• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

द्वन्द्वात्मक भौतिकवादको ज्ञान सिद्धान्त


  •   शनिबार, पुष १६, २०७९ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##
    समाजमा हुने परिवर्तनलाई सामाजिक परिस्थितिमा हुने परिवर्तन र मानव क्रियाकलापको संयोगलाई बुझ्न सकिन्छ । त्यसका लागि क्रान्तिकारी व्यवहार र तर्कबुद्धिको प्रयोग गर्नुपर्छ । भौतिक परिस्थितिमा हुने परिवर्तन जस्ताको त्यस्तै बुझ्ने हो भने त्यसमा भूमिका क्रान्तिकारी व्यवहारको हुन्छ । त्यसलाई तर्कबुद्धिद्वारा पुष्टि गर्न सकिन्छ । भौतिक आधारलाई सबभन्दा पहिले आफ्नो अन्तरविरोधको अवस्थामा बुझ्नुपर्छ । त्यसपछि अन्तरविरोधलाई हटाएर त्यसलाई व्यवहारमा क्रान्तिकारी रूप दिनुपर्छ ।

    Advertisement

    मानवीय सारतत्त्व सामाजिक सम्बन्धको समग्रता हो । धार्मिक भावना स्वयम् नै एउटा सामाजिक उपज हो । त्यसले आफू सम्पन्न हुने एकातिर, अरूलाई दयाको भिख दिने अर्काेतिर गरेर असमानता कायम राख्छ । यो नबुझेर फायरवाखले अर्मूत व्यक्तिको विश्लेषण गरेका छन्, जसलाई उनले विशेष व्यवस्थाको प्राणी बनाएका छन् ।

    पुरानो भौतिकवादको दृष्टिविन्दु “नागरिक” समाज हो भने नयाँ भौतिकवादको दृष्टिविन्दु सामाजिक मानवजाति हो ।
    छानबिन सिद्धान्तबाट सुरु हुँदैन बरु छानविनको अन्तिम परिणाम सिद्धान्त हुन्छ । सिद्धान्त प्रकृति र मानव इतिहासबाट निकालिन्छन् । प्रकृति द्वन्द्वात्मक तरिकाबाट गतिशील हुन्छ र मानव इतिहास वर्गसङ्खर्षबाट गतिशील हुन्छ । त्यो पनि द्वन्द्वात्मक तरिका नै हो ।

    श्रम विभाजनबाट वर्गको उत्पत्ति भयो । वर्गसङ्खर्षबाट परिवर्तन हुँदै गयो । वर्गसङ्खर्षमा सम्पन्न वर्गको अधिनायकत्वसहित एकाधिकारी साम्राज्यवादी व्यवस्था सञ्चालित छ । त्यसमा सर्वहारा वर्गको अधिनायकत्व सहितको व्यवस्थाबाट नयाँ युगको थालिनी हुन्छ ।

    मानव मस्तिष्क प्रकृतिको उपज हो । यो प्रकृतिको सर्वश्रेष्ठ पदार्थ हो । यसले प्रकृतिको अरू पदार्थसँग अन्तरसम्बन्धित भएर त्यसैअनुरूप काम गर्छ । विश्व प्रणालीको प्रत्येक मानसिक प्रतिबिम्ब वस्तुगत दृष्टिले ऐतिहासिक परिस्थितिद्वारा र आत्मगत दृष्टिले त्यसका जन्मदाताको शारीरिक तथा मानसिक गठनद्वारा सीमित हुन्छ । मानव चिन्तन जति परमसत्तासम्पन्न छ, ठिक त्यत्ति नै परम सत्ताहीन पनि छ । मानव चिन्तनको प्रकृति, यसको प्रवृत्ति, यसका सम्भावना र ऐतिहासिक लक्ष्यको हिसाबले सत्तासम्पन्न र असीमित भए पनि व्यक्तिगत रूप र विशिष्ट क्षणमा सत्तासम्पन्न, असीमित भए पनि व्यक्तिगत रूप र विशिष्ट क्षणमा सत्तासम्पन्न छैन । सीमित छ ।

