हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज शापुर नगर एरिया समितिले वनभोजसँगै प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत पर्ने उत्तर हैदराबाद नगर समितिद्वारा संचालित शापुरले जिडिमेट्लाको एचएमटी ग्राउन्डमा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले मूलप्रवाहको सांगठनिक विषयबारे प्रशिक्षण दिनुभएको थियो । उहाँले संगठनको आवस्यकता, साङठनिक जिम्मेवारी, कार्यकर्ताको व्यबहारले समाजमा पार्ने असरलगायतबारे चर्चा गर्नुभएको थियो ।
यस्तै, कार्यक्रममा क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्मा, क्षेत्रीय सदस्य सूर्य बहादुर थापा, विद्यार्थी नेता अस्मिता शर्माले आ–आफ्ना धारणा राख्नुभएको थियो । साथै, क्षेत्रीय सदस्य पुष्पा पौडेलले वनभोज र अनुभूतीका बारेमा बोल्नुभएको थियो ।
एरिया समितिका अध्यक्ष लाल बहादुर थापाले वनभोज कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद तथा स्वागतसहित आफ्ना विचारहरु राख्नुभएको थियो ।