सिर्जना गर्ने योजना अघि बढाएको छ ।रासस

    आइतबार, पुष १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.