    मानव बुद्धि प्रकृतिको गुणअनुसार नै हुन्छ, प्रकृतिको विरुद्ध हुन सक्दैन । निर्णय र निष्कर्षका विविध रूपलाई समान स्तरमा नराखेर एकअर्कामा आधारित बनाउँछ । यसले उच्च रूपको विकास निम्न रूपबाट गर्दछ । जीवन्त अनुभूतिबाट अर्मूत चिन्तनतिर र यसबाट व्यवहारतिर जाने नै वस्तुगत यथार्थको द्वन्द्वात्मक तरिका हो ।

    प्रकृतिमा भएका उच्च जीवमा निम्नस्तरका जिवमा जस्तै लक्षण हुने र अन्तरसम्बन्धित हुने गर्दछन् । मानव चिन्तन जतिसुकै उच्च स्तरको भए पनि निम्नतम स्तरसँग सम्बन्धित हुन्छ । अर्मूत चिन्तन व्यवहारतिर गएर मात्र प्रमाणित हुने हो । त्यसो गर्दा जुन जुन तथ्य व्यवहारबाट प्रमाणित गर्न सकिन्न, ती तथ्य सत्य भए पनि व्यवहारद्वारा प्रमाणित गर्न केही पुस्ता पर्खनुपर्छ । त्यसकारण व्यवहारमा धेरै पुस्तापछि समाजमा लागु हने तथ्यहरू अहिले नै लिपिबद्ध पनि भएका छन् । त्यसैले समाज विज्ञान ऐतिहासिक विज्ञान हो ।

    सापेक्ष सत्यको कुल योगबाट निरपेक्ष सत्य बन्ने हुनाले मानव चिन्तन आफ्नो स्वरूपबाट नै निरपेक्ष सत्य प्रदान गर्न सक्षम छ । उसले निरपेक्ष सत्य प्रदान पनि गर्दछ । वैज्ञानिक प्रस्थापनाको सत्यका सीमाहरू सापेक्ष हुन्छन् । तिनीहरू ज्ञानको समृद्धिसँगै कहिले फैलिन्छन् र कहिले सङ्कुचित हुन्छन् । द्वन्द्ववादी भौतिकवाद र सापेक्षवादमा फरक छुट्याउन कुतर्कबाट निर्णायक रूपले छुट्टिनुपर्छ । त्यतातिर दृष्टि नपरेपछि अथवा आफूले नदेखेपछि प्रतिकृयावादी दर्शनको दलदलमा फस्न पुगिन्छ । त्यही कारण हो कि द्वन्द्ववादी भौतिकवाद सापेक्षवादमा अल्मलिन पुगिन्छ ।

    द्वन्द्वात्मक भौतिकवादले सर्वसाधारण जनताको सेवा गर्न प्रेरित गर्दछ । इतिहासका निर्माता जनता हुन् भन्ने भनाइबाट पनि जनतालाई सचेत र सड्डठित गरेर इतिहासको रचना गर्न जनताको सेवा अनिवार्य छ । बहुमत जनताले सहयोग र समर्थन नगरेसम्म व्यवस्थामा आमूल परिवर्तन हुन्न र नयाँ व्यवस्थामा हुने प्रतिगमन रोक्न पनि बहुमत जनता नै चाहिन्छ ।

    त्यसो त वर्तमान व्यवस्था र योभन्दा पहिलेका व्यवस्थाहरू बहुमत जनताको समर्थन हुँदासम्म टिक्छन् र टिक्ने गरेको इतिहास छ । त्यसकारणले पनि जनताको सेवा गर्नैपर्छ । जनताको सेवा गर्ने भनेको पनि उनीहरूलाई राजनैतिक चेतना स्तर उठाइदिने हो । त्यस्तो भएमा उनीहरू आफैले थाहा पाउँछन् कि कुन व्यवस्था सही वा ठिक हो र कुन व्यवस्था गलत र बेठिक हो । आफूलाई ठिक लागेको व्यवस्थामा प्रतिगमन हुन नदिन पनि जनताको सहयोग र समर्थन चाहिन्छ । त्यत्ति मात्रै होइन, जनता सचेत र सड्डठित हुन नसकेर गरेको गलत फैसला व्यहोर्ने पनि सचेत र सड्डठित पार्टी र त्यसका नेता–कार्यकर्ता पनि तयार हुनैपर्छ किनभने त्यो जनताको फैसला हो ।

    हाम्रा संवदेनाहरूलाई बाह्य जगत्को बिम्ब मान्नु, वस्तुगत सत्यलाई स्वीकार गर्नु, ज्ञानको भौतिकवादी सिद्धान्त अपनाउनु—यी सबै एउटै कुरा हुन् । ज्ञान अन्तर्जात हो । हामीलाई चेतनाको साथ प्राप्त हुन्छ । भौतिकवादमा पुग्नका लागि हाम्रो व्यवहारको कसीलाई ज्ञानको सिद्धान्तको आधारशिलामा सामेल गरेर मात्र माक्र्सवादी भइन्छ ।

    सत्यसँग पुग्ने एउटा मात्र बाटो विज्ञानको बाटो हो । हाम्रो व्यवहारले त्यसैलाई पुष्टि गर्नुपर्दछ । हाम्रा इन्द्रियहरू धेरैपटक बाह्य जगत्को सम्पर्कमा रहेपछि हाम्रा दिमागमा बिम्ब वा छाप परेर विचारमा व्यक्त हुन्छ । त्यसलाई प्रमाणित गर्न फेरि पनि व्यवहारमा जानुपर्छ । हाम्रो व्यवहारलाई विज्ञानको कसीमा घोट्नुपर्छ । सिद्धान्तलाई व्यवहारमा प्रयोग गरेर आशातीत परिणाम आएपछि फेरिपनि हाम्रो योग्यता बढेको हुन्छ । त्यो योग्यता प्रयोग गरेर हाम्रा काम–कारबाही अझ उचाइमा पुग्दछन् । हाम्रो ज्ञान चेतनामार्फत् व्यक्त हुन्छ र व्यवहारद्वारा प्रयोग हुन्छ । सत्यमा पुग्न सापेक्षिक सत्यको दुरी पार गर्दै निरपेक्ष सत्यसम्म पुग्न सकिन्छ ।

    सिद्धान्त र व्यवहारमध्ये मुख्य सिद्धान्त नै हो । सिद्धान्तको ज्ञानकारी नगराइकन गरिएको व्यवहारले कुनै न कुनै अथवा पिछडिएको सिद्धान्तको पक्षपोषण गरिरहेको हुन्छ । बिनासिद्धान्तको व्यवहार हुन सक्दैन तर सिद्धान्तको अध्ययन गर्ने पनि व्यवहारमा प्रयोग गर्नलाई नै हो । व्यवहारमा प्रयोग नहुने सिद्धान्तको कुनै महत्त्व, औचित्य र अर्थ पनि हुँदैन । सिद्धान्तको अध्ययन त्यसलाई व्यवहारमा प्रयोग फेरि अझ उच्च सिद्धान्तको अध्ययन फेरि त्यसलाई व्यवहारमा प्रयोग गर्दै हाम्रो ज्ञान उचाइतिर बढ्दै जाने हो । द्वन्द्वात्मक भौतिकवाद विज्ञानमा आधारित सिद्धान्त भएकाले यो व्यवहारबाट खारिएर लगातार उचाइतिर जाने विषयमा हामीलाई ज्ञान दिन्छ ।

    ज्ञान उत्पादन र वर्ग सङ्खर्षमाथि निर्भर छ । मान्छे मान्छेबिचको सम्बन्धको जानकारी पनि ज्ञानप्राप्तिको चरित्रभित्रै पर्दछ । ज्ञानप्राप्ति र ज्ञानको विकास कार्यबाट मान्छे मान्छेबिचको सम्बन्ध पनि स्पष्ट जानकारी हुन्छ। सामाजिक व्यवहारका अरू रूपहरू वर्गसङ्खर्ष, राजनीतिक जीवन, वैज्ञानिक जीवन दुवै भौतिक जीवनसँग घनिष्ट रूपले सम्बन्धित छन् ।

    वर्गीय समाजमा हरेक व्यक्ति एउटा वर्गविशेषको सदस्यको रूपमा रहिरहन्छ । उसका हरेक विचारमाथि कुनै न कुनै वर्गको छाया परेको हुन्छ ।

    ज्ञान प्राप्त हुने क्षेत्र वर्गसङ्खर्ष, उत्पादन सङ्खर्ष र वैज्ञानिक प्रयोग हुन् । वर्गसङ्खर्षका वैज्ञािनकहरू माक्र्स, एड्डेल्स, लेनिन, स्टालिन र माओत्सेतुङ हुन् । उनीहरूले सिद्धान्तको अध्ययन र व्यवहारमा प्रयोग गरेर वर्गसङ्खर्षमा हुन सक्ने उच्चतम सूत्र पत्ता लगाउने काम गरेको हुनाले वर्गसङ्खर्षमा सिद्धान्त र व्यवहारको एकताको प्रतीक मानिन्छन् ।

    उत्पादन सङ्खर्षका हजारौँ वैज्ञानिक छन् । उत्पादन सङ्खर्षकै सिलसिलामा वर्गविभाजन र वर्गसङ्खर्ष तीव्र हुँदै गएकाले उत्पादन सङ्खर्षलाई पनि वर्गसङ्खर्षकै भागकोरूपमा हामीले काम गर्नुपर्छ ।

    वैज्ञानिक प्रयोगपनि माथिका दुवै क्षेत्रलाई आआफ्नो भैतिक परिस्थितिमा व्यावहारिक रूप दिन गरिने प्रयोग नै हो ।

    वर्गसङ्खर्ष वर्गले गर्ने सङ्खर्ष हो । समाजमा श्रमजीवी वर्गको सङ्ख्या अति धेरै भए पनि वर्गीय चेतनाको विकास हुन नसकेका कारणले मुट्ठिभर पुँजीजीवी वर्गले नाफा कमाउने उद्देश्यसहितको राज्यसत्ता सञ्चालन गरेर शोषण बढाइरहेका छन् । वर्गीय चेतनासहितको पार्टीले जनतामा राजनैतिक स्तर उच्च बनाउँदै वर्गीय राजनीति र वर्गसङ्खर्ष सञ्चालन गरेर जनताको हातमा राज्यसत्ता कब्जा भएपछि मात्रै जनताको शासनसहितको नयाँ युग सुरु हुन्छ ।

    मानवज्ञान जाँच गर्न र सामाजिक व्यवहारमा सफल हुन उसका विचारलाई चारैतिरका वस्तुगत संसारका नियमको अनुकूल बनाउनुपर्छ । त्यस्तो नभए व्यवहारमा असफल हुने छ । असफलता नै सफलताको जननी हो र खाल्टोमा खसेपछि बुद्धि आउँछ भन्ने पहिलेका भनाइ त्यसै कारणले सही छन् ।

    द्वन्द्वात्मक भौतिकवादका दुईओटा विशेषता छन् : १. सर्वहारावर्गको सेवा गर्ने वर्गस्वार्थ भाव, २. व्यवहारमाथि सिद्धान्तको निर्भरता वा सिद्धान्त व्यवहारमाथि आधारित रहेर सिद्धान्तको व्यवहारले सेवा गरेको हुनुपर्ने । सिद्धान्तको सत्यता सामाजिक व्यवहारका वस्तुगत परिणामले मेल गर्दछन् ।

    ज्ञानसम्बन्धी सिद्धान्तमा व्यवहारको दृष्टिकोण पहिलो र मूल दृष्टिकोण हो । मानवीय ज्ञानका क्रममा धारणा गहनतम हुँदै जान्छ । निम्न चरणमा संवेदनात्मक रूपबाट उच्च चरणमा तर्कबाट ज्ञान प्रकट हुन्छ । यी दुवै चरणहरू एउटा ज्ञान क्रमको अन्तर्गत छन् । व्यवहारको आधारमा तिनीहरूको एकता हुन्छ । पण्डितले घरमै बसेर संसारका सारा कुरा जान्दछन् भन्ने भनाइ पहिले कोरा गफ थियो । प्रविधिले अहिले पुष्टि गरिदियो । वास्तविकतालाई बदल्नका लागि व्यक्तिगत रूपले भागलिएको व्यवहारिक सङ्खर्षले नै सम्भव बनाउँछ ।

    ज्ञानको प्रश्न विज्ञानको प्रश्न हो र योग्यताहासिल गर्ने प्रश्न हो । ज्ञान प्राप्त गर्न वास्तविकतालाई बदल्ने व्यवहारमा भाग लिनुपर्छ ।

    मानव ज्ञानमा प्रत्यक्ष अनुभव र अप्रत्यक्ष अनुभवबाहेक केही हुन्न । प्रत्यक्ष अनुभव बढी विश्वासिलो भए पनि अप्रत्यक्ष अनुभवको पनि महत्त्व हुन्छ । सबै ज्ञान प्रत्यक्ष अनुभवबाट मात्रै प्राप्त गर्न सम्भव हुन्न तरपनि आफ्नो ज्ञानलाई विज्ञानमा प्रमाणित गर्ने अड्डहरू पूरा गरेकै हुन जरुरी पर्छ । आफ्ना व्यावहारिक ज्ञानलाई पनि विज्ञानको तराजुमा जोखेर प्रमाणित गर्नुपर्दछ ।

    ज्ञानको पहिलो चरण बाह्य जगत्का वस्तुसँग सम्पर्क हो । दोस्रो कदम सामग्रीलाई व्यवस्थित एवम् पुनर्गठन गरेर त्यसको समन्वय गर्नु हो । दोस्रो धारणा निर्णय र निष्कर्षको चरणसँग सम्बन्धित छ ।

    बुद्धिसड्डत ज्ञान संवेदनात्मक ज्ञानमाथि आधारित हुन्छ । ज्ञान अनुभवबाट सुरु हुन्छ । चिन्तनद्वारा धारणा र सिद्धान्तको व्यवस्था गर्दा तिनीहरूलाई समृद्धपार्न मिथ्यालाई हटाउने, सत्यलाई कायम राख्ने गर्दै बाह्य तत्त्व पारगरेर आन्तरिक तत्त्वसम्म पुगेर रचना गरिन्छ ।

    धेरैजसो सिद्धान्तको सत्यता अधुरो छ । यो अनुरोध पनि व्यवहारको कसीद्वारा मात्र हट्छ र हटाउन सकिन्छ ।
    भौतिक परिस्थिति बदलिइरहेको हुन्छ । नयाँ परिस्थितिका परिवर्तनसँग मेल खाने गरी क्रान्तिकारीको ज्ञानपनि तुरुन्तै बदलिन नसके क्रान्तिलाई विजयसम्म पलिएर जानसकिन्न । आदर्शवाद र यान्त्रिक भौतिकवाद, अवसरवाद र दुस्साहसवाद सबेको विशेषता मनोगत र वस्तुगत तथा ज्ञान र व्यवहारबिचको फाटो नै हो । त्यसैले सामाजिक व्यवहार वैज्ञानिक सत्यको कसी हो । जब सम्पूर्ण मानवजातिले ऐच्छिक र सचेत रूपमा आफूलाई र विश्वलाई बदल्ने छ, तब विश्व कम्युनिज्म युगको उदय हुने छ ।

    व्यवहारबाटै सत्यलाई जान्ने, प्रमाणित गर्ने, विकसित गर्ने गर्दै जानुपर्छ । संवेदनात्मक ज्ञानबाट सुरु गर्ने, बुद्धिसड्डत ज्ञानमा विकसित गर्ने अनि फेरि वुद्धिसड्डत ज्ञानबाट सुरु गरेर सक्रिय रूपले क्रान्तिकारी व्यवहारको सञ्चालन गर्दै मनोगत र वस्तुगत संसारलाई बदल्न सक्नुपर्छ । ज्ञान र व्यवहारको प्रत्येक चक्रमा मानव ज्ञानले उचाइ ग्रहण गर्दै जान्छ ।

    शनिबार, पुष १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.